सगरमाथाको शिखर जाने बाटो अवरुद्ध भएको छ । क्याम्प दुई र तीनको बीचमा पर्ने लोच्चे फेसमा आईसका ढिका खसेपछि बाटो अबरुद्ध भएको हो । क्याम्प तीनमा जाँदै गरेका एक आरोहीले आफ्नो फेसबुक पेजमा लेखेको स्टाट्स अनुसार आईस आएर बाटोमा बसेपछि अगाडि बढ्न सकिएको छैन । क्याम्प तीन जाँदै गरेका आरोहीहरु क्याम्प दुई मा फर्किएर सुरक्षित भएको बताईएको छ । यता बाटो अवरुद्ध भएर आरोहीहरु अगाडि बढ्न नसकेपछि शेर्पाहरुले बाटो खोल्ने काम शुरु गरिसकेका छन । डोरी टाग्ने काम भईरहेको बताईको छ । माउन्टेन गाईड कर्मा शेर्पाका अनुसार केही शेर्पाहरु बुधबार नै क्याम्प तीनमा पुगिसकेका छन ।