Skip to main content

शेयर बजारमा लगानी गर्न यी कुरा जानि राखौं


सामान्यतया पुँजी बजारलाई प्रभावपार्ने बिभिन्न फण्डामेन्टल तथा प्राबिधीक पक्षहरु हुन्छन । तर नेपाली पुँजी बजारलाइ प्रायगरी लगानीकर्ताहरुको मनसायले प्रभाव पार्ने गरेको देखिन्छ । त्यसो त कुनैपनि समाचार वा नयाँ नीतिले लगानीकर्ताको मनसायमा पर्ने प्रभावको आधारमा नै पजी बजारमा उतारचढाव आउने गर्दछ । शेयर बजारमा खरिदकर्ता र बिक्रेता बिचको मोलमोलाईका कारण नै कुनै पनि कम्पनीको शेयरको मूल्य निर्धारण हुन्छ ।

जति बेला पनि शेयर बजार बढ्ने क्रममा हुन्छ त्यतिबेला धेरै नयाँ लगानीकर्ताहरु पुजी बजारमा लगानी गर्न प्रवेश गर्दछन् । उनीहरु अब बजार बढ्छ रे भन्नेजस्ता होहल्लाको भरमा बजारमा प्रवेश गर्ने गर्दछन् र जस्को फलस्वरुप उनीहरुको लगानी अलिक जोखिमपूर्ण बन्न पुग्छ ।

एकैछिन अध्ययन गरौं शेयर बजारमा लगानी गर्दा ध्यान दिनुपर्ने कुराहरु :

१. संचालक तथा व्यवस्थापन

संचालक समितिको नीति र निर्णयले नै कम्पनीको भविष्य निर्धारित गर्दछ । संचालकहरुको कार्यदक्षता र कार्यप्रणालीले नै कम्पनीको सबलता र सक्षमतालाई झल्काँउदछ ।  संचालक समितिको गलत निर्णय होस् या सही निर्णयलाई कार्यान्वयन गर्ने असक्षम व्यवस्थापनले कम्पनीलाई दुर्गति तर्फ लैजान्छ । त्यसैले लगानी गर्नुपूर्व कुनैपनि कम्पनीको संचालक समिति र व्यवस्थापन कस्तो छ सोको राम्रोसँग अध्ययन गर्नुपर्दछ ।

२. कम्पनीको पुँजी अवस्था

कुनैपनि कम्पनीको पुँजीले पनि कम्पनीको अवस्था झल्काउँदछ । प्रायः धेरैजसो कम्पनीहरुको पुजी पर्याप्त हुदैन । थोरै पुँजीबाट सुरु गरिएको संस्थामा कम्पनी संचालन गर्न र व्यापार वृद्धिमा समस्या देखा परिरहेको हुन्छ । तसर्थ लगानीकर्ताहरुले कम्पनीको पुँजीको पर्याप्ततालाई पनि राम्रोसँग अध्ययन गर्नुपर्छ ।

३. जगेडा कोष

आकस्मिक अवस्थाको लागि भनेर हरेक कम्पनीले आफ्नो जगेडा कोष स्थापना गरेको हुन्छ । कुनै पनि गम्भीर अवस्थामा पुगेमा वा समस्या परेको बेलामा कम्पनीले यस्तो कोषमा राखेको रकम प्रयोग गर्ने गर्छन । हरेक आर्थिक बर्षको खुद मुनाफाबाट कम्पनीहरुले केहि प्रतिशत रकम जगेडा कोषमा जम्मा गर्दछन । तसर्थ जगेडा कोष जति ठुलो र बलियो भयो त्यसता कम्पनीहरुलाई राम्रो मानिन्छ । लगानीकर्ताहरुले लगानी गर्दा पर्याप्त जगेडा कोष भएको कम्पनी छान्नु उत्तम हुन्छ ।

४. कम्पनीको लगानी तथा कार्यक्रमिक योजनाहरु  

कम्पनीहरु आफैले पनि राम्रो प्रतिफलको निमित्त लगानी गरेका हुन्छन । त्यस्ता लगानी बापत कम्पनीको प्रतिफलको बृद्धि कस्तो भएको छ ? कम्पनीले लामो समयसम्म आफ्नो लगानी मार्फत खुद मुनाफामा वृद्धि गर्न कस्ता योजनाहरु तर्जुमा गरेको छ ? कम्पनीले लगानी गरेको क्षेत्र कतिको सुरक्षित र फलदायी छ ? त्यो बारे पनि जानकारी हुनुपर्छ ।

बैंक तथा बित्तिय संस्थाहरुको सन्दर्भमा यस्ता संस्थाहरुले कर्जा लगानी गरेका हुन्छन । कुनै पनि बैंक वा बित्तिय संस्थाले कर्जा के को आधारमा लगानी गरेको छ ? त्यो कत्तिको शुरक्षित छ ? उक्त कर्जा लगानी सहजतापुर्वक रिकभर हुन्छ कि हुन्न ? कस्तो प्रोफाईलको प्रोजेक्ट वा व्यक्तिमा लगानी गरेको छ ? कर्जा निश्कासन बापत राखेको धरौटी कस्तो छ ? आदी जस्ता कुराहरुमा लगानीकर्ताहरु समेतले चाखपुर्वक अध्ययन गर्नुपर्दछ ।  कर्जाबाट हुने आम्दानीले सिधा खुद ब्याज आम्दानीमा असर गर्ने हुनाले यसको शेयर मुल्यमा पनि प्रभाव पर्ने हुँदा लगानीकर्ता यसमा चनाखो हुनु पर्दछ ।

५. संचालन मुनाफा

कुनैपनि कम्पनी, बैंक, बित्त वा संस्थाले ब्यापारबाट कमाएको नाफालाई नै संचालन मुनाफा भनिन्छ । संचालन मुनाफाबाट कम्पनीको कार्य कौशलता र दक्षतालाइ झल्काउँदछ ।   कम्पनीले जति धेरै संचालन मुनाफा कमायो त्यति नै धेरै कम्पनी तथा लगानीकर्तालाई फाइदा हुन्छ ।  यदि संचालन मुनाफामा गिरावट भयो भने संस्थाको ब्यापार वृद्धि गर्न र शेयरधनीहरुलाई उचित प्रतिफल दिन समस्या पर्दछ । संचालन मुनाफा भन्दा बाहिरबाट आउने मुनाफा क्षणिक र जोखिम पुर्ण हुन्छ त्यसको कुनै भर हँुदैन । संचालन मुनाफा आफ्नो कोर कामबाट कमाउने मुनाफा हो ।

६. खुद मुनाफा

कम्पनीको एक बर्षको कमाइबाट जगेडा कोषका लागि रकम छुट्टयाएर ब्याज र कर तिरिसकेपछि आर्जन गरेको नाफालाई खुद मुनाफा भनिन्छ । सोहि मुनाफाबाट कम्पनीले आफ्ना शेयरधनीहरुलाई बोनस र नगद लाभांश दिने गर्छ । कम्पनीले जति धेरै खुद मुनाफा गर्यो त्यति नै धेरै आफ्ना शेयरधनीहरुलाई पनि प्रतिफल दिन सक्छ । त्यसैले लगानीकर्ताले शेयरमा लगानी गर्दा कम्पनीको अघिल्ला बर्षहरुको बार्षिक खुद मुनाफाको अवस्था तथा ट्रेण्डको पनि गहिरो अध्ययन गर्नुपर्दछ ।

६. प्रतिशेयर आम्दानी (ईपीएस)

कम्पनीले आफ्नो खुद मुनाफाबाट शेयरधनीहरुलाई एक शेयर बराबर केहि रुपैया प्रतिफल दिने भनेर निर्धारित गरेको रकमलाई नै प्रति शेयर आम्दानी भनिन्छ । उच्च प्रतिफल दिने कम्पनीको शेयरमा प्राय लगानीकर्ता आकर्षित हुन्छन ।  प्रतिशेयर आम्दानीलाई रुपैयामा गणना गरिन्छ । लगानीकर्ताले शेयरमा लगानी गर्दा कम्पनीको ऐतिहासिक र बर्तमान प्रतिशेयर आम्दानीको अवस्थालाई अध्ययन गरेर मात्र लगानी निर्णय लिनुपर्दछ ।
७. प्रति शेयर नेटवोर्थ

कुनै पनि कम्पनी, बैंक, बित्त वा संस्था यदी दामाशायी भयो भने कम्पनीका शेयरधनीहरुले एक कित्ता बराबर कति रुपैया पाउँछन भनि गरिने गणनालाई प्रति शेयर नेट वोर्थ भनिन्छ ।  प्रति शेयर नेटवर्थ जति धेरै भयो त्यति नै कम्पनी राम्रो मानिन्छ । तसर्थ लगानीकर्ताहरुले लगानी गर्दा प्रतिशेयर नेटवर्थ बढि भएको वा नेटवर्थको ट्रेण्ड बढ्दै गएको कम्पनी छनौट गर्नुपर्दछ ।

८. मूल्य आम्दानी अनुपात (पीइ रेसिओ)

कुनै कम्पनीको शेयर खरिद गर्नु अगावै त्यस कम्पनीमा आफुले कति गुणा धेरैले पैसा लगानी गर्नु हुदैछ भन्ने कुरा मूल्य आम्दानी अनुपातले बताउँछ । यो पनि एउटा आधारभूत बिशलेषण गर्ने औजार हो । यस औजारले दुइ वा दुइ भन्दा बढी कम्पनीलाई दाजेर उचित मूल्यमा सस्तो र उत्तम प्रतिफल दिने कम्पनी रोज्न सिकाउँछ ।

उदहारणका लागि कम्पनी “क’’ र “ख’’ दुवैको मूल्य आम्दानी अनुपात र त्यसबाट प्राप्त हुने प्रतिफल एउटै छ । कम्पनी “क’’ को शेयर मूल्य रु. ४०० र “ख’’ को ४५० छ भने कम्पनी “क’’ खरिद गर्नु उचित हुन्छ । किनभने ४०० रुपैयाँमा खरिद गरेको शेयरबाट पनि ४५० रुपैयाँमा खरिद गरेको शेयरको जति नै प्रतिफल प्राप्त हुन्छ भने बढि लगानी गर्नु उचित हुँदैन ।

यी माथी उल्लेख गरिएका अतिरिक्त बजार सुचनाहरु, संचार माध्यमबाट प्राप्त हुने जानकारीहरु, नीति निर्णयका तहमा भईरहेका गतिबिधीहरुको नियमित अपडेटबाट मात्र शेयर बजारमा लगानी गर्नु उत्तम हुन्छ ।


Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।