Skip to main content

एभरेष्ट म्याराथनको उपाधि सेनाका बेदबहादुर सुनुवारलाई

Bed-Bahadur-Sunuwar
१६ जेठ, सोलुखुम्बु । १४औं तेञ्जिङ हिलारी एभरेष्ट म्याराथनको उपाधि नेपाल आर्मीका बेदबहादुर सुनुवारले जितेका छन् ।
नेपाल र बेलायतबीचको दौत्य सम्बन्धको २०० बर्ष पुगेको अवसरमा समर्पित गरिएको यस संस्करणमा ४ घण्टा १० सेकेण्डमा ४२.१९५ किलोमिटरको निर्धारित दूरी पूरा गर्दै बेदबहादुरले उपाधिसहित १ लाख पुरस्कार जितेका हुन् ।
समुद्र सहतदेखि ५३६४ मिटरको उचाइमा रहेको सगरमाथा आधार शिविरबाट सुरु भएको म्याराथन ३४४६ मिटर उचाईको नाम्चे बजारमा आएर सम्पन्न भएको थियो । म्याराथनमा नेपाल आर्मीकै भीमबहादुर गुरुङले ४ घण्टा ३ मिनेट १४ सेकेण्डमा निर्धारित दूरी पूरा गर्दै दोस्रो भ एभने सुमन कुलुङले ४ घण्टा ११ मिनेट ५२ सेकेण्डमा दूरी पूरा गरी तेस्रो भए । दोस्रो र तेस्रो हुनेले क्रमसः ७५ हजार र ५० हजार पुरस्कार पाए ।
एभरेष्ट म्याराथन अन्तर्गत पाँच स्पर्धामा धावकहरु सहभागी थिए । बिदेशी खुल्ला म्याराथन, नेपाली पुरुष र महिला खुल्ला म्याराथन, हाफ म्याराथन र अल्ट्रा म्याराथनको स्पर्धामा धावकहरुको सहभागिता थियो ।
बिदेशी खुल्ला म्याराथनमा पोल्याण्डका रोवर्ट सेलेन्स्कीले निर्धारित दूरी ४ घण्टा २४ मिनेट ८ सेकेण्डमा दूरी पूरा गरी उपाधि जिते । यस स्पर्धामा फ्रान्सका फाब्रिस काह दोस्रो र अमेरिकाका जोसेफ वाइने तेस्रो भए । उपाधि बिजेता सेलेन्स्कीले ७५ हजार पुरस्कार पाए भने दोस्रो र तेस्रो हुनेले क्रमसः ३५ र २५ हजार पुरस्कार पाए ।
Purnimaya-Rai
महिला म्याराथनको उपाधि पुर्णिमाया राईले जित्न सफल भइन् । उनले निर्धारित दूरी ५ घण्टा २४ सेकेण्डमा पूरा गरेकी थिइन् । त्यस्तै निर्कला कुलुङ र पासाङ डोल्मा शेरपा क्रमसः दोस्रो र तेस्रो भए । उपाधि बिजेता राईले ७५ हजार पुरस्कार पाइन् भने दोस्रो र तेस्रो हुनेले क्रमसः ३५ हजार र २५ हजार पुरस्कार पाए ।
यता अल्ट्रा म्याराथनको उपाधिमा पनि नेपाल आर्मीकै धावकहरुको बर्चश्व रहृयो । ६० मिलोमिटरको निर्धारित दूरी ६ घण्टा ३६ मिनेट १३ सेकेण्डमा पूरा गर्दै आर्मीका तिर्थबहादुर तामाङले उपाधि जिते । यस स्पर्धामा आर्मीकै धावक पुर्ण तामाङ दोस्रो र डिवी कुलुङ तेस्रो भए । उपाधि बिजेता तिर्थ तामाङले १ लाख तथा दोस्रो र तेस्रो हुनेले क्रमसः ७५ हजार र ५० हजार पुरस्कार पाए ।
यता हाफ म्याराथन तर्फ शीर्ष तीनै स्थानमा बिदेशी धावकहरुको कब्जा रहृयो । निर्धारित दूरी ३ घण्टा ३० मिनेट १३ सेकेण्डमा पूरा गर्दै नेदरल्याण्डस्का तेञ्जिङ डोल्माज पहिलो भए । अष्टे्रलियाका डोमिनिक होप्किन्स दोस्रो र भारतकी रोशनी राय तेस्रो भइन् । उनीहरुले क्रमसः ५० हजार, ३५ हजार र २५ हजार पुरस्कार पाए ।
प्रतियोगितामा १७१ धावकहरुले सहभागीता जनाएका थिए । जसमध्ये ३७ नेपाली, २२ बेलायती, १९ चीनियाँ र १७ अमेरिकी धावकहरुको सहभागिता थियो । त्यस्तै अष्ट्रेलिया र भारतका १४/१४, पोल्याण्डका ९, जर्मनका ७, जापानका ६, न्युजिल्याण्डका ५, नेदरल्याण्ड्सका ४ र अष्ट्रियाका ३ धावकहरु सहभागी थिए । स्लोभाकिया, सिंगापुर, चिली, रशिया लगायतका मुलुकबाट पनि धावकहरुको सहभागिता थियो ।
तस्वीरः पिजे क्लव

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।