Skip to main content

भाग्यले साथ दिएर अर्बपति बनेका उपेन्द्र महतो

upendra mahato

उपेन्द्र महतो, पूर्व एनआएन अध्यक्ष उनी नेपालकै सबैभन्दा धनी मध्येका एक हुन् । जसोतसो एक हजार डलर जम्मा पारेर सुरु गरेको उनको व्यापारले अहिले आधा विश्व ढाक्ने क्रममा छ । परिवारका साथ रसियामा बस्दै आएका उनले रसिया र नेपालमा अथाहा सम्पत्ति लगानी गरेका छन् । 

सिराहा जिल्लाको एउटा सामान्य गाउँ कर्जनहामा पिता श्री रामआशिष महतो तथा माता स्वर्गीय श्रीमती फूलकुमारी महतोको सन्तानको रुपमा सन १९६०मा उनको जन्म भएको थियो । साधारण किसान परिवारमा जन्मेका उनले त्यहीँ विद्यालयस्तरको शिक्षा पूरा गरेका थिए । 

त्यसपछि ललितपुर स्थित पुल्चोक इन्जिनियरिङ क्याम्पसमा सिभिल इन्जिनियरिङ पढेका थिए । पास गरेपछि एक वर्ष सुनसरी मोरङ सिँचाइ आयोजनामा ओभरसियरको काम गरेका उपेन्द्रले काम गर्दागर्दै तत्कालीन सोभियत संघमा पढ्नका लागि छात्रवृत्ति पाएर रुस पुगेका थिए, जहाँ उनले जलविद्युत्मा एमई र पछि पिएचडी गरे । 

ठीक त्यसैबेलामा सोभियत संघमा आर्थिक उदारीकरणको सुरुवात भयो, जब सत्तामा ग्लास्तनस र प्रेस्त्रोइस्का आए, यो १९८८ ८९ तिरको हो, जब रुसमा बर्लिनको पर्खाल भत्कियो र अर्थतन्त्र अझ खुल्ला भयो । विदेशीले पनि व्यापार गर्न थाले, मौकाको फाइदा उठाउँदै एक हजार डलर जम्मा गरेर उपेन्द्रले पनि व्यापार थाले । उनलाई यतिबेला भाग्यले निकै साथ दियो । 

महतोले साथीहरूसँगै सुरुमा रुस बाहिरबाट टेलिभिजन, विद्युतीय सामग्री ल्याएर रुसमा बिक्री गर्न थाले अनि विस्तारै रुसमै विद्युतीय सामग्री उत्पादन र बिक्री गरे । त्यसपछि रियलस्टेट हुँदै महतोले विभिन्न परियोजनामा लगानी बढाए । 

स्थानीय प्रोफेसर तथा व्यापारीसँग राम्रो सम्बन्ध भएका महतोले उनीहरूकै सल्लाह र सहयोगमा तेल व्यवसाय पनि सुरु गरे । बेलारुसमा भएका तेलखानीबाट तेल निकालेर प्रशोधन गर्दै निर्यात गर्ने काम उनको मुख्य व्यवसाय बन्यो । जोखिम वहन गर्ने सोचका साथ व्यावसायिक दुनियाँमा होमिएका महतोको व्यवसाय विस्तारै फस्टायो ।

उपेन्द्रको जीवनप्रतिको आफ्नै सिद्धान्त छ, सकेसम्म हाँस्ने, जुन उनको रुचि पनि हो । जो व्यक्ति मनैदेखि हाँस्छ ऊ धेरै खुसी पनि हुन्छ, त्यसैले उपेन्द्र हरबखत हाँसिरहन्छन् । उनी आफ्नो सफलताको जस इमान्दारिता, मेहनत र लगनशीलतालाई दिन्छन् । 

अर्बपति भएर पनि साधारण कुरा गर्छन् उनी भन्छन् ‘एउटा उद्यमीको सम्पत्ति ऊसँग भएको नगद होइन, उसको लगानीको बजारमूल्य हो, राम्रै अवस्थामा छु, मनले निकै धनी छु । 

आफ्नो आधिकारिक वेवसाइटमा उनले लेखेका छन्, ‘नेपाललाई खराब भनेर गाली गर्नुभन्दा पहिले यसका लागि केही गर्न सिक ।’ यही मान्यतालाई आधार बनाएका उनले आफ्नो देशमा पनि विकासका धेरै पाटाहरुलाई अगाडि बढाएका छन्, धेरै क्षेत्रमा लगानी गरेका छन् ।

नेपालमा उपेन्द्रको ठूलो लगानी ‘स्पाइस नेपाल’ मा छ, युरोपेली कम्पनी टेलियासोरेनामा लगानी गरेका उपेन्द्रले ‘स्पाइस नेपालमा पनि टेलियासोरेनाको लगानी भित्र्याएका छन् । त्यसबाहेक सानिमा विकास बैंक, सानिमा हाइड्रोपावर, स्टेन्डर्ड फाइनान्स, एक्मी कलेज अफ इन्जिनियरिङ, कान्तिपुर टेलिभिजन, शिखर इन्सुरेन्स, मेडिकेयर हस्पिटललगायतका संस्थामा उनको व्यावसायिक लगानी छ । 

त्यसो त उपेन्द्रले काठमाडौं-तराई दू्रतमार्ग निर्माणका लागि खोलिएको कम्पनीको स्वामित्व पनि आफ्नो नाममा लिएका छन् । उनी यही कम्पनीबाट काठमाडौं-हेटौंडा वा पूर्व-पश्चिम विद्युतीय रेलमार्ग निर्माण गर्न चाहन्छन्, जसका लागि उनी अर्बौं रुपैयाँ लगानी गर्न तयार छन् । 

मस्कोमा उनले सबैभन्दा ठूलो लगानी रियलस्टेट र विद्युतीय उपकरण उत्पादन कम्पनीमा गरेका छन् भने बेलारुसमा उनले हेभी इक्युपमेन्ट उत्पादन, स्वास्थ्य, बैंक, कृषि, वन र तेल उत्खनन्मा लगानी गरेका छन् । रुसमा उपेन्द्रले एमटिजेड ९मस्को टेलिभिजन प्लान्ट० मा लगानी गरेका छन्, यो रुसको सबैभन्दा पुरानो टेलिभिजन सेट उत्पादन गर्ने कम्पनी हो । 

यति मात्र होइन, उनीसँग मस्कोको ‘टिसी गोर्वुस्किन द्भोर’ सपिङ मलको स्वामित्व पनि छ । युरोपको सम्भवत सबैभन्दा ठूलो विद्युतीय तथा घरायसी सामग्री बिक्री गर्ने यो मलमा ६० हजार स्क्वायर मिटरको क्षेत्रफल छ । यो मलमा महिनामा १५ देखि २० लाख उपभोक्ता पुग्ने गर्छन् । 

उपेन्द्रको बेलारुसमा पनि ठूलै लगानी छ । उपेन्द्रको लगानी डोजर, क्रेनजस्ता हेभी इक्युपमेन्ट उत्पादन गर्ने कम्पनी ‘अम्कोडर’ मा छ भने महतो परिवारले बेलारुसमा क्राभिरा’ अस्पताल पनि सञ्चालन गर्छन् । अम्कोडरका उत्पादन भने ३५ मुलुकमा बिक्री हुन्छन् ।

 यसैगरी, उपेन्द्रको लगानी बेलारुसको सबैभन्दा ठूलो बैंक अल्फा बैंकमा पनि छ । त्यसबाहेक उपेन्द्रको लगानी पेट्रोलियम पदार्थ उत्खनन तथा बिक्री गर्ने कम्पनीमा पनि छ । मल्टिनेसनल मल्टिविलिनियर उपेन्द्रको यो सबै लगानी न त घरानियाँ हो, न त चिठ्ठामा नै पाएका हुन् । यो सबै लगानी महतोको मिहिनेत, समर्पण र इमानदारीको प्रतिफल हो । 

उनले आमा फुलकुमारी महतोको नाममा ट्रस्ट खडा गरेका छन् । उपेन्द्रले यही ट्रष्टका नामबाट करिब २२ करोड रुपैयाँ सामाजिक परोपकारी काममा दान दिएका छन् । उपेन्द्रले आफू जन्मेको स्थान सिरहामा २५ शैयाको अस्पताल बनाइरहेका छन् भने अन्य स्थानमा आयुर्वेदिक अस्पताल बनाउन लागि परेका छन् । 

त्यस्तै गत साल मात्र आएको विनाशकारी भूकम्पपछि भूकम्प पीडितलाई राहत दिन र त्यसपछिको पुनस्र्थापनाका लागि सरकारलाई रु १५ करोड सहयोग गरेका छन् ।

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।