साथमा पर्याप्त धन हुँदैमा कोही धनी हुँदैन, संसारका हरेक मानिस धनी छन्, तर आफूसँग भएको धनलाई चिन्नुपर्छ । चिन्नलाई दुरदृष्टि आवश्यक पर्छ, त्यो जो कोहीसँग नहुन सक्छ । परापूर्वकालमा एक व्यक्ति आफ्नो गरिबीको कारण सोध्न महामानव गौतम बुद्धकोमा पुग्यो । भगवान ‘म किन गरीब ?’ भन्ने उसको प्रश्नमा बुद्धले यस्तो जवाफ दिए कि उसको गरिबी एक मिनेट पनि टिकेन । भारतको बोधगयामा बुद्धत्व प्राप्त गरेपछि बुद्ध आफूले प्राप्त गरेको ज्ञान बाँढ्ने अभियानमा थिए । यसैक्रममा एक गाउँमा पुगेपछि उनले सबैलाई भेला परेर आफूले प्राप्त गरेको ज्ञान बाँढ्न थाले । मानिसहरु गौतम बुद्धकोमा आ-आफ्ना दु:ख, पीडा र रोदन लिएर पुग्थे अनि उर्जा र जोशले भरिएर फर्किन्थे । म किन गरीब ? त्यसैक्रममा एक दु:खी व्यक्तिले भगवान बुद्धसँग आफ्नो गरिबीको कारण सोध्न चाह्यो । ऊ हिम्मत गरेर बुद्धको शिविरतर्फ अघि बढ्यो । मानिसहरु पालैसँग एक-एक गरी बुद्धलाई भेटिरहेका थिए । ऊ पनि आफ्नो पालो पर्खिएर लाइनमा बस्यो । भगवान बुद्ध चुपचाप गाउँबासीको समस्या सुन्दै निकै नै शान्त र सालिन भावमा उपदेश दिइरहेका थिए...