Skip to main content

खुम्बु पासाङल्हामू गाउ पालिकामा पर्यटन प्रवेश शुल्क संकलन कार्य सुरू



खुम्बु पासाङल्हामू गाउ पालिकाको गत आषाढ़ २५ गते बसेको बैठकको निर्णयको कार्यन्वयन सुरू भएको छ । गाउ पालिकाकै निर्णयअनुसार गत सेप्टेम्बर 16 र 17 तारीख़ कान्तिपुर दैनिक लगायत विभिन्न पत्र पत्रिका तथा सामाजिक संजाल मार्फ़त आजको मिती अक्टूबर 1 तारीख़ देखी लागु हुने गरी गरी खुम्बु पासाङल्हामू गाउ पालिका भित्र टिम्स कार्ड पुर्ण रूपमा निषेध गर्ने र गाउ पालिकाले प्रवेश शुल्क उठाउने सूचना प्रकाशन गरेको थियो ।

आज बिहानै स्थानिय परम्परा अनुसारको विधिवत पुजा गरी प्रवेश शुल्क संकलन कार्य सुरू गरीएको हो ।



बिगत ११ बर्ष भन्दा पहिले देखी नेपाल पर्यटन बोर्ड र टान को संयुक्ततामा अनिवार्य टिम्स कार्ड लागु गरी नेपालको विभिन्न पर्यटकीय क्षेत्रबाट ९६ करोड़ भन्दा बढी शुल्क उठाएको थियो तर नेपालकै मुख्य पर्यटकीय गन्तव्य को रूपमा रहेको सगरमाथा तथा खुम्बु क्षेत्र मा उक्त रकमबाट कुनै पनि भौतिक पुर्वाधार बिकास तथा कुनै पनि क्षेत्रमा लगानी नभएको कारण टिम्स शुल्क हटाउनु पर्छ भनि बिगत लामो समय देखी आक्रोशित स्थानिय बासी र ट्रेकिङ मजदुर तथा ब्यबसायिहरू गाउ पालिकाले नै शुल्क उठालने र उक्त शुल्क सत प्रतिशत उक्त क्षेत्र मै लगानी हुने कुराले भने उत्साहित देखिएको छ ।




प्रतिकूल मैसमका कारण आज एउटा पनि हवाईजहाज लुक्ला आउन नसके पनि हेलिकॉप्टर मार्फ़त आज ६७ पुरूष र ३४ महिला गरी १०१ जना बिदेशि पर्यटक यस क्षेत्र मा प्रबेश भएको थियो र सबैले पर्यटन प्रवेश शुल्क ख़रीद गरेको थियो ।
गाउ पालिकाकै निर्णय अनुसार अब आइन्दा कहिल्यै लागु नहुने गरी छुमोवा (मन्जो) मा रहेको गाउ पालिका भित्रको एक मात्र टिम्स चेक पोस्ट लाई आज बिहानै हटाईएको छ ।
पर्यटकहरूलाई मार नपरोस भनि गाउ पालिकाले पनि टिम्सले असुल्दै आएको अधिकतम शुल्क बराबरकै प्रति ब्यक्ती दुई हजार रूपैया नै शुल्क निर्धारण गरेको छ ।


अब पर्यटकले खुम्बु क्षेत्र भ्रमण गर्न आउदा गाउपालिका प्रवेश शुल्क र सगरमाथा राष्ट्रीय निकुंज प्रवेश शुल्क मात्र ख़रीद गर्दा हुन्छ टिम्स कार्ड भने ख़रीद गर्नु पर्दैन र यदी कोही कसैले ख़रीद गरे पनि खुम्बु पासाङल्हामू गाउ पालिका मा यसको चेक हुदैन वाँ लागु हुदैन ।






Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।