Skip to main content

लुक्ला विमानस्थलमा माइकिङ रोकिएपछि.


सोलुखुम्बु-नेपालकै व्यस्त विमानस्थलको सूचीमा पर्ने पर्यटकीयस्थल लुक्लामा रहेको तेञ्जिङ हिलारी विमानस्थलमा माइकिङ सुविधा नहुँदा यात्रु समस्यामा पर्ने गरेका छन् ।

पर्यटकीय सिजनमा एकै दिनमा ८०-९० वटासम्म उडान भर्ने सो विमानस्थलमा एकै पटक तीन-चारवटा विमानले यात्रु चढाइरहेका हुन्छन् ।

यस्तो बेलामा आफू चढ्ने विमानको पहिचान गर्न नसक्नु, जहाज कतिबेला आउँछ, कतिबेला जहाजमा चढ्ने जस्ता सूचना नपाउँदा टर्मिनल भवनमा पर्खिरहेका यात्रु समस्यामा पर्ने गरेका छन् ।

पर्यटन गाइड ल्हाक्पा नुरु शेर्पा भन्छन् "दुई चारवटा जहाज बसेका हुन्छन्, आफू कुनमा जाने हो सोध्दै दौडनुपर्छ, टर्मिनलमा पसेदेखि कर्मचारीलाई सोधिरहनुपर्छ, यताउति जाँदा पनि कतै जहाज छुटिहाल्छ कि भन्ने डर हुन्छ ।"

आफूले यात्रा गर्ने विमानमा कतिबेला चढ्ने भन्ने कुराको जानकारी नदिँदा आफूले टिकट लिएको कम्पनीको काउन्टर अगाडि कुरेर बस्नुपर्ने बाध्यता रहेको अर्का पर्यटन गाइड एकवीर कुलुङले बताए । उनका अनुसार पर्खेर बस्नुपर्दा विदेशी पर्यटकले दिक्क मान्नुपरेको र कतिपय अवस्थामा सामान छुट्ने समस्या रहन्छ ।

माइकिङ सुविधा नहुँदा उडान भर्ने विमान कम्पनीलाई पनि उस्तै समस्या पर्ने गरेकोछ । तारा एयरलाइन्स लुक्लाका इन्चार्ज फुनुरु शेर्पा भन्छन् "यसले हामीलाई पनि समस्यामा पार्ने गरेकोछ, कुनै बेला विमान उड्ने बेलामा पनि यात्रु हराएको खोज्दा हैरान हुन्छ, विमान स्टार्ट भइसकेपछि यात्रु खोजेर ल्याउनु परेको थुप्रै घटना भएका छन्"

केहीवर्ष अघि माइकिङ सेवा थियो तर पछि प्राविधिक समस्या आएको भन्दै नागरिक उड्डयन प्राधिकरणको कार्यालय लुक्लाले यो सेवा रोकेको हो । प्राधिकरणले समस्या समाधानको पहल भइरहेको बताएपनि वर्षौदेखि सो विमानस्थलमा यात्रुले समस्या भोगिरहेका छन् । 

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

Sel Roti: How to Make Nepalese Traditional Recipe Cell Roti

Find here best tips for making Sel Roti or celroti. We have posted here the cooking tips of Nepali traditional recipe ‘Sel Roti’. If or course help you to cook Sel Roti. सेल रोटि  पकाउने तरिका. How to cook Sel Roti? How to Make Nepalese Traditional Recipe Cell Roti About Sel Roti: A Nepali Traditional and Cultural Recipe Sell roti is also termed as Cell Roti, Sel Roti, Cel Roti, Selroti or Celroti and सेल रोटि  in Nepali language. Selroti is one of the most famous Nepalese snack among Nepali in all over the Nepal. Selroti is also used sometime as food in several occasions. But it is specially a Nepalese traditional snacks. Most of Nepalese person like this recipe to eat in any time of the day or night. It is easy to have as snack. When the word Sel roti is pronounced, Nepalese got water in their mouth. Let’s learn here to cook such a great and tasty Nepalese recipe Sel Roti. This cooking method may help you to cook and make the Selroti. ...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।