Skip to main content

सोलुखुम्बुमा एलडिओको कार्यकक्ष तोडफोड

DSC05979
बिक्रम श्रेष्ठ

पौष ५, सोलुखुम्बु
सोलुखुम्बुको स्थानिय बिकास अधिकारी महेश पराजुलीको कार्यकक्ष तोडफोड भएको छ । केही दिन अघि लुक्लामा सम्पन्न एभरेष्ट गोल्डकपमा मुख्य प्रायोजक जिबिस रहेर पनि कुनै सहयोग नगरेको भन्दै आयोजक फेण्डशिप युथ क्लब लुक्लाको युवाहरुले आइतबार एलडिओको कार्यकक्षमा तोडफोड गरेका हुन् । पर्यटन प्रबद्धर्नात्मक हाइअल्टीच्युट खेल मैदानमा आयोजना गरिएको बृहत राशीको खेल कार्यक्रमलाइ पहिले सहयोग गर्ने बचन दिएको तर कार्यक्रम सम्पन्न हुदा समेत कुनै सहयोग नगरेको भन्दै क्लबका आक्रोशित युवाहरुले स्थानिय बिकास अधिकारी महेश पराजुली बसिरहेको समयमै कार्यकक्षको टेबल तोडफोड गरेका हुन् । तोडफोडका कारण केही महत्वपुर्ण कागजातहरु पनि च्यातिएका छन् । आफुहरुको माग सम्बोधन नगरेको र उल्टै गैरजिम्मेवारपन देखाएको भन्दै तोडफोड गरेका हुन् । भोली बिहान सम्म आफुहरुको माग पुरा नभए जिल्ला बिकास समितिमा ताला लगाउने क्लबका अध्यक्ष नाम्गेल शेर्पाले जानकारी दिए । स्थानिय बिकास अधिकारी पराजुलीले आयोजकले मागे जति नै रकम सहयोग गर्न नसक्ने भन्दै जिल्ला स्थीत राजनितिक दलहरु संग छलफल गरि निकास निकाल्ने आश्वाशन दिएका छन् ।
गएको मंसिर महिनाको २२ गतेबाट २८ गते सम्म फ्रेण्डशिप युथ क्लब लुक्लाले बृहत पुरस्कार राशीको फुटबल प्रतियोगिता गरेको थियो । जिबिसले मुख्य प्रायोजक रही जिल्लाकै महत्व बोकेको उक्त कार्यक्रमलाइ सहयोग गर्ने अलिखित भद्र सहमति भएको दुबै पक्षले स्वीकार गरेका छन् । जिबिसको सहयोग पाउने भरोसाले खेलकुद मन्त्री समेत ल्याएर कार्यक्रम सम्पन्न गरेको क्लबले प्रतियोतिाका लागि झण्डै ४० लाख रुपैयाँ खर्च भएको जनाएको छ । त्यसको आधा रकम अर्थात २० लाख रुपैयाँ जिबिसले सहयोग गर्नु पर्ने आयोजकको माग छ । तर स्थानिय बिकास अधिकारी पराजुलीले प्रतियोगिताका लागि २ लाख रुपैयाँ मात्रै जिबिसले दिन सक्ने बताए पछि उनीहरुले तोडफोड गरेका हुन् । तोडफोड पछि रकम सहयोग गर्ने संबन्धमा छलफल गर्न जिबिसले सोमबारका लागि सर्बपक्षिय बैठक नै बोलाएको छ । सोमबार दिउसो सम्म पनि माग पुरा नभए जिबिसमा ताला लगाउने चेतावनी दिएका छन् ।

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।