Skip to main content

Posts

Featured

सगरमाथाको फेदमा चुनावको चहलपहल शून्य

सगरमाथाको फेदमा चहलपहल शून्य





यता सगरमाथा क्षेत्रमा त चुनावी चहलपहल शून्यप्रायः छ । पर्यटकीय सिजन भएकोले यस क्षेत्रका चौरीखर्क, नाम्चे र खुम्जुङमा चुनावी गतिविधि शून्य छ । एमालेबाट खुम्बु पासाङ ल्हामु गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार निम दोर्जी शेर्पाले भने, “यहाँका धेरै युवा यतिबेला आधार शिविरमा छन् । घरमा बूढाबूढी र केटाकेटी मात्रै भेटिन्छन् । त्यसैले यतिबेला घरदैलो कार्यक्रमसमेत गर्न सकिंदैन ।” एकाध ठाउँमा पर्चा टाँसेको भेटिए पनि यस क्षेत्रमा चुनावको अरू गतिविधि देख्न पाइँदैन । आधारशिविर जाँदै गरेका स्थानीय ल्हाक्पा शेर्पाले भने, “अहिले चुनावका बारेमा सोच्न पनि भ्याइँदैन ।” जेठसम्म पर्यटकीय सिजन हुने भएकाले त्यो बेलासम्म यस क्षेत्रमा चुनाव नै नलाग्ने स्थानीयको भनाइ छ । माओवादी केन्द्रका खुम्बु पासाङ ल्हामु गाउँपालिका संयोजक नाम्गेल शेर्पाले भने, “सगरमाथा क्षेत्रमा पर्यटकीय सिजन नै नसकिने भएकाले धेरैले यो पटक चुनावमा भोट हाल्न पाउँदैनन् ।” नेपाली कांग्रेसले चुनावी कार्यक्रम नै शुरू गरेको छैन । “वैशाखको अन्त्यतिरबाट मात्रै शुरू गर्छाैं”, कांग्रेस जिल्ला सभापति विनोद बस्नेतले भने । …

Latest Posts

महानगरपालिकाको मेयरको तलब ६० हजार, वडा अध्यक्षलाई ३० हजार

'४७ दिनदेखि हराई रहेका ताईवानी जोडीलाई यसरी फेला पारें' [भिडियो सहित]

मतदाता शिक्षा स्थगित, मतदान अधिकृत फर्किए

मेयर बन्न 'ग्रिनकार्ड' त्याग

पाँच दशकदेखि बाटो खन्दै

प्रधानमन्त्रीभन्दा बलिया उम्मेदवार छान्न र घोषणापत्र लेख्न सघाऔंः बालानन्द पौडेल

तपाईंले चुन्ने वडा अध्यक्षले केके गर्न सक्छन? हेर्नुहोस् वडा कार्यालयको काम,कर्तव्य र अधिकार

सगरमाथा फेदीमा सर्वाधिक राशीको भलिबल प्रतियोगिता

तिङलाबासीको आन्दोलनले सोलुमा यातायात ठप्प

सल्लेरीमा तिंगलाबासीको व्यापक प्रदर्शन