बिएसम्मको पढाई रामेछापमा सकाएर एमए पढ्न भर्खरै काठमाडौं छिरेकी म। काठमाडौंमा म बिल्कुलै नयाँ। ठाउँ नयाँ, साथी नयाँ र जीवन नयाँ। त्रिभुवन विश्वविद्यालयमा समाजशास्त्रको प्रथम सेमेष्टरमा अध्ययनरत छु। रामेछापमा हुँदा म काठमाडौंलाई देशकै सम्पन्न र सभ्य मानिसहरु बस्ने शहर मान्थें। तर यहाँ आएपछि थाहा पाएँ काठमाडौंको वास्तविकता। बाहिरबाट हेर्दा जति सम्पन्न देखिन्छ भित्री रुपबाट हेर्दा त्यस्तो रहेन छ काठमाडौं। गास, बास र कपास मानिसको आधारभुत आवश्यक्ता हो। यो बिना मानिस रहन सक्दैन। यसको परिपुर्ति नै जीवन रहेछ। काठमाडौंमा मैले यी कुराको बन्दोबस्त गर्नु थियो। बस्नको लागि एउटा कोठा चाहियो। त्यसपछि आवश्यक सामाग्री ग्यास, चुल्हो, खाद्यान्न, कपडा आदि आदि..। भूकम्पले क्षतविक्षत बनेको काठमाडौं, त्यसमाथि नाकाबन्दीले थिलथिलो भएको जनजीवन, कहाँ सजिलो छ र! बस्नको लागि कीर्तिपुरमा एउटा कोठा खोजियो। कोठा पनि धेरै मुस्किलले पाइयो। कोठा पाएपछि एउटा झञ्झन्टको अन्त्य भयो। त्यसपछि ग्यासको खोजीमा हिँडे। कीर्तिपुरका हरेक ग्यास डिपोमा सोध्ाँे। तर, ग्यास छ भनेर कसैले भनेनन्। तैपनि मनले मानेन। आवश्य...