Skip to main content

शेयर बजारमा लगानी गर्न यी कुरा जानि राखौं


सामान्यतया पुँजी बजारलाई प्रभावपार्ने बिभिन्न फण्डामेन्टल तथा प्राबिधीक पक्षहरु हुन्छन । तर नेपाली पुँजी बजारलाइ प्रायगरी लगानीकर्ताहरुको मनसायले प्रभाव पार्ने गरेको देखिन्छ । त्यसो त कुनैपनि समाचार वा नयाँ नीतिले लगानीकर्ताको मनसायमा पर्ने प्रभावको आधारमा नै पजी बजारमा उतारचढाव आउने गर्दछ । शेयर बजारमा खरिदकर्ता र बिक्रेता बिचको मोलमोलाईका कारण नै कुनै पनि कम्पनीको शेयरको मूल्य निर्धारण हुन्छ ।

जति बेला पनि शेयर बजार बढ्ने क्रममा हुन्छ त्यतिबेला धेरै नयाँ लगानीकर्ताहरु पुजी बजारमा लगानी गर्न प्रवेश गर्दछन् । उनीहरु अब बजार बढ्छ रे भन्नेजस्ता होहल्लाको भरमा बजारमा प्रवेश गर्ने गर्दछन् र जस्को फलस्वरुप उनीहरुको लगानी अलिक जोखिमपूर्ण बन्न पुग्छ ।

एकैछिन अध्ययन गरौं शेयर बजारमा लगानी गर्दा ध्यान दिनुपर्ने कुराहरु :

१. संचालक तथा व्यवस्थापन

संचालक समितिको नीति र निर्णयले नै कम्पनीको भविष्य निर्धारित गर्दछ । संचालकहरुको कार्यदक्षता र कार्यप्रणालीले नै कम्पनीको सबलता र सक्षमतालाई झल्काँउदछ ।  संचालक समितिको गलत निर्णय होस् या सही निर्णयलाई कार्यान्वयन गर्ने असक्षम व्यवस्थापनले कम्पनीलाई दुर्गति तर्फ लैजान्छ । त्यसैले लगानी गर्नुपूर्व कुनैपनि कम्पनीको संचालक समिति र व्यवस्थापन कस्तो छ सोको राम्रोसँग अध्ययन गर्नुपर्दछ ।

२. कम्पनीको पुँजी अवस्था

कुनैपनि कम्पनीको पुँजीले पनि कम्पनीको अवस्था झल्काउँदछ । प्रायः धेरैजसो कम्पनीहरुको पुजी पर्याप्त हुदैन । थोरै पुँजीबाट सुरु गरिएको संस्थामा कम्पनी संचालन गर्न र व्यापार वृद्धिमा समस्या देखा परिरहेको हुन्छ । तसर्थ लगानीकर्ताहरुले कम्पनीको पुँजीको पर्याप्ततालाई पनि राम्रोसँग अध्ययन गर्नुपर्छ ।

३. जगेडा कोष

आकस्मिक अवस्थाको लागि भनेर हरेक कम्पनीले आफ्नो जगेडा कोष स्थापना गरेको हुन्छ । कुनै पनि गम्भीर अवस्थामा पुगेमा वा समस्या परेको बेलामा कम्पनीले यस्तो कोषमा राखेको रकम प्रयोग गर्ने गर्छन । हरेक आर्थिक बर्षको खुद मुनाफाबाट कम्पनीहरुले केहि प्रतिशत रकम जगेडा कोषमा जम्मा गर्दछन । तसर्थ जगेडा कोष जति ठुलो र बलियो भयो त्यसता कम्पनीहरुलाई राम्रो मानिन्छ । लगानीकर्ताहरुले लगानी गर्दा पर्याप्त जगेडा कोष भएको कम्पनी छान्नु उत्तम हुन्छ ।

४. कम्पनीको लगानी तथा कार्यक्रमिक योजनाहरु  

कम्पनीहरु आफैले पनि राम्रो प्रतिफलको निमित्त लगानी गरेका हुन्छन । त्यस्ता लगानी बापत कम्पनीको प्रतिफलको बृद्धि कस्तो भएको छ ? कम्पनीले लामो समयसम्म आफ्नो लगानी मार्फत खुद मुनाफामा वृद्धि गर्न कस्ता योजनाहरु तर्जुमा गरेको छ ? कम्पनीले लगानी गरेको क्षेत्र कतिको सुरक्षित र फलदायी छ ? त्यो बारे पनि जानकारी हुनुपर्छ ।

बैंक तथा बित्तिय संस्थाहरुको सन्दर्भमा यस्ता संस्थाहरुले कर्जा लगानी गरेका हुन्छन । कुनै पनि बैंक वा बित्तिय संस्थाले कर्जा के को आधारमा लगानी गरेको छ ? त्यो कत्तिको शुरक्षित छ ? उक्त कर्जा लगानी सहजतापुर्वक रिकभर हुन्छ कि हुन्न ? कस्तो प्रोफाईलको प्रोजेक्ट वा व्यक्तिमा लगानी गरेको छ ? कर्जा निश्कासन बापत राखेको धरौटी कस्तो छ ? आदी जस्ता कुराहरुमा लगानीकर्ताहरु समेतले चाखपुर्वक अध्ययन गर्नुपर्दछ ।  कर्जाबाट हुने आम्दानीले सिधा खुद ब्याज आम्दानीमा असर गर्ने हुनाले यसको शेयर मुल्यमा पनि प्रभाव पर्ने हुँदा लगानीकर्ता यसमा चनाखो हुनु पर्दछ ।

५. संचालन मुनाफा

कुनैपनि कम्पनी, बैंक, बित्त वा संस्थाले ब्यापारबाट कमाएको नाफालाई नै संचालन मुनाफा भनिन्छ । संचालन मुनाफाबाट कम्पनीको कार्य कौशलता र दक्षतालाइ झल्काउँदछ ।   कम्पनीले जति धेरै संचालन मुनाफा कमायो त्यति नै धेरै कम्पनी तथा लगानीकर्तालाई फाइदा हुन्छ ।  यदि संचालन मुनाफामा गिरावट भयो भने संस्थाको ब्यापार वृद्धि गर्न र शेयरधनीहरुलाई उचित प्रतिफल दिन समस्या पर्दछ । संचालन मुनाफा भन्दा बाहिरबाट आउने मुनाफा क्षणिक र जोखिम पुर्ण हुन्छ त्यसको कुनै भर हँुदैन । संचालन मुनाफा आफ्नो कोर कामबाट कमाउने मुनाफा हो ।

६. खुद मुनाफा

कम्पनीको एक बर्षको कमाइबाट जगेडा कोषका लागि रकम छुट्टयाएर ब्याज र कर तिरिसकेपछि आर्जन गरेको नाफालाई खुद मुनाफा भनिन्छ । सोहि मुनाफाबाट कम्पनीले आफ्ना शेयरधनीहरुलाई बोनस र नगद लाभांश दिने गर्छ । कम्पनीले जति धेरै खुद मुनाफा गर्यो त्यति नै धेरै आफ्ना शेयरधनीहरुलाई पनि प्रतिफल दिन सक्छ । त्यसैले लगानीकर्ताले शेयरमा लगानी गर्दा कम्पनीको अघिल्ला बर्षहरुको बार्षिक खुद मुनाफाको अवस्था तथा ट्रेण्डको पनि गहिरो अध्ययन गर्नुपर्दछ ।

६. प्रतिशेयर आम्दानी (ईपीएस)

कम्पनीले आफ्नो खुद मुनाफाबाट शेयरधनीहरुलाई एक शेयर बराबर केहि रुपैया प्रतिफल दिने भनेर निर्धारित गरेको रकमलाई नै प्रति शेयर आम्दानी भनिन्छ । उच्च प्रतिफल दिने कम्पनीको शेयरमा प्राय लगानीकर्ता आकर्षित हुन्छन ।  प्रतिशेयर आम्दानीलाई रुपैयामा गणना गरिन्छ । लगानीकर्ताले शेयरमा लगानी गर्दा कम्पनीको ऐतिहासिक र बर्तमान प्रतिशेयर आम्दानीको अवस्थालाई अध्ययन गरेर मात्र लगानी निर्णय लिनुपर्दछ ।
७. प्रति शेयर नेटवोर्थ

कुनै पनि कम्पनी, बैंक, बित्त वा संस्था यदी दामाशायी भयो भने कम्पनीका शेयरधनीहरुले एक कित्ता बराबर कति रुपैया पाउँछन भनि गरिने गणनालाई प्रति शेयर नेट वोर्थ भनिन्छ ।  प्रति शेयर नेटवर्थ जति धेरै भयो त्यति नै कम्पनी राम्रो मानिन्छ । तसर्थ लगानीकर्ताहरुले लगानी गर्दा प्रतिशेयर नेटवर्थ बढि भएको वा नेटवर्थको ट्रेण्ड बढ्दै गएको कम्पनी छनौट गर्नुपर्दछ ।

८. मूल्य आम्दानी अनुपात (पीइ रेसिओ)

कुनै कम्पनीको शेयर खरिद गर्नु अगावै त्यस कम्पनीमा आफुले कति गुणा धेरैले पैसा लगानी गर्नु हुदैछ भन्ने कुरा मूल्य आम्दानी अनुपातले बताउँछ । यो पनि एउटा आधारभूत बिशलेषण गर्ने औजार हो । यस औजारले दुइ वा दुइ भन्दा बढी कम्पनीलाई दाजेर उचित मूल्यमा सस्तो र उत्तम प्रतिफल दिने कम्पनी रोज्न सिकाउँछ ।

उदहारणका लागि कम्पनी “क’’ र “ख’’ दुवैको मूल्य आम्दानी अनुपात र त्यसबाट प्राप्त हुने प्रतिफल एउटै छ । कम्पनी “क’’ को शेयर मूल्य रु. ४०० र “ख’’ को ४५० छ भने कम्पनी “क’’ खरिद गर्नु उचित हुन्छ । किनभने ४०० रुपैयाँमा खरिद गरेको शेयरबाट पनि ४५० रुपैयाँमा खरिद गरेको शेयरको जति नै प्रतिफल प्राप्त हुन्छ भने बढि लगानी गर्नु उचित हुँदैन ।

यी माथी उल्लेख गरिएका अतिरिक्त बजार सुचनाहरु, संचार माध्यमबाट प्राप्त हुने जानकारीहरु, नीति निर्णयका तहमा भईरहेका गतिबिधीहरुको नियमित अपडेटबाट मात्र शेयर बजारमा लगानी गर्नु उत्तम हुन्छ ।


Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना) १८.५*१८.५ (फूट)।  १६ आना =५४७६ (वर्गफूट) १ (रोपनी) ७४*७४ (फूट)। १।४ धुर =४५.५६२५ (वर्गफूट) ६.७५*६.७५ (फूट)।  

How To Manage Blood Pressure Naturally

Reincarnation His Holiness Kyabye Trulshik Rinpoche, welcome And bless us Rinpoche.

Ever since Kyabje Trulsik Rinpoche passed away on September 2nd, 2011, finding his Reincarnation (Yangsi) has been awaited with great hope and deep devotion, especially in the Sherpas & Tibetans Buddhist Nyingma Tradition living in all over the world.  On 29th of May 2018, Saga Dawa day, we are all over joy to hear that His Holiness 4th Dodrupchen Rinpoche, Kyabje Dodrup Thupten Thinley Palbar (one of the most important living masters in the Nyingma and Dzogchen traditions) Chorten Gonpa Monastery, Tadong, Gangtok, Sikkim, India recently made this kind proclamation that a son born to the father, Ngawang Jigdrel Chokyi Wangchuk, the lineage holder of Maratika Lama, and the mother Orgyen Dolma is an Unmistaken Recognition of supreme reincarnation of His Holiness Late Trulshik Rinpoche. The Yangsi arrival at Dzarong Thupten Dongak Choeling Monastery .  June 23rd, 2018, Chewa Chu Ja Pemba The helicopter landed in Monastery helipad around 10:50 AM with Yangsi an