Skip to main content

स्थानीय चुनावमा भोट कसरी हाल्ने ? पढ्नुहोस् ध्यानदिनुपर्ने ४ कुरा एक व्यक्तिले ७ जना उम्मेदवारलाई मतदान गर्नुपर्ने




 स्थानीय तहको निर्वाचनमा प्रयोग हुने मतपत्र कस्तो होला ? एकजनाले कति ठाउँमा छाप लगाउनुपर्ला ? यसबारे धेरै मतदाताहरु अझै पनि दुविधामा छन् ।


 निर्वाचनमा कसरी मतदान गर्ने त ? यहाँ केही टिप्सहरु दिइएको छः

१. मतदाता नामावलीमा नाम नभए उजुरी गर्नोस्

सबैभन्दा पहिले तपाईले आफ्नो नाम मतदाता नामावलीमा भए नभएको निश्चित गर्नुपर्ने हुन्छ । तपाईले ०७० को निर्वाचनमा मतदाता परिचय पत्र पाए पनि अहिले लिष्टमा नाम नहुन पनि सक्छ । त्यस्तो भएमा तत्काल निर्वाचन आयोगमा उजुरी दिनुपर्ने हुन्छ ।

यदि तपाईको नाम मतदाता नामावलीमा छ भने अब तपाईले भोट दिन पक्का पाउनु हुनेछ । तर, ०७० सालपछि मात्रै यदि तपाइले फोटोसहितको मतदाता नामावली दर्ता गराउनु भएको थियो भने तपाईको नाम निर्वाचन आयोगको वेभसाइटबाट अहिल्यै हेर्न  सकिन्छ।



२. मतदान केन्द्र हेर्नुस्

निर्वाचन आयोगले मतदाता नामावलीमै तपाईको निर्वाचन केन्द्र तोकेको हुन्छ । तर, अहिले निर्वाचन आयोगको वेभसाइडमा तपाईले भेट्ने मतदाता सूचीमा तपाईको मतदान केन्द्र जुन लेखिएको छ, अब त्यो लागू नहुन सक्छ र फेरिएको पनि हुन सक्छ । त्यो मतदान केन्द्र ०७० सालमा सम्पन्न दोस्रो संविधानसभाका लागि मात्र तोकिएको थियो । अब हुने स्थानीय निर्वाचनका लागि आयोगले मतदान केन्द्रहरु हेरफेर गरेको छ ।

तपाईले नयाँ अद्यावधि गरेको मतदाता नामावलीमा मात्र अगामी निर्वाचनमा तपाईले मतदान गर्ने मतदान केन्द्र तोकिएको हुन्छ । बैशाख ३१ गते तपाइले तोकिएको मतदान केन्द्रमा गएर मात्र मत दिन सक्नुहुनेछ ।

३. भोट कसरी हाल्ने ?

मतदाता नामावलीमा तपाईको नाम निश्चित भएपछि अब तपाईले मतदान कसरी गर्ने भन्ने जान्नुपर्ने हुन्छ । ०६० र ०७० सालको निर्वाचनमा जस्तो तपाईले दुईवटा फरक मतपत्रमा मत दिनुपर्दैन । अब एउटामात्रै मतपत्रबाट आफ्ना उम्मेदवार चयन गर्न सक्नुहुनेछ ।

तपाईले सेतो कागजमा रातो अक्षर प्रिन्ट गरेको मतपत्र पाउनु हुनेछ । त्यसमा २७ वटा दलको पार्टीको चुनाव चिन्ह हुन्छ । सबैभन्दा माथि नेपाली कांग्रेसको चुनाव चिन्ह हुन्छ । दोस्रोमा एमाले र, तेस्रोमा माओवादी केन्द्रको चुनाव चिन्ह हुन्छ ।

२७ नम्बरपछि स्वतन्त्र उम्मेदवारको चुनाव चिन्ह राखिएको हुन्छ । दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवारमध्ये अब तपाईले कसलाई मत दिन चाहेको हो, त्यसलाई मत दिन सक्नुहुन्छ ।

मतपत्रमा क्रमश गाउँपालिका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र चारजना सदस्यको नामहरु क्रमशः हुन्छ । तपाईले आफूले चाहेको उम्मेद्वारलाई मत संकेत गर्न सक्नुहुनेछ ।

तपाईले स्थानीय तहको चुनावमा सात जना उम्मेद्वारका लागि भोट हाल्नुपर्छ । गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र चारजना सदस्यहरु गरी ७ जनालाई भोट दिनुपर्ने हुन्छ । वडा सदस्यहरुमा एकजना दलित महिला उम्मेद्वार, एकजना महिला उम्मेद्वार र तीनजना पुरुष वडा सदस्यलाई भोट हाल्नुपर्छ ।

नगरपालिका वा महानगरपालिकामा पनि त्यसैगरी सात जनालाई नै भोट हाल्नुपर्छ । नगरपालिकाहरुमा मेयर, उपमेयर, वडा अध्यक्ष र चार जना सदस्यहरुलाई भोट हाल्नुपर्छ ।

४. अझै बुझिएन ?

तपाईले मतदान गर्ने तरिका अझै बुझ्नुभएको छैन ? यदि त्यस्तो हो भने चिन्ता गर्नु पर्दैन । निर्वाचन आयोगले चैत २८ गतेदेखि देशभर एकै चोटि कम्तिमा २१ हजार मतदाता शिक्षा स्वयम्सेवक परिचालन गर्दैछ । उनीहरुले तपाईलाई कसरी मतदान गर्ने भन्नेकुरा सिकाउने छन् । ती स्वयम्सेवकसँग नमूना मतपत्र हुनेछ । र, उनीहरुले कसरी मतपत्र लिने र आफ्ना उम्मेदवारहरुलाई भोट दिने कुरा सिकाउनेछन् । यस्तै दलका प्रतिनिधिले समेत यो कुरा सिकाउनेछन् ।

गत ०७० सालको निर्वाचनमा करिब ८ हजारमात्रै मतदाता शिक्षा स्वयम्सेवक परिचालन गरेकोमा निर्वाचन आयोगले यस निर्वाचनका लागि भने कम्तिमा २१ हजार मतदाता शिक्षा स्वयम्सेवक परिचालन गर्न लागेको हो ।

निर्वाचन प्रणालीको कठिनाइ र छोटो समयमा निर्वाचन गर्नुपर्ने भएकाले आयोगले धेरै मतदाता शिक्षा स्वयम्सेवक परिचालन गरि मतदाता शिक्षा प्रभावकारी बनाउने रणनीति बनाएको हो ।

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।