Skip to main content

सगरमाथाको फेदमा चुनावको चहलपहल शून्य

सगरमाथाको फेदमा चहलपहल शून्य





यता सगरमाथा क्षेत्रमा त चुनावी चहलपहल शून्यप्रायः छ । पर्यटकीय सिजन भएकोले यस क्षेत्रका चौरीखर्क, नाम्चे र खुम्जुङमा चुनावी गतिविधि शून्य छ ।
एमालेबाट खुम्बु पासाङ ल्हामु गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार निम दोर्जी शेर्पाले भने, “यहाँका धेरै युवा यतिबेला आधार शिविरमा छन् । घरमा बूढाबूढी र केटाकेटी मात्रै भेटिन्छन् । त्यसैले यतिबेला घरदैलो कार्यक्रमसमेत गर्न सकिंदैन ।”
एकाध ठाउँमा पर्चा टाँसेको भेटिए पनि यस क्षेत्रमा चुनावको अरू गतिविधि देख्न पाइँदैन । आधारशिविर जाँदै गरेका स्थानीय ल्हाक्पा शेर्पाले भने, “अहिले चुनावका बारेमा सोच्न पनि भ्याइँदैन ।” जेठसम्म पर्यटकीय सिजन हुने भएकाले त्यो बेलासम्म यस क्षेत्रमा चुनाव नै नलाग्ने स्थानीयको भनाइ छ ।
माओवादी केन्द्रका खुम्बु पासाङ ल्हामु गाउँपालिका संयोजक नाम्गेल शेर्पाले भने, “सगरमाथा क्षेत्रमा पर्यटकीय सिजन नै नसकिने भएकाले धेरैले यो पटक चुनावमा भोट हाल्न पाउँदैनन् ।”
नेपाली कांग्रेसले चुनावी कार्यक्रम नै शुरू गरेको छैन । “वैशाखको अन्त्यतिरबाट मात्रै शुरू गर्छाैं”, कांग्रेस जिल्ला सभापति विनोद बस्नेतले भने । एमालेले चुनावी सभा गरेर प्रचारलाई निरन्तरता दिइरहेको बताएको छ । एमाले जिल्ला सचिव हर्कबहादुर राई भन्छन्, “वैशाखपछि व्यापक रूपमा प्रचारमा लाग्ने योजना छ ।” नेकपा माओवादी केन्द्रले चाहिँ वडादेखि नगरपालिकासम्मका उम्मेदवारको टुंगो लगाइसकेको छ । जिल्ला सहसंयोजक हिमाल गिरी भन्छन्, “हाम्रो त चुनावी कार्यक्रम ९० प्रतिशत सम्पन्न भइसकेको छ ।”
मतदान केन्द्र पनि पर-पर तोकिएको र त्यहाँ पुग्न ४-५ घण्टासम्म लाग्ने भएकाले पनि सोलुखुम्बुका यस क्षेत्रका मतदातामा चुनावप्रति धेरै उत्साह देखिंदैन । सिसाखोलाका रमेशकुमार मगर भन्छन्, “चुनाव भएकाले युवाहरू त उत्साहित भएर भाग लेलान् तर बूढापाका र बच्चाका आमाहरू यति टाढा पुगेर कसरी भोट हाल्लान् ?”
मतदान केन्द्र टाढा भएकाले वाकु-४ सिबुचेका वृद्धहरूले गएको संविधानसभाको चुनावमा समेत भोट हालेका थिएनन् । यसपटक पनि उनीहरू भोट हाल्न जाने सम्भावना न्यून रहेको नेपाली कांग्रेस गाउँ पार्टी सभापति सबुजित राईले बताए ।
हिमाली जिल्ला, थोरै जनसंख्या र टाढा-टाढा बस्तीहरू भएकाले पनि समस्या भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । यसपटक १० वटा केन्ऽहरू थप गरिए पनि अझै धेरै ठाउँमा समस्या छ ।
सोलुमा ११ वटा दल दर्ता छन् भने १२० वटा मतदान केन्ऽ निर्धारण गरिएको छ । एक नगरपालिकासहित ८ स्थानीय तह छन् । जिल्लामा महिला र पुरुष मतदाता बराबर छन् । महिला ३० हजार ८७२ र पुरुष ३० हजार ८७२ गरी ६१ हजार ७४४ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय सोलुले जनाएको छ ।

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।