Skip to main content

विश्व शेर्पा सम्मेलन : अर्थ र सार्थकता

विश्वभर छरिएर रहेका शेर्पा समुदायको सामूहिक भेटघाट अर्थात ‘विश्व शेर्पा सम्मेलन २०१७’ चलिरहेको अवस्थामा हामी छौँ । असोज २२ देखि २४ सम्म राजधानीको होटल ¥याडिसनमा उद्घाटन भई शेर्पा गुम्बामा सम्मेलन हुनेछ । शेर्पा समुदायको अवस्था ‘थातथलो, बसोबास, निरन्तर विकास र परिस्थिति’ अनुसार फरक छन् । सबैलाई एकै ठाउँमा भेला पार्ने र एउटा ठोस् विषयमाथि बहस चलाउँदै समुदायलाई निश्चित समयसीमाभित्र कुनै एक विन्दुमा पु¥याउनु नै सम्मेलनको मूल धेय हुनुपर्छ ।
वास्तवमा राजनीतिक अधिकारको विषयमा उठान गर्ने र एउटा स्पष्ट रोडम्यापसहित शेर्पा समुदायलाई निश्चित विन्दुमा पु¥याउने मार्गदर्शनका रूपमा सम्मेलन हुनुपर्छ ।
सम्मेलनमा विश्वभरका २५ भन्दा बढी राष्ट्रबाट आप्रवासी, मजदुरी, व्यापारका सिलसिलामा रहेका नेपाल आउँछन् र सम्मेलनमा भाग लिनेछन् । विशेषगरी नेपाल शेर्पा संघको अगुवाइमा विश्व शेर्पा सम्मेलन तय गरिएको हो । यो सम्मेलनको परिकल्पना विश्व शेर्पा संघ स्थापनाका लागि गरिएको हो । अमेरिका, युरोपलगायत विभिन्न मुलुकमा बसोबास गर्ने शेर्पाको विशेष पहल र क्रियाशीलतामा हुन लागेको यो सम्मेलनले समुदायलाई आगामी दिनमा ठोस दिशा निर्देश गर्नेछ भन्ने विश्वास गर्न सकिन्छ ।
सम्मेलनले उठान गर्ने विषय, प्रस्तुत हुने अजेन्डा, छलफल तथा अन्य विषयगत शीर्षकहरूबाट सम्मेलनको औचित्य पुष्टि हुन्छ । सम्मेलनले समुदायको भाग्य र भविष्य नै निर्धारण गर्ने भनेर गरिएको प्रचारवाजीलाई मनन् गर्ने हो भने यसलाई ‘बढी उपयोगी र अझ फराकिलो’ बनाउन जरुरी छ । त्यस हदसम्मको ‘प्रस्तुति र तयारी’ भइरहेको विषय भने अन्योलमा नै देखिन्छ ।
विशेषगरी अनलाइन (स्काइप) संवादका माध्यमबाट तय गरिएको विश्व शेर्पा सम्मेलन आफैँमा ओझपूर्ण छँदैछ । यसले ‘खेल्ने भूमिका, निर्वाह गर्ने दायित्व र समुदायमा पुग्ने फाइदा’ ले सम्मेलनलाई बढी महत्व दिएर हेरिँदैछ । तर पछिल्ला ‘गतिविधि, सम्मेलनको उद्घाटन स्थान निर्धारण र खास विषय’ प्रकाशमा नआउँदा सम्मेलन बोझिलोमात्रै हुने त हैन भन्ने प्रश्न पनि खडा भएको छ ।
सबैको ‘अपनत्वसहित सहभागिताबाट सम्मेलन सफल पार्नु नै समुदायको पहिलो दायित्व हो । ‘समुदायको भाग्य र भविष्य निर्धारण गर्ने’ गरी आयोजना गरिएको सम्मेलनले सम्पन्न हुन पाउँदा नपाउँदै ‘एकराते मेला’ को संज्ञासहित आक्षेप नलागोस् भन्नेतर्फ भने अगुवाहरू सचेत बन्नुपर्छ । अर्कोतर्फ, विश्व शेर्पा सम्मेलन जस्तो गौरवपूर्ण विषय ‘व्यक्तिमुखी, महत्वाकांक्षी र दम्भयुक्त’ हुनुहुँदैन । धनराशि खर्चिएर प्रक्रियागतरूपमा विश्वभरबाट सम्मेलनमा भाग लिन आउनेका लागि पनि यो क्षण ऐतिहासिक बन्नुपर्छ । उठान गरिएका विषयले ठोस आकार ग्रहण गर्दामात्रै सम्मेलनको औचित्य पुष्टि हुने हुँदा कसरी त्यसखाले तयारी गर्न सकिन्छ भन्ने ध्याउन्नमा आयोजक लाग्नुपर्ने हुन्छ । सम्मेलनलाई बढी भड्किलो बनाइनुहुन्न भन्नेमा हामी एकमत छौं तथापि उद्घाटन नै होटल ¥याडिसन अर्थात राजधानीको पाँचतारे होटलमा हुने भएपछि ‘मितव्यायी’ कति ? भन्ने प्रश्न अर्कोतिर अनुत्तरित नै हुनेछ ।
समग्रमा सम्पूर्ण शेर्पा अर्थात ‘विश्वले गौरव गर्ने जाति’ ले पहिलो पटक आयोजना गर्न लागेको विश्व शेर्पा सम्मेलनमा व्यक्तिगत ‘इष्र्या, रिस, अन्तरकलह’ जोडिनुहुन्न भन्नेमा पनि सबै सचेत रहनुपर्छ । सामाजिक, आर्थिक उपलब्धि र राजनीतिक अधिकारका खातिर सम्मेलनले ठोसरूपमा छलफल गरी दस्तावेजीकरण गर्दै लागु गर्न सकेमा सम्मेलनको औचित्य पुष्टि हुन्छ । तबमात्रै सम्मेलनको अर्थ र सार्थकता पुष्टि हुन्छ ।


छुटाउनै नहुने विषय

‘विश्व शेर्पा सम्मेलन सांस्कृतिक सम्मेलनमात्रै हो ?’ भन्ने प्रश्न सामाजिक सञ्जालमा पाइन्छ । यसको जवाफ दिन अगुवाहरूले खास तदारुकता दिएको देखिँदैन । कतिपय अवस्थामा सामान्य विषयमा समेत टिप्पणी गर्ने र विवादित बन्ने गरेको अगुवाले यस्तो महत्वपूर्ण विषयमा भने किन मुख खोल्दैनन ? प्रश्न झनै थोपरिन्छ । वास्तवमा राजनीतिक अधिकारको विषयमा उठान गर्ने र एउटा स्पष्ट रोडम्यापसहित शेर्पा समुदायलाई निश्चित विन्दुमा पु¥याउने मार्गदर्शनका रूपमा सम्मेलन हुनुपर्छ । सम्मेलनलाई सांस्कृतिकमात्रै बनाउने अर्थात भाषा, धर्म, संस्कार, संस्कृति र वर्तमान अवस्थाका बारेमा मात्रै ‘कोरा’ छलफल हुने हो भने यसलाई सांस्कृतिकरूपमा रूपान्तरण गरी नामकरण गर्न सकिन्छ, बुझिन्छ । यता सम्मेलनमा ‘राजनीतिक, सामाजिक, आर्थिकका साथै धार्मिक, सांस्कृतिक र वर्तमान हाम्रो अवस्था’ समेतमाथि छलफल, बहस हुन्छ ? लोकलयमा ‘मिल्ती’ हुन जवाफ खोजिरहेको विषय नै यही हो ।
विशेषगरी राजनीतिक अधिकारको विषय उठान नहुने हो भने सम्मेलनले खास औचित्य पुष्टि गर्न सक्दैन भन्नेको जमात पनि उत्तिकै देखिन्छ । ‘शेर्पा स्वायत्त प्रदेश, राजनीतिक अग्राधिकार, राज्यको हरेक निकायमा पहुँच’ का विषयलाई विश्व शेर्पा सम्मेलनले भुल्न हुने छैन । र, राजनीतिक अधिकारबिना अन्य कुरा प्राप्तिले खास अर्थ राख्दैन भन्नेतर्फ बुझाइ केन्द्रित हुनुपर्छ ।


सामाजिक, आर्थिक बहस

विशेषगरी ५ लाखभन्दा बढी जनसंख्या भएको मानिने शेर्पा समुदायलाई राज्यले सामाजिक दृष्टिबाट बहिष्करणमा परेको जाति भन्दै सीमान्तकृतमा ‘वर्गीकरण’ गरेको छ । १ प्रतिशतभन्दा कम जनसंख्या भएको जातिलाई सीमान्तकृतमा राख्ने संविधानमा उल्लेख भएअनुसार नै शेर्पा समुदायलाई यो वर्गमा खुम्च्याइएको हो । जनसंख्या हेर्ने हो भने राज्यसँग शेर्पाको एकिन तथ्याङ्क १ लाख ६० हजारमात्रै छ । वर्गीय उत्पीडनको एउटा उदाहरण ‘हामी आफ्नो जात, धर्म, सम्प्रदाय लुकाएर अझै पनि खुलेर चिन्न सकिरहेको छैनौँ ।’ सरकारी तथ्याङकहरूलाई हेर्ने हो भने हामी जातीय अस्तित्वलाई दिनानुदिन तिलाञ्जली दिँदै अघि बढ्दैछौँ । यस्तो गम्भीर विषय विश्व शेर्पा सम्मेलनको छलफलको विषय बन्नुपर्छ । सम्मेलनले राज्यबाट बेलाबेलामा संकलन हुने जातिगत मिथ्याङ्कलाई तथ्याङ्कका रूपमा प्रस्तुत गर्न दबाब दिँदै वास्तविक जनसंख्या प्रकाशमा ल्याउँदै राज्यको हरेक निकायमा स्थान सुरक्षित गर्न दबाब सिर्जना गर्नुपर्छ ।
सामुदायलाई आर्थिकरूपमा आगामी दिनमा समृद्ध र अन्य जातिको तुलनामा अब्बल सावित गराउनका लागिसमेत सम्मेलनले विशेष योजना निर्माण गरी लागु गर्नतर्फ ध्यान दिनुपर्छ । विशेष हिमाली क्षेत्रको आर्थिक अवस्थालाई ध्यानमा राख्दै अजेन्डा अघि बढाउनुपर्ने हुन्छ ।


शैक्षिक, सांस्कृतीक विषय

समुदाय विकासको पहिलो अजेन्डा भनेकै शिक्षा हो । हामी अहिले पनि शैक्षिकरूपमा निकै पछाडि छौंँ । त्यसैले सम्मेलनले यो विषय पनि उठान गर्न सक्नुपर्छ । त्यसबाहेक सांस्कृतिक, भाषिक, धर्म र पहिचानजन्य विषय त छुटाउनै  नहुने भइहाले । सम्मेलनमा आमसञ्चार, मौलिक हक, प्राकृतिक स्रोतको उपयोगिता, शेर्पासँग जोडिएका अन्तर्राष्ट्रिय सन्धि÷अभिसन्धिका विषयमा पनि छलफल गर्नु जरुरी छ ।

सचिव, पत्रकार महासंघ, ओखलढुंगा

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।