Skip to main content

अमेरिकाले भन्यो, ‘अब चीनसँग जोडिए मात्र नेपालको हित हुन्छ’


पछिल्ला वर्ष अमेरिकाले नेपालप्रति हेर्ने नीतिसँग भारतलाई जोडेर निकै बहस हुने गरेका छन् । दक्षिण एसियाका दुई ठूला राष्ट्र चीन र भारतको बीचमा रहेको नेपालको भारतसँगको सम्बन्ध युगौ देखिको हो । सम्बन्धका आधारहरु धेरै हुन सक्छन् तर सानो राष्ट्र हुने वित्तिक्कै ठूलो राष्ट्रको परराष्ट्र नीतिअनुसार कुनै पनि मुलुकलाई हेर्नु नजरअन्दाज मात्र हुने कुटनीतिक मामलामा दख्खल राख्ने जानकारहरु बताउँछन् । यसै सन्दर्भमा बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा अमेरिकन राजदूत अलइना वि टेप्लिजले अमेरिकाले कहिल्यै नेपाललाई भारतका आँखाबाट नहेरेको स्पष्ट पारिन् । अमेरिकाले नेपाललाई आप्mनै आँखाले हेरेकोले नै आफ्नो देशले यहाँ राजदूतावास र द्धिपक्षीय सहकार्यका कार्यक्रमहरु सञ्चालन गरिरहेको बताइन् । त्रिभुवन विश्वविद्यालयमा आयोजित ‘अमेरिकी विदेश नीति र दक्षिण एसिया’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालले भारत र चीनको प्रगतिबाट धेरै फाइदा लिन सक्ने समेत बताएकी थिइन् । यो काम गर्न सके चीन र भारतसँगै नेपाल पनि विश्वको नजरमा अगाडि देखिने उनको आसय थियो । 

किन हेरिन्छ भारतको दृष्टिकोणबाट नेपाललाई ? 
नेपाल एसियाका विकासशील राष्ट्रहरुको कोटीमा पर्ने गर्छ । हज्जारौ वर्षदेखि सार्वभौम अस्तित्वमा रहेको यो मुलुक सानो तर दुई ठूला छिमेकी मुलुकहरुलाई प्रभाव पार्ने रणनैतिक स्थलमा रहेको छ । विश्वमा हिमाली मुलुकको उपमा पाएको नेपालको भारतसँग आर्थिक, सामाजिक, सांस्कृतिक लगायतका सम्बन्धहरु भने यूगौदेखि जोडिदै आएका छन् । भारतमा ब्रिटिस साम्राज्य कायम रहँदा समेत आफ्नो मुलुक जोगाउन सफल नेपालीहरुलाई केही असमान सन्धिहरुको जालमा पारेर भारतले आफ्नो अघोषित प्रान्त बनाउने दुस्साहास गरेको देखिन्छ । राजनीतिक, आर्थिक, सांस्कृतिक सम्बन्धहरुलाई समेत उसले त्यही नजरबाट परिभाषित गरिदिनाले नेपाल–भारतबीच उत्तारचढावहरु आइरहेका छन् । कतिपय राजनीतिक र कुटनीतिक विषयमा साउथ ब्लक हावी भैदिनाले समेत यो समस्या आइपरेको जानकारहरुको भनाई छ । त्यसैको आधारमा पश्चिमा राष्ट्रहरुले नेपाललाई हेर्ने नजर परिवर्तन भयोकि भएन भन्ने बहसहरु काठमाण्डुमा बेला–बेलामा चलिरहन्छन् । त्रिविमा आयोजित कार्यक्रममा अमेरिकी राजदूतले भनेकी छन्, ‘नेपाललाई हामी हाम्रै आँखाले हेर्छौ । यदि अर्काका आँखाबाट हेर्ने नीति हुँदो हो त नेपालमा दूतावास नै रहँदैन थियो होला । हाम्रो सम्बन्ध छ । दूतावास छ । यति धेरै अमेरिकीहरु नेपालसँगको सहकार्यमा काम गरिरहेका छौ ।’ यस अभिव्यक्तिबाट के पुष्टि हुन्छ भने अमेरिका लगायतका पश्चिमा राष्ट्रहरुले नेपाललाई हेर्ने परराष्ट्र नीतिलाई फेरबदल गरिसकेका छन् । 

वाध्यात्मक पछिल्लो अवस्थाः 
नेपालमा नयाँ संविधान जारी भए लगत्तै भारत चिढियो । उसले मधेसी मुद्धाहरुलाई आधार बनाएर काठमाण्डुलाई प्रभावमा पार्ने कोसिस भएको प्रस्टै देखियो । नयाँ संविधान जारी भए लगत्तै आएको केपी ओली नेतृत्वको सरकारले भारतसँगको सम्बन्धमा थप उत्तारचढाव ल्याइदिएपछि दुई देशबीचको सम्बन्धमा अहिले निकै कटुता देखिन्छ । यसले काठमाण्डुलाई बेइजिङतर्फ नजिक पु¥याएको छ भने दिल्ली टाढिएको छ । पश्चिमा मुलुकहरु भने खुलेर सन्तुलित कुटनीतिक पाइलाहरु चालिहरहेका छन् । यही बीचमा अमेरिकन राजदूतले यो क्षेत्रमा क्षेत्रिय व्यापार विस्तार, लागानीको वातावरण र असल शासनको संयोजन हुन सके विश्व नै दक्षिण एसियामा केन्द्रित हुने उनले बताएकी छन् । यसबाट के प्रस्ट हुन्छ भने दिल्लीको चस्माले काठमाण्डुलाई हेर्ने पश्चिमा शक्ति राष्ट्रहरु सन्तुलित मात्र देखिएका छैनन्, बेइजिङलाई समेत नेपालले उपयोग गर्नुपर्ने सल्लाह दिन थालेका छन् । राजधानीको कार्यक्रममा अमेरिकन राजदूतले मुख खोलेरै भनेकी छन्, ‘नेपाल चीनलाई दक्षिण एसिया जोड्ने स्थानमा छ, सबैतिर सम्पर्क बढाएर अघि बढे नेपाल यो क्षेत्रकै सबैभन्दा माथि रहन्छ ।’ पछिल्लो समयमा चीनले आफ्नो भूमि तिब्बतलाई दक्षिण एसियाको ढोका बनाउँदै काठमाण्डुसँग गाढा सम्बन्ध बनाइरहेको उनको बुझाई छ । दुई दशकअघिसम्म चीनसँग सम्बन्धनै बनाउन नचाहाने पश्चिमा राष्ट्रहरुले यो पटक भने काठमाण्डुलाई समेत भारत र चीन दुबैलाई उपयोग गर्न सल्लाह दिनु काठमाण्डुका लागि सुःखद विषय रहेको जानकारहरुको भनाई छ । 

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।