सोलुखुम्बु, १५ माघ - सोलुखुम्बुमा गएराति अहिलेसम्मकै सबैभन्दा बढी हिमपात भएको छ। शुक्रबार बिहान करिब १० बजेदेखि पर्न सुुरु भएको हिमपात राति निकै अबेरसम्म जारी रहेको थियो। जिल्लाको खुम्जुङलगायतको माथिल्लो बस्तीमा चार फिटभन्दा बढी हिउँ जमेको छ भने दूधकुण्ड नगरपालिकालगायतको क्षेत्रका डाँडापाखा पनि हिउँले सेताम्मे भएका छन्। यस वर्ष यसअघि पुस महिनाको दोस्रो हप्ता हिउँ परेको भए पनि त्यसबेलाको भन्दा यस पटक बढी हिउँ जमेको छ। हिमपातसँगै जिल्लामा चिसो पनि अत्यधिक बढेको छ। आज बिहान ५ः३० बजे सदरमुकाम सल्लेरीको तापक्रम माइनस ७.२ डिग्री सेल्सियसमा झरेको सल्लेरीस्थित मौसम अवलोकन केन्द्रले जनाएको छ। यस्तै खुम्जुङ भ्यालीको तापक्रम माइनस ११ डिग्री सेल्सियसमा झरेको खुन्दे अस्पताल परिसरमा रहेको तापमापन केन्द्रले जनाएको छ। हिमपातसँगै जिल्लाको हिमाली बस्तीको जनजीवन कष्टकर बनेको छ। रातभर हिउँ परेको भए पनि बिहानैदेखि मौसम सफा भएर घाम लागेका कारण स्थानीय बासिन्दालाई राहत भएको छ। रासस
१ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला । १ धार्नी =२ किलो ३९२ ग्राम । १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम । १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर । १ मिटर =१ गज ० फूट ३.३७ इन्च । १ इन्च =२.५४ सेन्टिमिटर । १ गज =९१.४ सेन्टिमिटर । १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई । १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर । १ पाथी =४ लिटर ५४६ मिलिलिटर । १ माना =५६८ मिलिलिटर १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर । १ आना =३४२.२५ वर्गफूट । १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा । १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा । १ एकड =७.९५ रोपनी । १ कठ्ठा =२० धुर । १ माइल =१.६१ किलोमिटर । १ क्यूफिट =६.२३ पाथी १ ब्यारेल =१४२ लिटर । १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) । ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...
Comments
Post a Comment