Skip to main content

महानगरपालिकाको मेयरको तलब ६० हजार, वडा अध्यक्षलाई ३० हजार




स्थानीय तहको निर्वाचनबाट आउने जनप्रतिनिधिले कस्ता सेवा सुविधा तथा तलब भत्ता पाउँलान् ? यस विषयमा धेरैको चासो छ । किनकी करिब एक सातापछि ३४ जिल्लाका २ सय ८३ स्थानीय तहमा प्रमुख र उपप्रमुख र त्यस अन्तरगतका वडाका वडाअध्यक्ष र सदस्यहरु निर्वाचित भएर आउँदैछन् ।


त्यसरी निर्वाचित हुने पदाधिकारीहरुको तलब भत्ता र सुविधाबारे स्थानीय विकास मन्त्रालयले प्रारम्भिक गृहकार्य अघि बढाएको छ । मन्त्रालयले स्थानीय तहका पदाधिकारीहरुलाई प्रस्ताव गरेको सेवा सुविधा अनुसार महानगरपालिकाको मेयरको मासिक तलब ६० हजार र उपमेयरको ५० हजार रुपैयाँ हुनेछ ।

प्रारम्भिक चरणको छलफल भएकाले यो अंकमा केही फेरबदल हुनसक्ने स्थानीय विकास मन्त्रालयका सचिव दिनेश थपलियाले बताए ।

मन्त्रालयले मेयर/उपमेयर तथा गाउँपालिका प्रमुख/उपप्रमुख र वडाअध्यक्षहरुलाई मासिक तलब भत्ताको प्रस्ताव तयार पारेको छ । वडा अध्यक्ष समेत कार्यकारी भूमिकामा रहेकाले मासिक सेवा सुविधाको व्यवस्था गरिएको हो ।

महानगरपालिकाको मेयरको मासिक तलब ६० हजार रुपैयाँ बाहेक अतिरिक्त भत्ता, गाडि सुविधा लगायतका विभिन्न शिर्षकमा थप सुविधा पाउन सक्नेछन् । महानगरपालिकाको उपमेयरको मासिक पारिश्रमिक मात्र ५० हजार रुपैयाँ प्रस्ताव गरिएको छ । उपमेयरलाई पनि गाडी सुविधा र विभिन्न शीर्षकको भत्ताको व्यवस्था प्रस्ताव गरिएको छ ।

यस्तै उपमहानगरपालिकाको मेयरका लागि मासिक ५० हजार प्रस्ताव गरिएको छ । उपमहानगरपालिकाको मेयरले पनि गाडी सुविधा पाउने छन् । यस्तै विभिन्न शीर्षकमा भत्ताको पनि व्यवस्था प्रस्ताव छ । तर कुन शीर्षकको भत्ता कति हुन्छ भन्ने खुलाइएको छैन । यस्तै उपमेयरका लागि ४५ हजार प्रस्ताव गरिएको छ ।

गाउँपालिका प्रमुख र उपप्रमुखलाई गाडी छैन

नगरपालिकाको मेयरका लागि मासिक पारिश्रमिक ४५ हजार र उपमेयरका लागि ४० हजार प्रस्ताव गरिएको छ । यस्तै गाउँपालिका प्रमुखको मासिक तलब ३५ हजार र उपप्रमुखको मासिक तलब ३० हजार रुपैयाँ प्रस्ताव गरिएको छ । मन्त्रालयले प्रारम्भिक गृहकार्यमा गाउँपालिका प्रमुख र उपप्रमुखका लागि भने गाडी सुविधा दिन नसकिने प्रस्ताव गरेको छ ।

वडा अध्यक्षको पारिश्रमिक कति ?

मन्त्रालयले वडा अध्यक्षहरुका लागि पनि फरक-फरक दरको मासिक पारिश्रमिक प्रस्ताव गरेको छ । महानगरपालिकाको वडा अध्यक्षहरुलाई मासिक ३० हजार पारिश्रमिक दिनुपर्ने मन्त्रालयको प्रस्ताव छ ।

यस्तै उपमहानगरपालिका अन्तर्गतका वडा अध्यक्षलाई २५ हजार, नगरपालिका अन्तर्गतका वडा अध्यक्षलाई २० हजार र गाउँपालिका अन्तर्गतका वडा अध्यक्षलाई १५ हजार रुपैयाँ मासिक पारिश्रमिक प्रस्ताव गरेको छ ।

यसअघि कसको तलब कति थियो ?

स्थानीय स्वायत्त शासन ऐन अनुसार २०५६ सालमा महानगर, उपमहानगरका र नगरपालिकाको मेयर तथा उपमेयर र गाविस अध्यक्षको सेवा सुविधा तोकिएको थियो ।

उक्त ऐन अनुसार तत्कालिन महानगरपालिकाका मेयरको तलब ६ हजार ५ सय रुपैयाँ थियो । यसबाहेक गाडी सुविधा र महानगरपालिकाले तोके बमोजिम भत्ताको व्यवस्था हुन्थ्यो । यस्तै उपप्रमुखको तलब ५ हजार ५ सय थियो । उपप्रमुखले पनि गाडी सुविधा र छुट्टै भत्ता पाउथे ।

यस्तै उपमहानगरपालिकाले ५ हजार ५ सय तलब र तोकिए बमोजिम भत्ता र गाडी लगायतका सेवा सुविधा पाउँथे । उपप्रमुखको तलब ४ हजार ५ सय तोकिएको थियो । यसैगरी नगरपालिकाको मेयरको तलब ४ हजार ५ सय र उपमेयरको तलब ३ हजार ५ सय तोकिएको थियो ।

यसैगरी गाविस अध्यक्षको तलब १ हजार ५ सय र उपाध्यक्षको तलब एक हजार रुपैयाँ थियो ।

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना) १८.५*१८.५ (फूट)।  १६ आना =५४७६ (वर्गफूट) १ (रोपनी) ७४*७४ (फूट)। १।४ धुर =४५.५६२५ (वर्गफूट) ६.७५*६.७५ (फूट)।  

How To Manage Blood Pressure Naturally

Reincarnation His Holiness Kyabye Trulshik Rinpoche, welcome And bless us Rinpoche.

Ever since Kyabje Trulsik Rinpoche passed away on September 2nd, 2011, finding his Reincarnation (Yangsi) has been awaited with great hope and deep devotion, especially in the Sherpas & Tibetans Buddhist Nyingma Tradition living in all over the world.  On 29th of May 2018, Saga Dawa day, we are all over joy to hear that His Holiness 4th Dodrupchen Rinpoche, Kyabje Dodrup Thupten Thinley Palbar (one of the most important living masters in the Nyingma and Dzogchen traditions) Chorten Gonpa Monastery, Tadong, Gangtok, Sikkim, India recently made this kind proclamation that a son born to the father, Ngawang Jigdrel Chokyi Wangchuk, the lineage holder of Maratika Lama, and the mother Orgyen Dolma is an Unmistaken Recognition of supreme reincarnation of His Holiness Late Trulshik Rinpoche. The Yangsi arrival at Dzarong Thupten Dongak Choeling Monastery .  June 23rd, 2018, Chewa Chu Ja Pemba The helicopter landed in Monastery helipad around 10:50 AM with Yangsi an