Skip to main content

टाक्सिन्दुमा ठ्रोमा वाङ हुने





टाक्सिन्दु/साउन ६ : टाक्गोन स्येत्डुब थर्लिङ गुम्बा टाक्सिन्दुमा ठ्रोमा वाङ हुनेभएको छ ।  २०७२ साल बैशाख १२ गतेको भुकम्पले स्थगित भएको ठ्रोमा वाङ २०७३ साल आश्विन ८ गतेदेखि १० गतेसम्म हुने भएको छ । २०७३ आश्विन ८ गते शुरु हुने उक्त कार्यक्रम आश्विन १० गते समापन हुने छ । 
सोलुखुम्बुमै पहिलो पटक हुन गईरहेको ठ्रोमा वाङ (क्रोधिकाली अभिषेक) कार्यक्रममा भुटानका दुङ्से गराब दोर्जे रिन्पोछे पाल्नुभई वाङ प्रदान गर्नुहुने छ । 
वाङ कार्यक्रमहरु
आश्विन ८ गते गुम्बाको प्राङ्गणमा नवनिर्मित नयाँ ल्हाबाप् क्ष्योर्तेनको राब्ने, ९ गते पर्दो थोटोलको लुङ र लोङक्ष्येन (च्योद्को वाङ), १० गते ठ्रोमाको वाङ र लुङ प्रदान गर्ने कार्यक्रम रहेको छ । उक्त वाङ कार्यक्रम आयोजना गर्नका लागि काठमाण्डौ अर्थ संकलन समिति र गुम्बाका प्रमुख लामाको उपस्थितिमा बसेको बैठकले गुम्बाका प्रमुख लामा ङवाङ मोन्लमको संयोजकत्वमा १५ सदस्यीय ठ्रोमावाङ व्यवस्थापन समितिको गठन गरिएको छ ।
उक्त समितिमा संयोजक गुम्बाका प्रमुख लामा ङवाङ मोन्लम, सह संयोजकमा बाबु शेर्पा, अध्यक्षमा कुसाङ लामा, प्रथम उपाध्यक्षमा दोर्जी शेर्पा, द्वित्तिय उपाध्यक्षमा गेल्जेन शेर्पा, कोषाध्यक्षमा कर्मा शेर्पा, सचिवमा गेल्जे शेर्पा (खापा), सह सचिबमा पासाङ शेर्पा, सदस्यहरुमा छोङबा लामा शेर्पा, तेण्डी शेर्पा, पासाङ शेर्पा, आङ बाबु शेर्पा, आङ छिरि शेर्पा, दाछिरि शेर्पा, कान्छा लामा शेर्पा रहेका छन् ।
पहिलो पटक हुने ठ्रोमा वाङमा लगभग ३ हजारको सङ्ख्यमा भक्तजनहरु उपस्थिति रहने आयोजक समितिको अनुमान छ ।

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।