Skip to main content

सोलु कांग्रेसको अधिवेशन स्थगित

१२ फागुन, सोलु । महाधिवेशन प्रतिनिधि छनोटमा बिबाद भएसँगै सोलुखुम्बु कांग्रेसको अधिवेशन स्थगित भएको छ ।
 महाधिबेशन प्रतिनिधि छनौटमा उत्पन्न विबादले उग्र रुप लिए पछि सोलुखुम्बुमा निर्वाचन गराउन आएका निर्वाचन अधिकृत इन्द्रमणि अधिकारी जिल्ला अधिबेशन स्थगित गरि मंगलबार काठमाडौं फर्किएका छन् ।
बैधानिक समस्या समाधान नभएसम्म अधिवेशन गर्न नसकिने भन्दै निर्वाचनको सम्पूर्ण प्रकृया स्थगित गरेको बिज्ञप्ति प्रकाशित गर्दै निर्बाचन अधिकृत काठमाडौं फर्किएका हुन् ।
एक निर्वाचन क्षेत्र भएको जिल्लामा ११ जना महाधिबेशन प्रतिनिधि र एक सभापति निर्वाचित गर्नुपर्नेमा १२ जना महाधिबेशन प्रतिनिधि चयन गरिएपछि कांग्रेस सोलुखुम्बुको १३ औँ जिल्ला अधिबेशन विबादमा परेको थियो ।
‘स्थगित रहेको चौलाखर्क र सोताङ गाविसको गाउँ अधिवेशन गर्नुपर्ने, विधान विपरीत घोषणा भएका महाधिवेशन प्रतिनिधिको टुङ्गो लगाउनुपर्ने विषयमा केन्द्रिय निर्वाचन समितिमा उजुरी परेको तर निर्णय नआएको सन्दर्भ र जिल्लाको भौगोलिक विकटताका कारण मतादाता सदरमुकाम आउने समय अभावका कारण अर्को सूचना जारी नभएसम्मका लागि निर्वाचनको सबै प्रक्रिया स्थगित गरिएको छ’ -निर्वाचन अधिकृत अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ।
नेपाली कांग्रेस विधानले चल्ने पाटी भएकाले सबै प्रक्रिया विधानअनुसार हुनुपर्ने भन्दै पाटी कसैको खल्तीबाट पाटी चलाउन खेज्ने कार्य मान्य नहुने जिल्ला सभापति आङगेलु शेर्पाले बताए । ‘विधान विपरीत १२ जना महाधिवेशन प्रतिनिधिलाई प्रमाणपत्र वितरण गरी सभापतिका लागि ठाउँनै नराखेको अवस्थामा अधिवेशन गर्नु दरबन्दी नभएको कार्यालयमा कर्मचारीको विज्ञापन गर्नु जस्तै हो -उनले भने ।
नपाली कांग्रेसकोे विधानमा ११ जना प्रतिनिधि मात्र घोषणा गर्ने र एक मात्र निर्वाचन क्षेत्र भएको सोलुखुम्बुजस्तो जिल्लामा महाधिवेशन प्रतिनिधि तथा गाविसबाट आएका क्षेत्रीय प्रतिनिधिबाट जिल्ला कार्य समितिको सभापतिमा उठ्न पाउने प्रावधान रहेको छ । १२ जना घोषणा भएपछि सभापति महाधिवेशन प्रतिनिधि भन्दा बाहिरबाट जितेमा १३ जना हुने भएकाले समस्या हुने जिल्ला सचिव चन्द्रप्रसाद आचार्यले वताए ।
पार्टीको विधानमा समाबेशी सिद्धान्त बमोजिम ११ जना महाधिबेशन प्रतिनिधि र १ जना पार्टी सभापति निर्वाचन गर्नुपर्ने ब्यवस्था छ । विधानको व्यवस्था विपरित १२ जना महाधिबेशन प्रतिनिधि चयन गरि प्रमाणपत्र दिईएपछि सिर्जना भएको विबाद निरुपण नभएसम्म जिल्ला अधिबेशन गर्न नसकिने निष्कर्ष जिल्ला समितिले निकालेको जिल्ला सभापति आङगेलु शेर्पाले वताए ।

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।