सोलुखुम्बु, मंसिर २१– सोलुखुम्बुको प्रतिनिधि र प्रदेशसभा (क) र (ख) केन्द्रमा वाम गठबन्धन अगाडि रहेको छ । प्रतिनिधिसभा तर्फ १४ सय १७ मत गणना गर्दा वाम गठबन्धनका उम्मेदवार ३०६ मतले अगाडि हुनुहुन्छ ।
माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य समेत रहनुभएका हेमकुमार राई शुरवीरको ७३४ र नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका पूर्व मन्त्री बलबहादुर केसीले ४३७ मत प्राप्त गर्नुभएको छ । यस्तै प्रदेश सभा (क) तर्फ वाम गठबन्धनका एमाले उम्मेदवार उत्तमकुमार बस्नेत ४२५ मतसहित अगाडि हुनुहुन्छ भने नेपाली कांग्रेसका उम्मेदवार प्रकाससिं कार्की १७४ मत सहित पछ्याई रहनुभएको छ ।
एक स्वतन्त्रसहित ६ जना उम्मेदवार रहेको प्रदेश सभा (क) मा नयाँ शक्तिका दिपक खड्काको १५९ मत, संघीय समाजवादी फोरमको २ मत र स्वतन्त्र भर्याङ चिह्नमा ५ मत छ । त्यस्तै प्रदेश सभा (ख) मा वाम गठबन्धनका एमाले उम्मेदवार बुद्धिकुमार राजभण्डारी २४५ मतसहित अगाडि हुनुहुन्छ भने नेपाली कांग्रेसका उम्मेदवार आङ्गगेलु शेर्पा २३० मतसहित पछ्याई रहनुभएको छ ।
प्रतिनिधिसभाको मतगणना जिल्ला समन्वय समितिको समीक्षा हलमा २ स्थानमा भैरहेको छ भने प्रदेश सभा (क) र (ख) को प्राविधिक कार्यालयको भवनमा छुट्टाछुट्टै एक एक स्थानमा भइरहेको छ ।

Comments
Post a Comment