विश्वभर छरिएर रहेका शेर्पा समुदायको सामूहिक भेटघाट अर्थात ‘विश्व शेर्पा सम्मेलन २०१७’ चलिरहेको अवस्थामा हामी छौँ । असोज २२ देखि २४ सम्म राजधानीको होटल ¥याडिसनमा उद्घाटन भई शेर्पा गुम्बामा सम्मेलन हुनेछ । शेर्पा समुदायको अवस्था ‘थातथलो, बसोबास, निरन्तर विकास र परिस्थिति’ अनुसार फरक छन् । सबैलाई एकै ठाउँमा भेला पार्ने र एउटा ठोस् विषयमाथि बहस चलाउँदै समुदायलाई निश्चित समयसीमाभित्र कुनै एक विन्दुमा पु¥याउनु नै सम्मेलनको मूल धेय हुनुपर्छ ।
वास्तवमा राजनीतिक अधिकारको विषयमा उठान गर्ने र एउटा स्पष्ट रोडम्यापसहित शेर्पा समुदायलाई निश्चित विन्दुमा पु¥याउने मार्गदर्शनका रूपमा सम्मेलन हुनुपर्छ ।
सम्मेलनमा विश्वभरका २५ भन्दा बढी राष्ट्रबाट आप्रवासी, मजदुरी, व्यापारका सिलसिलामा रहेका नेपाल आउँछन् र सम्मेलनमा भाग लिनेछन् । विशेषगरी नेपाल शेर्पा संघको अगुवाइमा विश्व शेर्पा सम्मेलन तय गरिएको हो । यो सम्मेलनको परिकल्पना विश्व शेर्पा संघ स्थापनाका लागि गरिएको हो । अमेरिका, युरोपलगायत विभिन्न मुलुकमा बसोबास गर्ने शेर्पाको विशेष पहल र क्रियाशीलतामा हुन लागेको यो सम्मेलनले समुदायलाई आगामी दिनमा ठोस दिशा निर्देश गर्नेछ भन्ने विश्वास गर्न सकिन्छ ।
सम्मेलनले उठान गर्ने विषय, प्रस्तुत हुने अजेन्डा, छलफल तथा अन्य विषयगत शीर्षकहरूबाट सम्मेलनको औचित्य पुष्टि हुन्छ । सम्मेलनले समुदायको भाग्य र भविष्य नै निर्धारण गर्ने भनेर गरिएको प्रचारवाजीलाई मनन् गर्ने हो भने यसलाई ‘बढी उपयोगी र अझ फराकिलो’ बनाउन जरुरी छ । त्यस हदसम्मको ‘प्रस्तुति र तयारी’ भइरहेको विषय भने अन्योलमा नै देखिन्छ ।
विशेषगरी अनलाइन (स्काइप) संवादका माध्यमबाट तय गरिएको विश्व शेर्पा सम्मेलन आफैँमा ओझपूर्ण छँदैछ । यसले ‘खेल्ने भूमिका, निर्वाह गर्ने दायित्व र समुदायमा पुग्ने फाइदा’ ले सम्मेलनलाई बढी महत्व दिएर हेरिँदैछ । तर पछिल्ला ‘गतिविधि, सम्मेलनको उद्घाटन स्थान निर्धारण र खास विषय’ प्रकाशमा नआउँदा सम्मेलन बोझिलोमात्रै हुने त हैन भन्ने प्रश्न पनि खडा भएको छ ।
सबैको ‘अपनत्वसहित सहभागिताबाट सम्मेलन सफल पार्नु नै समुदायको पहिलो दायित्व हो । ‘समुदायको भाग्य र भविष्य निर्धारण गर्ने’ गरी आयोजना गरिएको सम्मेलनले सम्पन्न हुन पाउँदा नपाउँदै ‘एकराते मेला’ को संज्ञासहित आक्षेप नलागोस् भन्नेतर्फ भने अगुवाहरू सचेत बन्नुपर्छ । अर्कोतर्फ, विश्व शेर्पा सम्मेलन जस्तो गौरवपूर्ण विषय ‘व्यक्तिमुखी, महत्वाकांक्षी र दम्भयुक्त’ हुनुहुँदैन । धनराशि खर्चिएर प्रक्रियागतरूपमा विश्वभरबाट सम्मेलनमा भाग लिन आउनेका लागि पनि यो क्षण ऐतिहासिक बन्नुपर्छ । उठान गरिएका विषयले ठोस आकार ग्रहण गर्दामात्रै सम्मेलनको औचित्य पुष्टि हुने हुँदा कसरी त्यसखाले तयारी गर्न सकिन्छ भन्ने ध्याउन्नमा आयोजक लाग्नुपर्ने हुन्छ । सम्मेलनलाई बढी भड्किलो बनाइनुहुन्न भन्नेमा हामी एकमत छौं तथापि उद्घाटन नै होटल ¥याडिसन अर्थात राजधानीको पाँचतारे होटलमा हुने भएपछि ‘मितव्यायी’ कति ? भन्ने प्रश्न अर्कोतिर अनुत्तरित नै हुनेछ ।
समग्रमा सम्पूर्ण शेर्पा अर्थात ‘विश्वले गौरव गर्ने जाति’ ले पहिलो पटक आयोजना गर्न लागेको विश्व शेर्पा सम्मेलनमा व्यक्तिगत ‘इष्र्या, रिस, अन्तरकलह’ जोडिनुहुन्न भन्नेमा पनि सबै सचेत रहनुपर्छ । सामाजिक, आर्थिक उपलब्धि र राजनीतिक अधिकारका खातिर सम्मेलनले ठोसरूपमा छलफल गरी दस्तावेजीकरण गर्दै लागु गर्न सकेमा सम्मेलनको औचित्य पुष्टि हुन्छ । तबमात्रै सम्मेलनको अर्थ र सार्थकता पुष्टि हुन्छ ।
छुटाउनै नहुने विषय
‘विश्व शेर्पा सम्मेलन सांस्कृतिक सम्मेलनमात्रै हो ?’ भन्ने प्रश्न सामाजिक सञ्जालमा पाइन्छ । यसको जवाफ दिन अगुवाहरूले खास तदारुकता दिएको देखिँदैन । कतिपय अवस्थामा सामान्य विषयमा समेत टिप्पणी गर्ने र विवादित बन्ने गरेको अगुवाले यस्तो महत्वपूर्ण विषयमा भने किन मुख खोल्दैनन ? प्रश्न झनै थोपरिन्छ । वास्तवमा राजनीतिक अधिकारको विषयमा उठान गर्ने र एउटा स्पष्ट रोडम्यापसहित शेर्पा समुदायलाई निश्चित विन्दुमा पु¥याउने मार्गदर्शनका रूपमा सम्मेलन हुनुपर्छ । सम्मेलनलाई सांस्कृतिकमात्रै बनाउने अर्थात भाषा, धर्म, संस्कार, संस्कृति र वर्तमान अवस्थाका बारेमा मात्रै ‘कोरा’ छलफल हुने हो भने यसलाई सांस्कृतिकरूपमा रूपान्तरण गरी नामकरण गर्न सकिन्छ, बुझिन्छ । यता सम्मेलनमा ‘राजनीतिक, सामाजिक, आर्थिकका साथै धार्मिक, सांस्कृतिक र वर्तमान हाम्रो अवस्था’ समेतमाथि छलफल, बहस हुन्छ ? लोकलयमा ‘मिल्ती’ हुन जवाफ खोजिरहेको विषय नै यही हो ।
विशेषगरी राजनीतिक अधिकारको विषय उठान नहुने हो भने सम्मेलनले खास औचित्य पुष्टि गर्न सक्दैन भन्नेको जमात पनि उत्तिकै देखिन्छ । ‘शेर्पा स्वायत्त प्रदेश, राजनीतिक अग्राधिकार, राज्यको हरेक निकायमा पहुँच’ का विषयलाई विश्व शेर्पा सम्मेलनले भुल्न हुने छैन । र, राजनीतिक अधिकारबिना अन्य कुरा प्राप्तिले खास अर्थ राख्दैन भन्नेतर्फ बुझाइ केन्द्रित हुनुपर्छ ।
सामाजिक, आर्थिक बहस
विशेषगरी ५ लाखभन्दा बढी जनसंख्या भएको मानिने शेर्पा समुदायलाई राज्यले सामाजिक दृष्टिबाट बहिष्करणमा परेको जाति भन्दै सीमान्तकृतमा ‘वर्गीकरण’ गरेको छ । १ प्रतिशतभन्दा कम जनसंख्या भएको जातिलाई सीमान्तकृतमा राख्ने संविधानमा उल्लेख भएअनुसार नै शेर्पा समुदायलाई यो वर्गमा खुम्च्याइएको हो । जनसंख्या हेर्ने हो भने राज्यसँग शेर्पाको एकिन तथ्याङ्क १ लाख ६० हजारमात्रै छ । वर्गीय उत्पीडनको एउटा उदाहरण ‘हामी आफ्नो जात, धर्म, सम्प्रदाय लुकाएर अझै पनि खुलेर चिन्न सकिरहेको छैनौँ ।’ सरकारी तथ्याङकहरूलाई हेर्ने हो भने हामी जातीय अस्तित्वलाई दिनानुदिन तिलाञ्जली दिँदै अघि बढ्दैछौँ । यस्तो गम्भीर विषय विश्व शेर्पा सम्मेलनको छलफलको विषय बन्नुपर्छ । सम्मेलनले राज्यबाट बेलाबेलामा संकलन हुने जातिगत मिथ्याङ्कलाई तथ्याङ्कका रूपमा प्रस्तुत गर्न दबाब दिँदै वास्तविक जनसंख्या प्रकाशमा ल्याउँदै राज्यको हरेक निकायमा स्थान सुरक्षित गर्न दबाब सिर्जना गर्नुपर्छ ।
सामुदायलाई आर्थिकरूपमा आगामी दिनमा समृद्ध र अन्य जातिको तुलनामा अब्बल सावित गराउनका लागिसमेत सम्मेलनले विशेष योजना निर्माण गरी लागु गर्नतर्फ ध्यान दिनुपर्छ । विशेष हिमाली क्षेत्रको आर्थिक अवस्थालाई ध्यानमा राख्दै अजेन्डा अघि बढाउनुपर्ने हुन्छ ।
शैक्षिक, सांस्कृतीक विषय
समुदाय विकासको पहिलो अजेन्डा भनेकै शिक्षा हो । हामी अहिले पनि शैक्षिकरूपमा निकै पछाडि छौंँ । त्यसैले सम्मेलनले यो विषय पनि उठान गर्न सक्नुपर्छ । त्यसबाहेक सांस्कृतिक, भाषिक, धर्म र पहिचानजन्य विषय त छुटाउनै नहुने भइहाले । सम्मेलनमा आमसञ्चार, मौलिक हक, प्राकृतिक स्रोतको उपयोगिता, शेर्पासँग जोडिएका अन्तर्राष्ट्रिय सन्धि÷अभिसन्धिका विषयमा पनि छलफल गर्नु जरुरी छ ।
सचिव, पत्रकार महासंघ, ओखलढुंगा
Comments
Post a Comment