Skip to main content

कांग्रेस सोलुमा आङ गेलु शेर्पाको पल्लाभारी !




सोलुखुम्बुको नेपाली कांग्रेसको गाउँ अधिबेशन सोताङ र चौलाखर्क बाहेक सबै गाबिस तथा नगर वडाहरुमा सम्पन्न भएको छ । अहिलेसम्म मत परिणम अनुसार आङ गेलु शेर्पाको समूह अघि देखिएको छ । दुइ गाबिसमा बिबाद भएपछि अधिवेशन स्थगित गरिएको हो । दुधकुण्ड नगरपालिकाको नौ वटै वडामा प्रतिनिधि छानिए । दुधकुण्ड नगरपालिकाको १ नम्बर वडामा सभापति ज्याप्याङ शेर्पा, सचिबमा डोमी शेर्पा, कोषाध्यक्षमा छो गिर्मी शेर्पा चयन भएका छन् । प्रतिनिधिमा युबराज भुजेल, नाम्गेल जाङबु शेर्पा र सुमित्रा तामाङ रहेका छन् ।
२ नम्बर वडामा सभापतिमा सुम्बा
शेर्पा चयन भएका छन् । जिल्ला प्रतिनिधिमा मिङमा दोर्जी शेर्पा, दावा शेर्पा र पेलु शेर्पा रहेका छन् । ३ नम्बर वडामा सभापतिमा कृष्ण गोपाल राजभण्डारी, सचिब ल्हाक्पा गेलु शेर्पा, कोषाध्यक्ष टेक बहादुर मगर चयन भएका छन् । यस्तै प्रतिनिधिमा धर्म बहादुर तामाङ, डिल्ली बहादुर मगर र याङजीडोमा तामाङ चयन भएका छन् । ४ नम्बर वडामा सभापति दोर्जे तामाङ, सचिबमा बिक्रम श्रेष्ठ, कोषाध्यक्षमा साङगे लामा रहेका छन् । प्रतिनिधिमा बुद्ध राउत, जाङबु लामा र फुर्बा लामा रहेका छन् । वडा नम्बर ५ मा भने सहमति नभए पछि मतदान हुदैछ । सभापति सहित ३ जना प्रतिनिधिका लागि मतदान सुरु भएको मतदान अधिकृत बिनोद श्रेष्ठले जानकारी दिनुभयो । वडा नम्बर ६ मा सभापतिमा दावा जाङबु शेर्पा, सचिबमा पदम बहादुर श्रेष्ठ, कोषाध्यक्षमा शान्ति श्रेष्ठ रहेका छन् । प्रतिनिधिमा मायाँ देबी नेपाली दर्जी, दिल कुमार श्रेष्ठ, र फुर्बा ग्याल्जेन शेर्पा रहेका छन् ।
यस्तै ७ नम्बरमा सभापतिमा भक्त बहादुर श्रेष्ठ, सचिबमा टेक बहादुर बस्नेत, कोषाध्यक्षमा हरिमायाँ श्रेष्ठ रहेका छन् । प्रतिनिधिमा जाङबु शेर्पा, वाङदा शेर्पा र भक्त बहादुर श्रेष्ठ रहेका छन् ।
८ नम्बर वडाको अधिबेशन सकिएको छ । कार्य समिति तथा प्रतिनिधि निर्बिरोध चयन भएका छन् । बाबुराम श्रेष्ठ काजी शेर्पा र छिमी शेर्पा जिल्ला प्रतिनिधिका लागि सर्बसम्मतिले चयन भएका छन् । आङ–ङवाङ लामाको सभापति रहने गरि सचिबमा निमा शेर्पा, कोषाध्यक्षमा सागर बिक, सदस्यमा ल्हाक्पा शेर्पा चयन भएका छन् । यस्तै ९ नम्बरमा सभापतिमा शम्बु कार्की, सचिबमा रुद्र बहादुर खत्री, कोषाध्यक्षमा एकी मायाँ भुजेल रहेका छन् । प्रतिनिधिमा राधा कुमारी कार्की, बम बहादुर कार्की र बुद्धी बहादुर भुजेल रहेका छन् । यी सबै नगर वडाहरुमा निर्बिरोध चयन गरिएको हो । नगर वडामा सर्बसम्मतिले चुनिएका ३२ जना मध्य २८ जना नेता गेलु पक्षधर देखिन्छन् भने ४ जना केसी पक्षका देखिएका छन् । अन्य गाउँ अधिबेशनको नतिजा आउने क्रम जारी छ ।
यस्तै पञ्चन गाबिसबाट पनि सर्बसम्मतिमा प्रतिनिधिहरु छानिएका छन् । उपसभापति कृष्ण निरौलाको गाउँ पंचनबाट ९ जना जिल्ला प्रतिनिधि छानिएका छन् । कृष्ण प्रसाद निरौला, गिता कोइराला, शोभादेबी कोइराला, कोषराज राइ, भुपालध्वज राइ, भमि बहादुर चर्माकार, महेश राइ, मिन प्रसाद कोइराला जिल्ला प्रतिनिधि छानिएका हुन्् । जिल्ला गाउँ सभापतिमा इन्द्रमणी दाहाल चयन भएका छन् ।
जुबु गाबिसमा खुल्ला तर्फबाट ४ जना प्रतिनिधि मतदानबाट चुनिएका छन् । नातीकाजी गुरुङ, महेन्द्र राज गुरुङ, गुणर।ाज उपाध्याय र गणेश भारती बहुमतले बिजयी भएका हुन् । यस्तै इन्द्र बहादुर गुरुङ, पदम कुमारी गुरुङमाझी, देउमायाँ भारती पुरी,रिता घिमिरे र रुद्र नेपाली सर्बसम्मपतिले प्रतिनिधिमा छनौट भएका छन् । गाउँ सभापतिमा भने तेज बहादुर बस्नेत चयन भएका छन् । सभापति सहित जिल्ला प्रतिनिधिमा छनौट भएका सबै आङगेलु पक्षधर मानिन्छन् ।
यस्तै तिङला गाबिस सभापतिमा नैन बहादुर कार्कीलाइ चयन गर्दै जिल्ला प्रतिनिधिका रुपमा ओमसिङ कार्की, केदारभक्त कार्की, केशब बहादुर थुलुङ, प्रमिला कार्की, फुल मायाँ राइ, रिन्जी शेर्पा र अमर बहादुर राणापाललाइ निर्बिरोध चयन गरिएको संबाददाता कर्ण बहादुर कार्कीले जानकारी दिनुभयो ।
नाम्चे गाबिसमा बम्बे दर्जी पुन निर्बिरोध निर्बा्चित भएका छन् । जिल्ला प्रतिनिधिका रुपमा ल्हाक्पा दिकी शेर्पा, पेम्बा छोटिन शेर्पा, तारादेबी परियार, ल्हाक्पा दोर्जी शेर्पा , फडिन्द्र राणापाल र पाल्देन शेर्पा रहेका छन् ।
खुम्जुङ गाबिसमा पेम्बा छिरिङ शेर्पाको सभापतित्वमा कार्य समिति गठन गरिएको छ । जिल्ला प्रतिनिधिमा निमा डोमा शेर्पा, ल्हाक्पा नुर्बु शेर्पा, ल्हाक्पा छिरिङशेर्पा, पेम्बा छिरिङ शेर्पा ख, चयन भएको मतदान अधिकृत कृष्ण बहादुर मगरले जानकारी दिनुभयो ।
यसैगरी चौरीखर्क गाविसमा सभापतिमा निमातेन्जिङ शेर्पा निर्विरोध चयन भएका छन् । सो गाविसवाट अध्यक्ष सहित ८ जना मात्र प्रतिनिधि छनौट भएको निर्वाचन अधिकारी विर बहादुर राईले जानकारी दिनुभयो ।
यस्तै वाकुमा पनि निर्बिरोध रुपमा कार्य समिति तथा जिल्ला प्रतिनिधि छानिएका छन् । सभापतिमा सगुजीत राइ चयन भएका छन् भने सचिबमा महेश कुमार राइ, कोषाध्यक्षमा मिन बहादुर कार्की चयन भएका छन् । यस्तै जिल्ला प्रतिनिधिमा टम्बर बहादुर राइ, भोजराज कार्की, नारायाणकाजी कार्की, इन्द्र बहादुर नेपाली, लक्ष्यावती राउत, दुर्गाामणी राइ, भुपाल रेग्मी मगर, युबराज घिमिरे चयन भएका छन् ।
यस्तै केरुङ गाबिसमा सभापतिमा पदम बहादुर खड्का चयन भएका छन् । प्रतिनिधिहरुमा मनोज खड्का, रोही्त कुमार कार्की, कुसाङ शेर्पा, कुलध्वज मगर, पेमा तामाङ, रामसरण नेपाली, नारायणदेबी खड्का, र प्रेम गुरुङ रहेका रहेका छ् ।यस्तै नेले गाबिसमा सभापतिमा भरत बाबु कार्की चयन भएका छन् । प्रतिनिधिहरुमा हेब बहादुर खड्का, बीर बहादुर गुरुङ, कुमार बस्नेत, आस्वीन बाबु थपा, मन देबी बस्नेत, ज्ञानु देबी बस्नेत, रोशनबाबु थुलुङ, घनराज सुनुवार र सार्के नेपाली रहेका छन् ।
त्यस्तै, टाक्सिन्दुमा टेक बहादुर राई सभापतिमा चयन भएका छन् । प्रतिनिधिहरुमा फनिन्द्र कार्की, सुब्बा तामाङ, विनोद लामिछाने, कमल कुमारी राई, मान बहादुर राई, उत्रमान राई र पदम नेपाली छनौट भएका छन् ।
यसैबीच, सोताङ र चौलाखर्कमा विवादका कारण गाउँ अबिधेशन स्थगीत गरिएको निर्वाचन अधिकृत कमलमणी निरौलाले जानकारी दिए ।
यस्तै कागेल सभापतिमा बल बहादुर बस्नेत चयन भएका छन् । त्यस्तै प्रतिनिधिमा बिनोद बस्नेत, नबिना थापा, हुतराज बस्नेत, छत्रध्वज बस्नेत, शैलेन्द्र बस्नेत, कान्तीराज थुलुङ, रुद्र कुमारी बरुवाल टिका केसी, मिठु मायाँ बस्नेत, बिरु सार्की चयन हुनुभएको छ । कागेलमा अधिकांश बल बहादुर केसी पक्ष छन् ।
यस्तै सल्यान गाबिसमा धनजन राइको प्यानल नै बिजयी भएको छ । देउसा गाबिसमा सभापति भीलोक सिङ राइ चयन भएका छन् । प्रतिनिधिमा कमल बहादुर बिक, डिल्ली बहादुर मगर,पार्ब्ति राइ, चरीमायाँ राइ, लाक्पा तामाङ, लाक्पा, राइ, जय प्रसाद राइ र नवाक सिङ राइ रहेका छन् ।
यस्तै पावैमा गाबिस सभापतिमा गणेश बस्नेत, प्रतिनिधिमा खिलाराज बस्नेत, बल बहादुर गुरुङ, तारा कुमार राइ, नीर कुमार राइ, पुर्ण बहादुर बिक, एलिशा राइ र सरला नाछिरिङ रहेका छन् । 

Comments

Post a Comment

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना) १८.५*१८.५ (फूट)।  १६ आना =५४७६ (वर्गफूट) १ (रोपनी) ७४*७४ (फूट)। १।४ धुर =४५.५६२५ (वर्गफूट) ६.७५*६.७५ (फूट)।  

How To Manage Blood Pressure Naturally

Reincarnation His Holiness Kyabye Trulshik Rinpoche, welcome And bless us Rinpoche.

Ever since Kyabje Trulsik Rinpoche passed away on September 2nd, 2011, finding his Reincarnation (Yangsi) has been awaited with great hope and deep devotion, especially in the Sherpas & Tibetans Buddhist Nyingma Tradition living in all over the world.  On 29th of May 2018, Saga Dawa day, we are all over joy to hear that His Holiness 4th Dodrupchen Rinpoche, Kyabje Dodrup Thupten Thinley Palbar (one of the most important living masters in the Nyingma and Dzogchen traditions) Chorten Gonpa Monastery, Tadong, Gangtok, Sikkim, India recently made this kind proclamation that a son born to the father, Ngawang Jigdrel Chokyi Wangchuk, the lineage holder of Maratika Lama, and the mother Orgyen Dolma is an Unmistaken Recognition of supreme reincarnation of His Holiness Late Trulshik Rinpoche. The Yangsi arrival at Dzarong Thupten Dongak Choeling Monastery .  June 23rd, 2018, Chewa Chu Ja Pemba The helicopter landed in Monastery helipad around 10:50 AM with Yangsi an