Skip to main content

क्रियाशिल सदस्यतालार्इ लिएर कांग्रेस सोलुखुम्बुका दुवै पक्ष अनशनमा


सदस्यताको विषयलाई लिएर नेपाली कांग्रेस सोलुखुम्बुका दुवै गुटका नेताहरु कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा अनशनमा बसेका छन् ।   केन्द्रीय सदस्य सदस्य बलबहादुर केसीले सोलुखुम्बुको नयाँ सबै क्रियाशिल सदस्य बदर गराउनु पर्ने माग गर्दै रिले अनशन सुरु गरेका छन् भने जिल्ला सभापति आङगेलु शेर्पा लगायतको टोलीले सबै नयाँ पुराना दुवैखाले क्रियाशिल सदस्यता सदर गरी मताधिकारी दिन माग गर्दै सोमवारबाट अनशनमा बसेका हुन् ।

१३ औँ अधिबेशनको आधारशिलाको रुपमा रहेको क्रियाशिल सदस्यता सदर गराउनु पर्ने र बदर हुनुपर्ने दुई थरी मत अन्ततः केन्द्रीय कार्यालयमा अनशन बस्ने सम्म अवस्थामा पुगेको हो । पार्टीका केन्द्रीय सदस्य नरहरि आचार्य नेतृत्वको क्रियाशिल छानविन समितले सोलुखुम्बुका नयाँ पुराना सबै क्रियाशिल सदस्यता सदर गरी १८ गाविसलाई मताधिकारसहितको अधिकार सुनिश्चित गरेको प्रतिवेदन केन्द्रीय समितिमा पेश गरेपछि सो निर्णयप्रति असन्तुष्टि जनाउँदै केन्द्रीय सदस्य केसीले नयाँ क्रियाशिल सदर गराएर आफूमाथि अन्याय गरेको भन्दै आइतवारवाट नै अनशन सुरु गरेका थिए । केसीको टोलीमा माहासमिति सदस्यहरु रामबहादुर बस्नेत, खिलराज बस्नेत र हुत्तराज बस्नेतलगायत अनशनमा बसेका छन् ।

पार्टी सभापति आङगेलु शेर्पा पक्षधरले भने गाउँ समितिले विधानअनुसार सिफारिस गरी जिल्ला समितिले अनुमोदन गरेका सबै क्रियाशिल सदस्यलाई मताधिकार दिनु पर्ने माग राखेका छन् ।  सभापति आङगेलु शेर्पा सहित जिल्ला कार्यसमितिका सबै पदाधिकारी, सदस्यहरु, पूर्व सांसद पुरुषोत्तम बस्नेत, गोकर्ण राई, पूर्व पार्टी सभापतिहरु प्रभुराम बस्नेत र छत्रध्वज बस्नेत, भातृ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु अनशनमा बसेका छन् ।

क्रियाशिल सदस्यता छानविन समितिले सोलुखुम्बुका ३४ गाविसकै नयाँ र पुराना क्रियाशिल सदस्यता सदस्यता सदर गरी १८ गाविसका सदस्यलाई मताधिकार र बाँकी १६ गाविसलाई मताधिकार नदिने गरि केन्द्रीय समितिमा प्रतिवेदन बुझाएको थियो । 

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना) १८.५*१८.५ (फूट)।  १६ आना =५४७६ (वर्गफूट) १ (रोपनी) ७४*७४ (फूट)। १।४ धुर =४५.५६२५ (वर्गफूट) ६.७५*६.७५ (फूट)।  

How To Manage Blood Pressure Naturally

Reincarnation His Holiness Kyabye Trulshik Rinpoche, welcome And bless us Rinpoche.

Ever since Kyabje Trulsik Rinpoche passed away on September 2nd, 2011, finding his Reincarnation (Yangsi) has been awaited with great hope and deep devotion, especially in the Sherpas & Tibetans Buddhist Nyingma Tradition living in all over the world.  On 29th of May 2018, Saga Dawa day, we are all over joy to hear that His Holiness 4th Dodrupchen Rinpoche, Kyabje Dodrup Thupten Thinley Palbar (one of the most important living masters in the Nyingma and Dzogchen traditions) Chorten Gonpa Monastery, Tadong, Gangtok, Sikkim, India recently made this kind proclamation that a son born to the father, Ngawang Jigdrel Chokyi Wangchuk, the lineage holder of Maratika Lama, and the mother Orgyen Dolma is an Unmistaken Recognition of supreme reincarnation of His Holiness Late Trulshik Rinpoche. The Yangsi arrival at Dzarong Thupten Dongak Choeling Monastery .  June 23rd, 2018, Chewa Chu Ja Pemba The helicopter landed in Monastery helipad around 10:50 AM with Yangsi an