Skip to main content

Posts

जुनको चिन्ह ।

सोलु, जुनबेसी गाउँदेखि केही माथि बाटो छेऊको ढुंगामा रहेको जुनको चिन्ह  ।   तस्बिरः  Ser Sher

हिउँमा पदयात्रा

सोलुखुम्बुको मेरा पीक (६४६५ मिटर)मा पदयात्रा पथ प्रदर्शकलाई स्की तथा स्नोबोर्डिङ सम्बन्धी तालिम दिँदै जर्मनी प्रशिक्षक जुलीयस सेईडेन्डर । तस्बिरः सौजन्य जुलीयस/रासस

Solukhumbu

Solukhumbu Location: Sagarmatha Zone/Eastern Development Region Headquarter: Salleri Area: 3,312km2 Locals: Rais, Sherpas, Chheti, Language Spoken : Nepali, Sherpa, Tibetan Connectivity: Roadways:  Yet to be connected by Road network Airport: 3 Airports regularly connected to Kathmandu          1.Tenzing-Hillary Airport(Lukla Airport)          2. Syangboche Airport          3. Phaplu Airport Attractions: Natural Heritages Mount Everest within Sagarmatha National Park is listed as World Natural heritage Site by UNESCO Other mountains within the district are Nuptse, Tawache, Lhotse, Amadablam, Kangtenge, Thamsherku Nangpa La pass Sagarmatha National Park Khumbu Glacier Amazing views of the Sunrise and Sunset over the mountains from Tyangboche Monastery  Cultural/Religious Heritages: Thyangboche Monastery Khumjung Monastery has the skull of a...

सोलुखुम्बु पिके डाँडा

पिके डाँडा पिके डाँडा मुख्यतया पर्वतीय पर्यटन गर्न नसक्ने पर्यटकहरूका लागि अति महत्वपूर्ण चुचुरोको रुपमा अवस्थित छ । यस स्थानमा गोले पिके र च्यावा पिके नामक दुई डाँडा रहेका छन् । पूर्व र पश्चिम जोडी मिलाए झैं उभिएको पिके १३,५०० फिटको उचाइमा रहेका छन् ।  यहाँ धुपी र सुनपातीको गन्धले आदत बसेका मानिसहरूलाई बाहेक नवागन्तुकहरूलाई लेक लाग्ने सम्भावना बढी हुन्छ । यो पिकेको नामाकरण शेर्पा जातिको १६ थर मध्ये दुई थरको नामबाट राखिएको देखिन्छ । शेर्पाहरू परापूर्व कालमा विशेषतया पशुपालन गर्ने गर्थे । यस क्रममा पशुपालनको निम्ति खर्कको आवश्यकता पर्ने भएकाले पश्चिमतिरको खर्क गोलेको भागमा र पूर्वतिरको खर्क च्यावाको भागमा परेकाले पहिचानको लागि आ–आफ्नो थरको नामबाट नामाकरण गरिएको हो भन्ने किम्वदन्ती रहेको छ । यहाँ श्रावण संक्रान्तिको दिन ठूलो मेला लाग्दछ । धार्मिक दृष्टिकोणले पूर्वको च्यावा पिकेलाई पिके ल्हाप्चेन कर्वु नामले कुलपूजा गर्ने चलन छ । पश्चिमतिरको गोले पिकेको टुप्पोमा पूजापाठ गर्न टहरो बनाउन खोज्दा एउटा अदृश्य व्यक्तिले अलि तल बनाउ यहाँ मेरो शिरमा होइन भन्ने आदेश भयो र पछि ...

बडा दशैं-२०७३ को शुभकामना

बडा दशैं-२०७३ को शुभकामना असत्यमाथि सत्यको विजयोत्सवको रूपमा परापुर्वकालदेखि हिन्दु धर्म र संस्कृतिका अनुयायीहरूले मनाउँदै आएको महान पर्व बडादशैंको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पुर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । भगवतीले दानवी शक्तिमाथी र रामले रावणमाथी विजय हासिल गरेको खुसीयालीमा मनाईने यो पर्वले प्रत्येक व्यक्तिलाई सत्य र न्यायको पक्षमा वीरता प्रदर्शन गर्न साहस मिलोस भन्ने कामना गर्दछु । यसैगरी दशैंलाई जाँड, रक्सी, जुवातास जस्ता कुलत र अनावश्यक तडक–भडकयुक्त विकृति सहित नमनाई पारिवारिक तथा सामाजिक पुनर्मिलन, आपसी भाइचारा र सदभाव अभिवृद्धि गर्ने अवसरको रुपमा लिई मनाउन हुन समेत आह्वान गर्न चाहन्छु। साथै यस महान पर्वमा दुर्गा भवानीको कृपाले स्वदेश तथा विदेशमा बस्नुहुने सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा सु:ख, शान्ति र समृद्धि हासिल होस भनि शुभेक्षा समेत ब्यक्त गर्दछु ।

पाकिस्तानले भारतमा न्यूक्लियर बम हाने कति मानिसले ज्यान गुमाउलान् ?

एजेन्सी । उरी आक्रमण पश्चात भारत पाकिस्तान संभावित युद्ध हुने विभिन्न संकेतहरु देखिएका छन् । बिहिबार र शुक्रबार भारतका तर्फबाट पाकिस्तानतर्फ गोलाबारी भएको र केही आतंकवादीहरु समेत मारीएको भारतीय मिडियाले जनाइरहेका छन् । अन्तराष्ट्रिय मिडियाका अनुसार भारतीय सेनाले पाकिस्तानी भुमीमा पसेर सर्जीकल स्ट्राइक गरेको समेत बताइरहेका छन् । भारतीय सेना पाकिस्तानी भुमीमा प्रवेश गरेपछि पाकिस्तानी सेनाले समेत जवाफी कारवाहीका आफ्ना सेनालाई अर्लट गराइराखेको बुझिन्छ । अब भारत र पाकिस्तानका बिच यतिका बिधि युद्धको कुरा नै अगाडी बढीसकेपछि कुरा आउँछ न्यूक्लियर बमको । तर यो कल्पनाको कुरा भएपनि यदि न्यूक्लियर बम नै हान्ने अवस्था आएको खण्डमा यसले ठूलो विपत्ति नै निम्त्याउनेछ । nukemap नामक वेभसाइटले प्रश्न गर्दै भनेको छ त्यउस्तो भयो भने कति मानिसको ज्यान जाला ? त्यस्तो अशान्तिको अवस्था तर्फ भारत पाकिस्तान कसैले पनि सोच्न नहुने उक्त वेभसाइटले उल्लेख गरेको छ । वेभसाइटले प्रश्न गर्दै भनेको छ सिरियाको राजधानी दमासकसमा न्यूक्लियर बम खसेको खण्डमा कति मानिसको ज्यान जाला ? त्...

चीनले ब्रह्मपुत्रको पानी रोक्योः भारत र बंगलादेशमा पानीको संकट

एजेन्सीः भारत र पाकिस्तानबीच विवाद चर्कदै गर्दा चीनले जलविद्युत परियोजनाका निम्ति ब्रह्मपुत्रको एक सहायक नदीको पानी रोकेको छ । चीनले बाँध बनाएर ब्रह्मपुत्रको पानी रोकेर जलविद्युतसँगै सिंचाईमा समेत प्रयोग गर्ने बताएको छ । चीनको यो निर्णयले भारत र बंगलादेशमा पानीको हाहाकार हुने देखिएको छ ।  चीनबाट बग्ने ब्रह्मपुत्र नदी भारतको अरुणाञ्चल प्रदेश र असम हुँदै बंगलादेशसम्म पुग्छ । यो जलविद्युत परियोजना चीनको सबैभन्दा महंगो परियोजना हो । चीनले बाँध बनाएर ब्रह्मपुत्रको पानी रोकेर जलविद्युतसँगै सिँचाईमा समेत प्रयोग गर्ने बताएको छ । चीनको यो निर्णयले भारत र बंगलादेशमा पानीको हाहाकार हुने देखिएको हाे । चीनले यो नदी रोकेमा बंगलादेश र भारतका लाखौं मानिसको पानीको स्रोत बन्द हुने छ । चीनबाट बग्ने ब्रह्मपुत्र नदी भारतको अरुणाचल प्रदेश र असम हुँदै बंगलादेशसम्म पुग्छ । यो जलविद्युत् परियोजना चीनको सबैभन्दा महँगो परियोजना हो। शनिबार चीनको सरकारी समाचार एजेन्सीले सन् २०१४ देखि सुरु भएको चीनकै सबैभन्दा महँगो यो परियोजना सन् २०१९ मा निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको सार्वजनिक गरेको छ । य...