Skip to main content

Posts

टाक्सिन्दुमा ठ्रोमा वाङ हुने

टाक्सिन्दु/साउन ६ : टाक्गोन स्येत्डुब थर्लिङ गुम्बा टाक्सिन्दुमा ठ्रोमा वाङ हुनेभएको छ ।  २०७२ साल बैशाख १२ गतेको भुकम्पले स्थगित भएको ठ्रोमा वाङ २०७३ साल आश्विन ८ गतेदेखि १० गतेसम्म हुने भएको छ । २०७३ आश्विन ८ गते शुरु हुने उक्त कार्यक्रम आश्विन १० गते समापन हुने छ ।  सोलुखुम्बुमै पहिलो पटक हुन गईरहेको ठ्रोमा वाङ (क्रोधिकाली अभिषेक) कार्यक्रममा भुटानका दुङ्से गराब दोर्जे रिन्पोछे पाल्नुभई वाङ प्रदान गर्नुहुने छ ।  वाङ कार्यक्रमहरु आश्विन ८ गते गुम्बाको प्राङ्गणमा नवनिर्मित नयाँ ल्हाबाप् क्ष्योर्तेनको राब्ने, ९ गते पर्दो थोटोलको लुङ र लोङक्ष्येन (च्योद्को वाङ), १० गते ठ्रोमाको वाङ र लुङ प्रदान गर्ने कार्यक्रम रहेको छ । उक्त वाङ कार्यक्रम आयोजना गर्नका लागि काठमाण्डौ अर्थ संकलन समिति र गुम्बाका प्रमुख लामाको उपस्थितिमा बसेको बैठकले गुम्बाका प्रमुख लामा ङवाङ मोन्लमको संयोजकत्वमा १५ सदस्यीय ठ्रोमावाङ व्यवस्थापन समितिको गठन गरिएको छ । उक्त समितिमा संयोजक गुम्बाका प्रमुख लामा ङवाङ मोन्लम, सह संयोजकमा बाबु शेर्पा, अध्यक्षमा कुसाङ लामा, प्रथम उपाध्यक्षमा दोर्जी शे...

साङ्लाले सताएर हैरान हुनुहुन्छ ? अब शक्तिशाली तेजपत्ताले भगाउनुहोस् सधैकालागि साङ्ला

हामी सबैलाई नै थाहा छ कसैलाई पनि साङ्ला मन पर्दैन तर हाम्रो वरपर झिगाँ, किराहरु प्रसस्त नै देख्न सकिन्छ । संसारमा सबैभन्दा धेरै प्राणी भनेकै किराहरु हुन् । साङ्ला सर्वाहारी किरा हो । साङ्ला जता ततै जहिले पनि देख्न सकिन्छ । साङ्लाले नत गाँउ नै भन्छ नत सहर, नत फोहर नत सफा यो जहा तहीँ पाइने जिव हो । तपाई हाम्रो घरका कोठाहरू, भान्सा, बाथरुम लगायतको स्थानमा ओसको मात्रा बढी हुँदा साङ्लाहरूलाई उत्पादन गर्न, हुर्किन, सजिलो हुन्छ । साङ्लाहरूको बास नै भान्सामा खाने कुरा भएको ठाउँमा बढी हुने गर्दछ । साङ्ला भगाउन या मार्नका लागि बजारमा थरिथरिका रासायनिक औषधि पाइन्छन् । तर, यी औषधिहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् । घरमा साना बच्चा छन् भने रासायनिक औषधि होइन, घरेलु उपाय नै अपनाउनुहोस् । साङ्लाले सताएर हैरान हुनुहुन्छ धन्दा नमान्नुहोस् तेजपत्ताको प्रयोगबाट सबै हजुरको घरबाट भाग्ने छन् ।  साङ्ला भगाउने घरेलु उपाय मध्य तेजपत्ता अत्यन्तै उत्तम उपाय हो । तेजपत्ताको गन्धसँग कक्रोच भाग्ने गर्छ । त्यसैले केही पत्ता कक्रोच धेरै बस्ने कुनामा राखिदिनुहोस् तुनुन्तै त्यहाँबाट यस...

आफ्नै छोरीको हत्या गर्ने पक्राउ

सोलुखुम्बु– आफ्नै छोरीको हत्या गरेको अभियोगमा गुदेल–९ नाम्लुङ बस्ने २३ वर्षीय सुखधन राईलाई प्रहरीले पक्राउ गरेको छ। बिगत ३ महिनादेखि मानसिक सन्तुलन बिग्रिएको बताइएका उनले मंगलबार आफ्नै ८ महिनाकी छोरीको टाउको काटी हत्या गरी फरार भएकोमा इलाका प्रहरी कार्यालय तोताङको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

सिस्नु खानुको फाइदा र पकाउने तरिका

नेपालका हरेक भेगमा सजिलै पाईने प्रजाति हो सिस्नु । अहिलेसम्म तीन–चार प्रकारका सिस्नु भेटिएका छन् । भेटिएका सबै प्रजाति सेवन गर्न मिल्छ । पहाडी क्षेत्रमा पाइने सिस्नु बूढो र छिप्पेको सेवन गर्न लायक हँदैन। कलिलो, फूल या मुना मात्र सेवन गर्नु राम्रो हुन्छ । गाउँघरमा सिस्नुलाई तरकारीको रुपमा पनि प्रयोग गर्ने चलन छ । आज हामी सिस्नु खाँदा हुने फाइदा र पकाउने तरिकाको बारेमा उल्लेख गर्छौँ । मानिस वा पशुको हातखुट्टा भाँचिएमा सिस्नुको लेपन लगाएर काम्रो बाँध्ने चलन विद्यमान छ । सिस्नु खुवाउन थालेपछि चाँडो निको हुने हामीले देखेका भोगेका पनि छौँ । सिस्नु खाएर हुर्किएका बच्चाको हड्डी बलियो पनि हुन्छ । सिस्नुको मुन्टालाई दानाका रूपमा खुवाएको कुखुराले तुलनात्मक रूपमा धेरै अन्डा पार्ने, मासु स्वादिलो हुने र अन्डासमेत गुणस्तरीय हुने देखिएको छ । सिस्नुबाट तयार पारेको दाना खाएको कुखुराले साधारण दाना खाएको कुखुराले भन्दा दोब्बर बढी अन्डा दिने गरेको पनि अनुसन्धानबाट खुलेको छ । सिस्नु खुवाएको बंगुरको तौल नखुवाएकोभन्दा धेरै भएको र मासुसमेत स्वस्थ रहेको पाइएको छ । सिस्नुलाई दानाको रूपमा ...

के तपाईलाई थाहा छ ? हरियो खुर्सानीले तपाईलाई यी सात रोगबाट बचाउँछ

खुसार्नी एक पीरो पदार्थ हो । स्वास्थ्य क्षेत्रका विज्ञहरुको अध्ययनले खुसार्नी स्वास्थ्यका एकदमै उपयोगी रहेको देखाएको छ । हामीमध्ये धेरैजनाले खाना खाने बेलामा पिरो खानेकुरालाई पाखा लगाउने गर्दछौँ । तर के तपाईंलाई थाहा छ ? खानामा कम्तीमा दुइवटा हरियो खुसार्नी खाने गर्नाले क्यन्सर जस्तो भयानक रोगबाट बच्न सकिन्छ । हरियो खुर्सानीले प्रकृतिक रुपमानै रोग प्रतिरोधात्मक क्षमतालाई बढाउने गर्दछ । १.मोटोपन कम गर्छः यदि तपाईं खानेकुरामा निकै सोच्ने गर्नुहुन्छ र सधैँ कम क्यालरीको खाना खानुहुन्छ भने तपाईंको लागि हरियो खुर्सानी राम्रो विकल्प हुनसक्छ । हरियो खुर्सानीमा क्यालरी हुँदैन त्यसकारण यदि तपाईं डाइटिङ गरिरहनुभएको छ भने हरियो खुर्सानी तपाईंको लागि निकै लाभदायक हुन्छ । २.क्यान्सरबाट बचाउँछ ः पुरुषहरुमा प्रोस्टेट क्यान्सरको सम्भावना धेरै हुने गर्दछ । एक शोधका अनुसार खानामा हरियो खुर्सानी खाँदा प्रोस्टेट क्यान्सरबाट बचाउने गर्दछ । हरियो खुर्सानीमा यस्तो तत्व पाइन्छ जसले क्यान्सरको जोखिमलाई कम गर्ने गर्दछ । ३.सँधै जवान राख्न मद्धत गर्छ ः हरियो खुर्सानीमा भिटामिन इ को मात्र...

काठमाडौंमै एकमुठा सागभन्दा कपडा सस्तो ! १० रूपैयाँमा सर्ट बेचिँदै

तपाईंलाई सुन्दा अचम्म लाग्ला, एकमुठा सागभन्दा कपडा सस्तो हुन्छ भनेर । तर सामाखुसी टाउनप्लानिङमा रहेको एक पसलमा सागभन्दा कपडा सस्तोमा पाइन्छ । अहिले बजारमा एकमुठा सागको २० रूपैयाँ पर्छ तर उक्त पसलमा एउटा सर्ट भने १० रूपैयाँ मा नै पाउन सकिन्छ । समाजमा केही गरौँ भन्ने भावनाका साथ केही वर्ष कोरिया बसेर फर्केका पर्यटन व्यवसायी चीजमान गुरुङको अवधारणाअनुरुप पुराना सामान पुनः प्रयोग एवम् प्रशोधन गरी उक्त मूल्यमा बेच्ने गरिएको हो । सुखावती प्रतिष्ठानमार्फत सामाखुसीको टाउनप्लानिङमा पुराना कपडालाई पुनः प्रयोग गर्ने उद्देश्यका साथ उक्त पसल सञ्चालनमा ल्याइएको छ । विभिन्न ११७ वटा सामान पुनः प्रयोग गरी १० देखि एक हजार रूपैयाँसम्म बेच्ने गरेको छ । समाज कल्याण परिषद्मा दर्ता भई शिक्षा र महिला उद्यमशलिता निर्माणका लागि उक्त प्रतिष्ठानले काम गर्दै आएको छ । सुखावती फाउन्डेसनका उपाध्यक्षसमेत रहनुभएका गुरुङले धन कमाएर वा गाढी चढेर मात्र सुख नहुने भन्दै समाजमा केही गरौँ भन्ने उद्देश्यका साथ उक्त प्रतिष्ठान स्थापना गरि समाजसेवा गरेको बताए। तपाईंको पुरानो सामान कसैको लागि नयाँ हुन सक्छ । माया बा...

एसएलसी परीक्षाफल, कुन् ग्रेडमा कति उत्तीर्ण ?

काठमाडौंः परीक्षा नियन्त्रण कार्यालय सानो ठिमी भक्तपुरले २०७२ सालमा सञ्चालित एसलएसली परीक्षाको परीक्षाफल बिहीबार सार्वजनिक गरेको छ ।  परीक्षा नियन्त्रण कार्यालयका अनुसार६१५५५३ जनाले परीक्षा आवेदन फारम भरेकोमा ५ लाख ८८ हजार १ सय ५२ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।  एसएलसीको परीक्षाफल सार्वजनिक जसमध्ये नियमिततर्फ सहभागी ४३७३२६ जना परीक्षार्थी र एक्जाम्टेडतर्फ १५०८२६ परीक्षाफल सार्वजनिक भएको हो ।  परीक्षाफल अनुसार सबैभन्दा धेरै विद्यार्थीहरु १.६ ग्रेड प्वाइन्टदेखि २.० ग्रेड प्वाइन्टमा उत्तीर्ण भएका छन् । यो ग्रेड प्वाइन्ट ल्याएर नियमिततर्फ एक लख ४२ हजार ७८ हजार विद्यार्थी उत्तीर्ण भएका परीक्षा नियण्त्रण कार्यालयले जानकारी दिएको छ ।  एक्जाम्टेडतर्फ पनि सबैभन्दा धेरै १.६ देखि २.० ग्रेड प्वाइन्टसहित ७५ हजार ३ सय ४० जना विद्यार्थी उत्तीर्ण भएका छन् ।