Skip to main content

सोलुखुम्बु पिके डाँडा

पिके डाँडा


पिके डाँडा मुख्यतया पर्वतीय पर्यटन गर्न नसक्ने पर्यटकहरूका लागि अति महत्वपूर्ण चुचुरोको रुपमा अवस्थित छ । यस स्थानमा गोले पिके र च्यावा पिके नामक दुई डाँडा रहेका छन् । पूर्व र पश्चिम जोडी मिलाए झैं उभिएको पिके १३,५०० फिटको उचाइमा रहेका छन् । 

यहाँ धुपी र सुनपातीको गन्धले आदत बसेका मानिसहरूलाई बाहेक नवागन्तुकहरूलाई लेक लाग्ने सम्भावना बढी हुन्छ । यो पिकेको नामाकरण शेर्पा जातिको १६ थर मध्ये दुई थरको नामबाट राखिएको देखिन्छ । शेर्पाहरू परापूर्व कालमा विशेषतया पशुपालन गर्ने गर्थे । यस क्रममा पशुपालनको निम्ति खर्कको आवश्यकता पर्ने भएकाले पश्चिमतिरको खर्क गोलेको भागमा र पूर्वतिरको खर्क च्यावाको भागमा परेकाले पहिचानको लागि आ–आफ्नो थरको नामबाट नामाकरण गरिएको हो भन्ने किम्वदन्ती रहेको छ । यहाँ श्रावण संक्रान्तिको दिन ठूलो मेला लाग्दछ ।

धार्मिक दृष्टिकोणले पूर्वको च्यावा पिकेलाई पिके ल्हाप्चेन कर्वु नामले कुलपूजा गर्ने चलन छ । पश्चिमतिरको गोले पिकेको टुप्पोमा पूजापाठ गर्न टहरो बनाउन खोज्दा एउटा अदृश्य व्यक्तिले अलि तल बनाउ यहाँ मेरो शिरमा होइन भन्ने आदेश भयो र पछि त्यहाँ भयङ्कर अजिङ्गर निस्केको किम्वदन्ती छ । अद्यावधि यहाँ पूजा गर्दा घिउको याक आकारको स्वरुप बनाएर पूजा गर्ने चलन छ । यहाँ प्रत्येक वर्ष श्रावण पूर्णिमाको दिन पूजापाठ गरिन्छ । 

धार्मिक पर्यटक तथा दृश्यावलोकन गर्ने पर्यटकहरूका लागि यो डाँडासम्म पुग्न जिरीबाट चौंलाखर्क–ङउर–पिकेडाँडा, झाप्रे गुम्वा, पत्ताले पर्यटन पदमार्ग निर्माण भएको छ भने अर्को बाटो पिकेबाट पाँचपोखरी– ठो हुँदै तामाखानी– फाप्लुसम्म पनि पर्यटन पदमार्ग निर्माण सम्पन्न भएको छ । यस जिल्लाको सदरमुकाम सल्लेरीदेखि उत्तर पश्चिममा अवस्थित पेके डाँडा सूर्योदयको र सूर्यास्तको मनमोहक दृश्यावलोकन गर्नको लागि प्रसिद्ध छ । यसको अलावा यहाँबाट सगरमाथा लगायत मकालुदेखि अन्नपूर्ण हिमश्रृंखलासम्मको मनमोहक दृश्य देख्न सकिनुका साथै दुर्विनको सहायताबाट काठमाडौं उपत्यका वरिपरिका डाँडाहरू तथा तराईको समथर मैदान समेत देख्न सकिन्छ ।

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना) १८.५*१८.५ (फूट)।  १६ आना =५४७६ (वर्गफूट) १ (रोपनी) ७४*७४ (फूट)। १।४ धुर =४५.५६२५ (वर्गफूट) ६.७५*६.७५ (फूट)।  

How To Manage Blood Pressure Naturally

Reincarnation His Holiness Kyabye Trulshik Rinpoche, welcome And bless us Rinpoche.

Ever since Kyabje Trulsik Rinpoche passed away on September 2nd, 2011, finding his Reincarnation (Yangsi) has been awaited with great hope and deep devotion, especially in the Sherpas & Tibetans Buddhist Nyingma Tradition living in all over the world.  On 29th of May 2018, Saga Dawa day, we are all over joy to hear that His Holiness 4th Dodrupchen Rinpoche, Kyabje Dodrup Thupten Thinley Palbar (one of the most important living masters in the Nyingma and Dzogchen traditions) Chorten Gonpa Monastery, Tadong, Gangtok, Sikkim, India recently made this kind proclamation that a son born to the father, Ngawang Jigdrel Chokyi Wangchuk, the lineage holder of Maratika Lama, and the mother Orgyen Dolma is an Unmistaken Recognition of supreme reincarnation of His Holiness Late Trulshik Rinpoche. The Yangsi arrival at Dzarong Thupten Dongak Choeling Monastery .  June 23rd, 2018, Chewa Chu Ja Pemba The helicopter landed in Monastery helipad around 10:50 AM with Yangsi an