Skip to main content

कोरियन भाषा परीक्षाको फारम भर्नेले जान्नैपर्ने १५ विषय

 आगामी असार ४ र ५ गते कोरियन भाषा परीक्षा हुँदैछ । त्यसका लागि वैशाखको १५ देखि १८ गतेसम्म परीक्षाको आवेदन फाराम भरिँदैछ ।

भाषा परीक्षाको आवेदन फारम संकलनका लागि काठमाडौंसहित डडेलधुरा, बुटवल, पोखरा, धरान र जनकपुरमा आवदेन संकलनको तयारी भइरहेको छ ।

श्रम तथा रोजगार मनत्रालय अन्तरगतको इपीएस कोरिया शाखाले फारम भर्दा आवेदकलाई विविभन्न सावधानीहरु अपनाउन आग्रह गरेको छ । फारम भर्नु अगाडि परीक्षार्थीले जान्नै पर्ने विषयलाई शाखाले सार्वजनिक पनि गरेको छ ।

१. फाराम दर्ताको लागि तोकिएका केन्द्रहरुमा उम्मेदवारले यसपाली एमआरपी (राहदानी)को सक्कल प्रमाणपत्र अनिवार्य गरिएको छ । यस्तै आवेदकले एमआरपीको प्रतिलिपी पनि लिएर जानुपर्नेछ । पासर्पोट बाहेकको अन्य कागजात मान्य नहुने शाखाका निर्देशक डिल्लीराम बास्तोलाले बताए ।

२. आवेदन दर्ता गर्दा तोकिएको बैंकको काउण्टरमा २४ अमेरीकी डलर बराबरको नेपाली रुपैयाँ जम्मा गर्नु पर्नेछ । त्यसका लागि फारक भर्नभन्दा अघिल्लो दिनको सटही दरअनुसारको रकमको व्यवस्था गर्न शाखाले अनुरोध गरेको छ ।

३. आवेदन फाराममा हालसालै (तीन महिना यता) खिचेको ३.५*४.५ सेन्टीमिटरको २ प्रति फोटो टाँस्नुपर्नेछ । त्यसैले आवेशकले त्यसैसाइजको सपार र अनुहार चिनिने फोटो लिएर आवेदन केन्द्रमा उपस्थित हुनुपर्नेछ ।

४. दरखास्त दर्ता भएपछि भाषा परीक्षाको लागि प्रवेशपत्र दर्तास्थलबाटै उपलब्ध गराइने शाखाले जनाएको छ । प्रवेशपत्र लिएर मात्रै आवेदक घर फर्किनु पर्नेछ ।

५. भाषा परीक्षामा सहभागी हुन १८ वर्ष पुरा भई ३९ वर्ष ननाघेको हुनपर्नेछ । साताैं भाषा परीक्षाको आवेदन सन् १९७६ अप्रिल २८ देखि सन् १९९८ अप्रिल २७ (२०३३ वैशाख १६ देखि २०५५ वैशाख १४) बीच जन्म भएका व्यक्तीले मात्रै भर्न पाउनेछन् ।

६. एकजना आवेदकले एउटै मात्र फराम पाउनेछन् । सो फाराम च्यात्न नपाइने तर केरमेट भएमा सच्याउन पाइने शाखाले जानकारी दिएको छ ।

७. आवेदकले आवेदन फाराममा आफ्नो जन्म मिति इश्वी सम्वतमा उल्लेख गर्नुपर्नेछ । फाराम भर्न कालो बलपेन प्रयोग अनिवार्य गरिएको छ ।

८. फारामको नाम थर महलमा अंग्रेजी क्यापिटल लेटरमा पहिले थर त्यसपछि नाम लेख्नुपर्ने शाखाले जानकारी दिएको छ ।

९. फाराममा भरिएको विवरण ( नाम, थर, अङ्ग्रेजी जन्म मिति लगायत) राहदानीमा भएको भन्दा फरक परेमा भाषा परीक्षा उर्त्तीण भएपनि रोष्टर (प्रतीक्षासूची)मा नाम समावेश नगरिने निर्देशक बास्तोलाले बताए ।  त्यसैले राहदानीमा भएको विवरण फरक नपर्नेगरी फाराममा भर्नु पर्नेछ ।

१०. म्यानुफ्याक्चरिङतर्फ फाराम भर्नेले महल ५ मा उद्योगका प्रकार र विस्तृत कार्यक्षेत्रअन्तर्गत मापन, जडा र फिटिङमध्ये आफुलाई ईच्छा लागेको कुनै एक स्थानमा मात्र कालो मसिले पोत्न सक्नेछन् ।

११. कृषि र पशुपालनमा भर्नेले कृषि, खेती, वा पशुपालनमध्ये एक रोज्न पाउनेछन् । प्रवेश पत्रमा रहेको महल ५ मा समेत यस्तो उद्योगका प्रकार र बिस्तृत कार्यक्षेत्र उल्लेख गर्न अनिवार्य गरिएको छ । यसरी भाषा परीक्षामा सहभागी भएका परीक्षार्थीमध्ये उच्चतम अङ्क प्राप्त गर्ने उत्तीर्ण हुनेछन् ।

१२. भाषा परीक्षा उत्तिर्ण हुनु भनेको कोरियामा रोजगारीका लागि आवेदन गर्न योग्य भएको भन्ने बुझ्नुपर्ने शाखाका निर्देशक बास्तोलाले बताए । भाषा परीक्षा पास गर्दैमा कोरियामा रोजगारी पाउने सुनिश्चितता नहुने उनले जानकारी दिए ।

१३. भाषा परीक्षा र छनौट स्वच्छ, निष्पक्ष, पारदर्शी हुने भएकोले कसैको कुनै प्रलोभनमा नपर्न शाखाले आवेदकहरुलाई अनुरोध गरेको छ ।

१४. शाखाले आवेदकहरुलाई फारम भर्न ४ दिनको समय उपलब्ध गराएको छ । त्यसैले पहिलोर दोस्रो दिनमा मात्रै भीड हुने यसअघिको वर्षको जस्तो वातावरण नबनाउन पनि निर्देशक बास्तोलाले आग्रह गरेका छन् ।

१५. शाखाले बिहान ९ बजेदेखि ६ बजेसम्म फारम भर्न भएकाले भीडमा नआत्तिइ, लाइनमार्फत, शान्तिपूर्वक फारम दर्ता गराउन  पनि आग्रह गरेको छ ।

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।