Skip to main content

आफ्नो गुगल अकाउण्टका सबै गतिविधि यसरी थाहा पाउनुस्


तपाइँको जिमेल अकाउण्टमा धेरै गोप्य कुराहरु राख्नु भएको हुनसक्छ । आफ्नो बैंक अकाउण्टका विवरण, विभिन्न खाले गोप्य तथा संवेदनशील कागजातका विवरण, साथी तथा परिवारको इमेल आदि आदि । त्यसैले यस्तो संवेदनशील जिमेल अकाउण्टलाई सुरक्षित राख्न र ह्याकरबाट बचाउनका लागि तपाइँ सधै चनाखो बन्नुपर्छ ।
गुगल ड्यासबोर्डको प्रयोग गरी तपाइँले आफ्नो जिमेल अकाउण्टमा हरेक समय नजर राख्न सक्नुहुन्छ ।
तपाइँलाई यसमार्फत हरेक महिना यस्तो रिपोर्ट प्राप्त हुन्छ जसले तपाइँको लगइनका बारेमा सम्पूर्ण जानकारी प्रदान गर्दछ ।
गुगल ड्यासबोर्ड कसरी सेटअप गर्ने ?
सबैभन्दा पहिले आफ्नो जिमेल अकाउण्टमा लगइन गर्नुहोस् । त्यसपछि आफ्नो प्रोफाइल पिक्चरमा क्लिक गर्नुहोस् र त्यहाँ रहेको माइ अकाउण्ट अप्सन छान्नुहोस् ।
त्यसपछि तपाइँले आफ्नो गुगल अकाउण्ट पेज देख्नुहुनेछ । तपाइँले त्यहाँ रहेको पर्सनल इन्फो एण्ड प्राइभेसी अप्सनमा गएर अकाउण्ट ओभरभ्यू छान्नुपर्नेछ ।
त्यहाँ तपाइँले भ्यू ड्यासबोर्ड नामक अप्सन देख्नुहुन्छ । त्यहाँ तपाइँले आफ्नो जिमेल अकाउण्टको पासवर्ड हाल्नुपर्ने हुनसक्छ ।
ड्यासबोर्डमा तपाइँले आफ्नो गुगल अकाउण्ट तथा गुगल सर्भिस जस्तै यु ट्युब, गुगल न्युज, गुगल ड्राइभ, गुगल प्लस, गुगल प्ले तथा म्याप्स जस्ता आफुले प्रयोग गरेका सर्भिसहरुको जानकारी प्राप्त हुनेछ ।
ड्यासबोर्डमा तपाइँले सेण्ड मी मन्थ्ली रिमाइन्डर टू चेक माइ अकाउण्ट एक्टिभिटी नामक अप्सनको अगाडि रहेको बक्समा क्लिक गर्नुहोस् ।
त्यसपछि गुगलले तपाइँको गुगल अकाउण्टसँग सम्बन्धित विभिन्न जानकारीहरु हरेक महिना तपाइँको जिमेल इनबक्समा पठाइदिनेछ ।
तपाइँको गुगल अकाउण्टमा भएका सबै गतिविधिको जानकारी तपाइँले प्राप्त गरेसँगै तपाइँले कतै आफ्नो कुनै गुगल अकाउण्ट कुनै व्यक्तिले  ह्याक गरेर गलत रुपमा प्रयोग गरिरहेको त छैन ? भन्ने जानकारी पनि प्राप्त गर्न सक्नुहुन्छ । यसले गुगल अकाउण्टको सुरक्षामा तपाइँलाई चनाखो बनाइदिनेछ ।

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।