Skip to main content

यस्तो पो रहेछ काठमाडौंमा!

बिएसम्मको पढाई रामेछापमा सकाएर एमए पढ्न भर्खरै काठमाडौं छिरेकी म। काठमाडौंमा म बिल्कुलै नयाँ। ठाउँ नयाँ, साथी नयाँ र जीवन नयाँ।
त्रिभुवन विश्वविद्यालयमा समाजशास्त्रको प्रथम सेमेष्टरमा अध्ययनरत छु।  रामेछापमा हुँदा म काठमाडौंलाई देशकै सम्पन्न र सभ्य मानिसहरु बस्ने शहर मान्थें। तर यहाँ आएपछि थाहा पाएँ काठमाडौंको वास्तविकता। बाहिरबाट हेर्दा जति सम्पन्न देखिन्छ भित्री रुपबाट हेर्दा त्यस्तो रहेन छ काठमाडौं।
गास, बास र कपास मानिसको आधारभुत आवश्यक्ता हो। यो बिना मानिस रहन सक्दैन। यसको परिपुर्ति नै जीवन रहेछ। काठमाडौंमा मैले यी कुराको बन्दोबस्त गर्नु थियो। बस्नको लागि एउटा कोठा चाहियो। त्यसपछि आवश्यक सामाग्री ग्यास, चुल्हो, खाद्यान्न, कपडा आदि आदि..।
भूकम्पले क्षतविक्षत बनेको काठमाडौं, त्यसमाथि नाकाबन्दीले थिलथिलो भएको जनजीवन, कहाँ सजिलो छ र! बस्नको लागि कीर्तिपुरमा एउटा कोठा खोजियो। कोठा पनि धेरै मुस्किलले पाइयो। कोठा पाएपछि एउटा झञ्झन्टको अन्त्य भयो।
त्यसपछि ग्यासको खोजीमा हिँडे। कीर्तिपुरका हरेक ग्यास डिपोमा सोध्ाँे। तर, ग्यास छ भनेर कसैले भनेनन्। तैपनि मनले मानेन। आवश्यकता अनि बाध्यता। थकित मुद्रामा सटर बन्द भएको पसल भित्र छिरें– साहुजी ग्यास छ?
सहज उत्तर आयो, छैन। म फर्किन खोजें। हतपत साहुजीले भने –४ हजार २ सय दिनुस अहिले लैजानुस्।
मन फुरुगं भयो। ग्यास नपाउँदाको उदासिनता एकै छिनमा हरायो। अनि हतारहतार ग्यास लिएर कोठा फर्किएँ। मलाई ठूलै युद्ध जितेको अनुभूति भयो। त्यो क्षण मेरो लागि जीन्दगीको खुसीका क्षणमध्येको एक बन्यो।
कुरा ग्यासको मात्र होइन रहेछ। पानीको हाहाकार त्यस्तै छ। खानेपानी, लुगा धुने र नुहाउने पानी समेत किनेरै चलाउनु पर्ने। जताततै अभाव।
काठमाडौं जहाँ धेरैले भविष्य देखेका छन्, रमाइलो सपना बुनेका हुन्छन्। तर काठमाडौं छिरेपछि मात्रै थाहा हुन्छ यहाँको वास्तविकता। यहाँ धेरै संषर्घ गर्नु पर्छ। यो समाजमा घुलमिल हुन निक्कै गाह्रो छ। सभ्य समाजको असभ्य संस्कार बोकेर बसेको छ काठमाडौं। सभ्यता भित्र मानिसलाई स्वार्थले खोक्रो बनाएको छ। यहाँ सब थोक पैसासँग मात्र जोडिएको छ। सहयोग सद्भाव, प्रेम, दया, मानवता सबै गुमाएको  देख्छु म काठमाडौंमा। काठमाडौँमा गुड्न सवारीसाधन, जसले मान्छे भेडाबाख्रा कोचेजस्तै गाडीमा कोच्छ।  उसलाई यत्ति थाहा छ कि जति बढि मान्छे राख्यो त्यत्ति पैसा आउँछ। त्यसैले त्यहाँ मान्छेलाई मान्छे होइन पैसा आउने साधनको रुपमा लिइन्छ।
मानवियता भन्ने कुरा नै कहाँ हराउछ कहाँ? घरबेटीलाई भाडा भए पुग्छ। न पानी दिनुपर्छ, न शौचालय  न बत्तिको व्यवस्था। यतिसम्म पनि देखियो धारामा आएको पानी ट्याङ्कीमा जम्मा गरेर तिनै कोठामा बस्नेलाई बिक्रि गर्दा रहेछन्। सायद पाप भन्ने शब्द यहाँको शब्दकोषमा छैन। त्यसैले त मानिसहरु पैसाको लागि जस्तोसुकै कर्म गर्न पनि तयार छन्।
म जस्तै धेरै विद्यार्थी अनेकौं सपना बुनेर काठमाडौं छिर्छन्। उनीहरुले पनि यस्तै समस्या ब्यहोर्नै पर्छ। एकातिर वर्तमानमा समस्याको पर्खाल छ, अर्काेतिर भविष्यको सवाल छ।
समाजशास्त्रको विद्यार्थी भएकाले यस्ता समस्या देखिनुका पछाडि धेरै कारण छन् जस्तो लाग्छ। पैसा यहाँको बाध्यता हो तर कतिपय सन्दर्भमा यो रगतमा नै बगरे आउँछ। जस्तो संस्कार आफन्तले दिए त्यही संस्कारमा बालबालिका हुर्कने हुन्। काठमाडौंले आफ्ना सन्ततीलाई पैसामुखी संस्कार सिकाएको छ।
पैसामुखी सोचले हरेक कुरामा सिन्डिकेडको हाबी छ। पहुँचवालाको हाइहाई छ। श्रमजिवीको वेहाल छ। काठमाडौं देशको राजधानी हो। यो देशको मुटु  हो। राजधानीले दिएको संस्कार बाहिरकाले सिक्नु पर्ने हो। तर काठमाडौंले हामीलाई कस्तो संस्कार सिकाउँदै छ? काठमाडौंले नेपाली समाजको भविष्य कता डोहोर्‍याउँदै छ? काठमाडौंले दिएको यो संस्कार गाउँमा लैजाने हो भने हामी र हाम्रो भन्ने संस्कार कहाँ बाँकी रहला! काठमाडौं र काठमाडौं बस्नेले एकपटक  यतातिर पनि सोच्ने कि!

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।