Skip to main content

फोर्ब्सले लेख्यो: नेपाल घुम्न यो सही बेला


३ चैत, काठमाडौं ।  अमेरिकाको चर्चित पत्रिकाले नेपाल घुम्न विश्वभरका पर्यटकहरुलाई प्रेरित गर्दै एउटा आलेख प्रकाशित गरेको छ । आलेखमा अहिले नै नेपाल घुम्न उपयुक्त बेला किन हो भन्ने तार्किक कारणहरु प्रस्तुत गरिएको छ । उक्त आलेखको भाव यस्तो छः
धेरै हदसम्म पर्यटनमा आश्रति देशलाई गत वैशाखमा गएको भुकम्पले निकै आहत तुल्यायो । भुकम्पपछिको पुनर्निमाण र नवनिर्माणको सरकारी गति कछुवाको भन्दा सुस्तरुपमा भइरहेको छ ।
नेपाल आउन चाहने वा नियमित आउने पर्यटकहरु भुकम्पले गर्दा हच्किएका छन् । यसले गर्दा पर्यटन क्षेत्रबाट गुजारा गर्नेहरुको रोजीरोटी संकटमा परेको छ । यसैबीच, एउटा ट्राभल कम्पनीले उदाहरणीय सुरुवात गरेको छ ।  उसले भूकम्पपीडितको सहयोगका लागि ठूलो योजना अगाडि ल्याएको छ ।
अहिलेदेखि आगामी मे महिनासम्म तपाईले नेपाल भ्रमणका लागि इन्ट्रेपिड ट्राभलमार्फत प्याकेज ‘बुक’ गर्नुभयो भने उक्त ट्राभलले त्यसबाट निस्कने नाफाको शतप्रतिशत रकम उसको गैरनाफामुखी संस्था इन्ट्रेपिड फाउन्डेसनमा जम्मा गर्छ । सो रकम भुकम्पपिडितहरुका लागि खर्च गरिनेछ  ।
गैरनाफामुखी भनिएका संस्थाहरुले कोषमा जम्मा भएकोमध्ये कति पैसा खर्च गर्छन् भन्नेमा धेरैलाई आशंका छ । तर इन्ट्रेपिड ट्राभलले प्रशासनिक खर्च कटाएर आएको जम्मा नाफाको शतप्रतिशत दान गर्ने जनाएकोउ छ । ‘फन्ड कलेक्सन’ का लागि यसले ‘नमस्ते नेपाल’को स्लोगन राखेको छ । यसले स्थानीय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरु जस्तै जस्ट वान नेपाल, सेभेन उमन, हिमालयन रेस्क्यु एशोसियसन, प्लान इन्टरनेशनल र विश्व बन्यजन्तु कोष लगायतसँग मिलेर काम गर्छ ।
इन्ट्रेपिड साहसिक पर्यटनमा आधारित टूर अपरेटर हो जसले साना-साना समुहमा पर्यटकहरुलाई विश्वभर घुमाउछ । यसले स्थानीय पथप्रदर्शकहरुसँग मिलेर १ सय मुलुकका १ हजारभन्दा बढि पर्यटकीय गन्तव्यमा सेवा दिइरहेका छन् ।
नेपालमा थुप्रै जनता पर्यटनमा निर्भर छन् । पर्यटन उनीहरुको आम्दानीको मूख्य श्रोत रहेको अवस्थामा यतिबेलै किन नेपाल घुम्न जाने भन्ने प्रश्नको जवाफमा धेरै दिमाग खियाउनु नपर्ला । यद्यपि यसले पनि तपाईंलाई खासै उत्साही बनाउदैन भने नेपालमा इन्सेपिडका यी तीन टुर प्याकेजले भने पक्कै उत्साहीत बनाउने छ ।
रंगीन शहरहरु
काठमाडौंलाई सुरुदेखि अन्त्यसम्म विश्वकै एउटा रंगीन सहरको रुपमा तपाईँले पाउन सक्नुहुनेछ । त्यसपछि तपाई अर्काे रंगीन सहर पोखरा जान सक्नुहुनेछ । जुन पदयात्राका लागि सुरुवाती बिन्दू हो । त्यसका साथै तपाई हिमाली दृश्यका लागि बन्दिपुर, चितवन राष्ट्रिय निकुञ्जमा हात्ती सफारी तथा नेपालको पुरानो राजधानी भक्तपुरको अवलोकन गर्न सक्नुहुनेछ । ११ दिने यस भ्रमण प्याकेजमा तपाईलाई हवाईभाडा बाहेक २ हजार ५ सय ३५ अमेरिकी डलर लाग्छ ।
Nepal-Intrepid-Travel



चियापसलदेखि मन्दिरसम्म
नेपाली जीवनशैलीमा डुवुल्की मार्न, भिक्षुहरुसँग साक्षात्कार गर्न, साँझको समय चिया पसलमा बिताउन, मन्दरहरुको भ्रमण तथा हिमालय क्षेत्रको ट्रेकिङ गर्न यो प्याकेज उपलब्ध छ । यो चार दिने भ्रमणमा सुर्योदय, मनोरम दृश्यहरु तथा नेपालको अविस्मरणीय गन्तव्यको अनुभव संगाल्न सकिन्छ । यसका लागि चार दिनको भ्रमणमा ३ सय ६० अमेरिकी डलर खर्च लाग्छ ।
Inside-Out-Kathmandu-Intrepid-Travel-Tour
















सगरमाथा आधार शिविर
तपाई सुरुवाती बिन्दूमा काठमाडौमा हुनुहुन्छ । सबैभन्दा पहिले तपाईले ट्रेकिङको न्युनतम प्रभावबारे काठमाडौं पर्यावरण शिक्षा परियोजनामा प्रशिक्षण लिनुहुनेछ । यसले तपाईलाई भ्रमणका क्रममा भएको मौसमी अवस्थाको बारेमा जानकारी गराउँछ । सगरमाथा आधार शिविरको लागि तपाई जब लुक्ला पुग्नुहुन्छ, अनि सुरुहुन्छ वास्तविक साहसिक चरण । यहाँबाट तपाई सात दिनको पदयात्रापछि सगरमाथा आधार शिविर पुगिन्छ । यो १५ दिने टि्रपमा हवाई भाडाबाहेक १ हजार ६ सय १५ अमेरिकी डलर लाग्नेछ ।
Gorak-Shep-Everest-Base-Camp-Intrepid-Travel

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।