Skip to main content

सगरमाथा आरोहणको क्याम्प २ सम्म बाटो बन्यो

सोलुखुम्बु – सगरमाथा आरोहणका लागि क्याम्प २ सम्मको बाटो निर्माण भएको छ । सगरमाथाको आधार शिविरदेखि क्याम्प २ सम्मको बाटो निर्माणको काम सम्पन्न भएको हो।
गत चैत १८ देखि निर्माण सुरु गरेको समूहले अप्रिल ११ अर्थात् गत शुक्रबार क्याम्प २ सम्मको बाटो बनाउने काम सकेको आइसफल डाक्टर आङसर्की शेर्पाले जानकारी दिए। शेर्पाले भने, ‘सगरमाथा आरोहणमा जान प्रयोग गरिने क्याम्प२ सम्मको बाटो निर्माण गर्ने काम निकै चुनौतीपूर्ण थियो ।’ शेर्पाका अनुसार क्याम्प २ सम्म ११ स्थानमा भर्‍याङ राख्ने र अन्य क्षेत्रमा डोरीसमेत टांगिएको छ ।आइसफल डाक्टर आङकामी शेर्पाको नेतृत्वमा आठजनाको समूहले सगरमाथा अरोहणका लागि बाटो निर्माण गरेको हो।
आधार शिविरदेखि क्याम्प १ र क्याम्प २ सम्मको बाटो सगरमाथा राष्ट्रिय प्रदूषण नियन्त्रण समिति (एसपिसिसी)का आइसफल डाक्टरको समूहले निर्माण गरेकोछ।एसपिसिसीले हरेक वर्ष हिमाल आरोहणअघि क्याम्प२ सम्म बाटो निर्माण गर्दै आएको छ । बाटो निर्माण गर्ने आइसफल डाक्टरको टोलीले हिमपातका कारण भत्किएका पुराना बाटाको मर्मत, आरोहणमा प्रयोग हुने डोरी र भर्‍याङको व्यवस्थापन गरेको छ ।योसँगै सगरमाथा चढ्नेकालागि बाटो खुला भएको छ।
हिमपातका कारण भत्किएका बाटो बनाउनुका साथै आरोहणका क्रममा प्रयोग हुने डोरी र भर्‍याङको समेत व्यवस्था मिलाइएको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी) का कार्यक्रम अधिकृत कपीन्द्र राईले जानकारी दिए।
सगरमाथा आरोहणका लागि एकै स्थानमा दुईदेखि तीन वटासम्म भ¥याङ जोड्नुुपर्ने हुन्छ । लामा विधिद्वारा पूजापाठ गरेसँगै औपचारिक रूपमा बाटो बनाउने काम सुरु गरिएको थियो ।अहिले आरोहीहरू धमाधम क्याम्प १ हुँदै २ तर्फ लागिरहेका छन् भने आधार शिविर आउने क्रम पनि जारी छ।
केही पर्यटक आरोहणको तयारी गरिरहेका छन् । अब क्याम्प २ हुँदै चुचुरो जाने बाटो निर्माण गरिनेछ । आगामी बिहीबारदेखि क्याम्प २ हुँदै चुचुरो जाने बाटो निर्माण गरिनेछ । चुचुरोसम्म जाने बाटो निर्माणको जिम्मा हिमालयन गाइड कम्पनीले लिएको छ ।

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।