Skip to main content

सुत्केरी बचाउन हेलिकप्टरको भर, चौंलाखर्ककी रुद्रमायालाई बोकेर उडेको हेलिकोप्टरमै छोरो जन्मियो, उनको नाम हेलिकोप्टर व्वाई राखियो






















सोलुखुम्बु । गुदेल २ तुमाउ सोलुखुम्बुकी लक्षी राईलाई सुत्केरी व्यथा लाग्दा राती ११ बजे बच्चाको हात निस्कियो, स्वास्थ्य चौकी गुदेलका अहेब रामु केसीले हरसंभव प्रयास गर्दा संभव भएन, बिहानै डेढ लाखमा हेलिकोप्टर चार्टर गरेर काठमाडौं पुर्‍याईयो, अस्पताल पुग्दा बच्चा मरिसकेको रहेछ, अप्रेसन गरेर आमाको ज्यान बच्यो, ६ महिनाको उपचारपछि घर फर्किएकी राई भन्नुहुन्छ – ऋण त लाग्यो तै पनि ज्यान बच्यो, हेलिकोप्टर नआएको भए मर्थे । 
अघिल्लो महिना गुदेल ८ कि बिन्दुमाया राईलाई पनि सुत्केरी व्यथाले च्याप्यो, स्वास्थ्य चौकीमा उपचार संभव नभएपछि हेलिकोप्टरको खोज शुरु भयो, ४ घण्टामा रकम जम्मा गरेर हेलिकोप्टर मगाईयो, काठमाडौंबाट हेलिकोप्टर उडेको आधा घण्टा नभई बिन्दुमायाको ज्यान गयो । अघिल्लो बर्ष छेस्काम ९ कि खामिमाया राईलाई लिन बोलाएको हेलिकोप्टर अबतरण गर्न साथ उनको ज्यान गयो । 
यस्तै चौंलाखर्क ३ की रुद्रमाया खत्रीलाई बोकेर काठमाडौं उडेपछि हेलिकोप्टर भित्रै छोरो जन्मियो, उनको नामै हेलिकोप्टर व्वाई राखियो । यी त उदाहरण मात्र हुन् । दुर्गमका गर्भवती सधैं जोखिममा छन् । बेथाले च्याप्दै लगेपछि हेलिकप्टर चार्टर गर्नुको विकल्प छैन । गाउँमा भरपर्दो प्रसूति सेवा छैन । गर्भ परीक्षण गर्दा सामान्य भनिएका कतिपय महिलामा जटिल खालका समस्या देखिादा सुविधायुक्त अस्पताल लग्नुपर्छ । त्यस्ता अस्पताल नजिक नहुादा सुत्केरीको स्वास्थ्य जहिल्यै जोखिममा पर्ने गरेको छ । ‘हेलिकप्टरबाट राजधानी लगिएकी लक्षीको अवस्था गर्भवती हुादा सामान्य थियो,’ स्वास्थ्यकर्मी रामु केसीले भन्नुभयो, ‘अन्तिम समयमा समस्या देखियो ।’ रगत दिनुपर्ने तथा अप्रेसन गर्नुपर्ने अवस्था आयो भने बिरामी बचाउन नसकिने उहााको अनुभव छ । हेलिकप्टरबाट नलगेको भए उनको ज्यान जान सक्थ्यो, ढिला भएकोले बच्चा त बचाउनै सकिएन । 
सोलुखुम्बुको कोशीपारीका ८ गाविस, डाँडापारीका, ३ गाविस, माथिल्लो क्षेत्रका ५ गाविसमा अझै सडकको पहुाच छैन । केही ठाउामा ट्रयाक खोलिएको भएपनि सहज यात्रा हुँदैन । ति बिकट गाउँमा महिला पुरानै चलन अनुसार झुन्डिएर या थिचिएर सुत्केरी हुादै आएका छन् । केही गाउाका स्वास्थ्य चौकीमा जान्छन् तर त्यहाा सामान्य सुत्केरी भन्दा माथीको सेवा पाईदैन । सकेसम्म बेथा सहन्छन्, धामीझाँक्री तथा सुडेनी प्रयास हुन्छ र धेरै जटिल अवस्था आएमा महागो शुल्क तिरेर हेलिकप्टर चार्टर गर्छन् । एक महिना अघि हेलिकोप्टर चार्टर गरी श्रीमतीलाई काठमाडौं पुर्‍याएर प्रसुती गराएका भकाञ्जेका ल्हाक्पा शेर्पा भन्नुहुन्छ ‘सञ्चार सुविधाले हेलिकप्टर बोलाउन पाइएको छ । तर रकम जम्मा गनृ र भनेको समयमा हेलिकोप्टर मिलाउन पनि निकै समस्या हुन्छ’
दुर्गमका बासिन्दा स्वास्थ्य संस्थामा पुग्न पनि दिनभर लाग्छ, त्यसैले नियमित गर्भ परिक्षण गराउने पनि कमै मात्र हुन्छन् गर्भ परिक्षण गराएपनि भिडियो एक्सरे नभएको कारण जटिलता पत्ता लगाउन सहज छैन, बिरामीको अबस्था अन्तिम भएपछि बाध्यताले ऋण काढेर पनि हेलिकोप्टर चार्टरको बिकल्प रहन्न, जुभिङका रमेश मगर भन्नुहुन्छ – घरमा कोही सुत्केरी हुने छन् भने कम्तिमा २ लाख रुपैयां ऋण गरेरै भएपनि सिरानीमा राख्नुपर्छ, नत्र ज्यान भन्न सकिन्न । 

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।