एजेन्सी । उरी आक्रमण पश्चात भारत पाकिस्तान संभावित युद्ध हुने विभिन्न संकेतहरु देखिएका छन् । बिहिबार र शुक्रबार भारतका तर्फबाट पाकिस्तानतर्फ गोलाबारी भएको र केही आतंकवादीहरु समेत मारीएको भारतीय मिडियाले जनाइरहेका छन् । अन्तराष्ट्रिय मिडियाका अनुसार भारतीय सेनाले पाकिस्तानी भुमीमा पसेर सर्जीकल स्ट्राइक गरेको समेत बताइरहेका छन् । भारतीय सेना पाकिस्तानी भुमीमा प्रवेश गरेपछि पाकिस्तानी सेनाले समेत जवाफी कारवाहीका आफ्ना सेनालाई अर्लट गराइराखेको बुझिन्छ ।
अब भारत र पाकिस्तानका बिच यतिका बिधि युद्धको कुरा नै अगाडी बढीसकेपछि कुरा आउँछ न्यूक्लियर बमको । तर यो कल्पनाको कुरा भएपनि यदि न्यूक्लियर बम नै हान्ने अवस्था आएको खण्डमा यसले ठूलो विपत्ति नै निम्त्याउनेछ । nukemap नामक वेभसाइटले प्रश्न गर्दै भनेको छ त्यउस्तो भयो भने कति मानिसको ज्यान जाला ? त्यस्तो अशान्तिको अवस्था तर्फ भारत पाकिस्तान कसैले पनि सोच्न नहुने उक्त वेभसाइटले उल्लेख गरेको छ ।
वेभसाइटले प्रश्न गर्दै भनेको छ सिरियाको राजधानी दमासकसमा न्यूक्लियर बम खसेको खण्डमा कति मानिसको ज्यान जाला ?
त्यस्तै पाकिस्तानको इस्लामावादमा न्यूक्लियर बम खसे के हुन्छ ?
भारतको राजधानी नयाँ दिल्लीमा न्यूक्लियर बम खसे के हुन्छ ?
त्यस्तै अमेरिाको न्यूयोर्कमा न्यूक्लियर बम खसे के हुन्छ ?
यद्यपी यि कुराहरु अहिले एक उपकल्पनामा आधारित भएपनि वास्तवमा यो कुरा यर्थाथमा लागू गर्न कसैले आँट्ने छैनन् । यदी कसैले मति छाडेर दुश्मनी पछि पनि दुश्मनी नै खोज्दै हिँड्न थालेको खण्डमा त्यसपछि निम्तिने दुर्दशा कुनै अंकमा गन्न सकिने छैन होला ?
तपाईको प्रतिक्रिया
Comments
Post a Comment