Skip to main content

यस्ता छन् कांग्रेसले अघि सार्ने भावी मुख्यमन्त्रीका उम्मेदवार


काठमाडौं– आगामी प्रदेशसभाको निर्वाचनपछि सात प्रदेशमा मुख्यमन्त्री चयन हुनेछन् । मंसिर १० र २१ गते हुने निर्वाचनपछि उनीहरुको चयन प्रक्रिया सुरु हुनेछ । सात प्रदेशको मुख्यमन्त्री हुनका लागि विभिन्न राजनीतिक दलका केही चर्चित र युवा नेताहरु प्रदेशको प्रत्यक्ष र समानुपातिक सूचीमा छन्। 
सांसद र मन्त्री भइसकेका केही नेताहरु समेत भावी मुख्यमन्त्रीको दाबेदारीसहित प्रदेशको प्रत्यक्ष र समानुपातिक सूचीमा छन् । कांग्रेसका केही प्रभावशाली नेताहरुसँगको कुराकानी अनुसार आगामी निर्वाचनमा मुख्यमन्त्रीको सम्भावना बोकेको केही अनुहार यस्ता छन्ः
प्रदेश नम्बर १
गुरुराज घिमिरे : मोरङबाट राजनीति गर्दै आएका घिमिरे नेपाली कांग्रेसका युवा नेता हुन् । नेपाल विद्यार्थी संघको अध्यक्ष रहिसकेका घिमिरे कांग्रेस केन्द्रीय सदस्य छन् । घिमिरे यस पटक प्रतिनिधिसभाका लागि टिकटको दाबेदार भए पनि मुख्यमन्त्रीको दौडका कारण प्रदेशमा झरेका छन्।  
आङगेलु शेर्पा : शेर्पा सोलुखुम्बुका चर्चित युवा नेता हुन् । शेर्पा विद्यार्थी, तरुण हुँदै केन्द्रीय राजनीतिमा सक्रिय छन् । आदिवासी, जनजाति समेत भएकाले शेर्पा मुख्यमन्त्रीको दौडमा छन्।
प्रदेश नम्बर २
महेन्द्र यादव : पूर्वी मधेसका ८ जिल्ला रहेको दुई नम्बर प्रदेश कांग्रेसको पकड क्षेत्र हो । स्थानीय चुनावको नतिजामा केही खस्किए पनि यसअघिका संविधानसभा र संसदीय निर्वाचनलाई आधार मान्दा मधेसलाई कांग्रेसको भोट बैंक मानिन्छ । यस प्रदेशको मुख्यमन्त्रीको दाबेदारका रुपमा दुई नेतामध्ये एक हुन्, केन्द्रीय सदस्य महेन्द्र यादव । उनी मधेसका प्रभावशाली नेता मानिन्छन् । पूर्वसांसद यादव प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री विमलेन्द्र निधिसँग नजिक छन् । उनी तरुण दलका पूर्वअध्यक्ष समेत हुन्।
किरण यादव : यादव मधेसमा चर्चित महिला नेता हुन् । कांग्रेस केन्द्रीय सदस्य उनी मधेसको प्रभावशाली नेताहरुको सूचीमा पर्छिन् । दोस्रो संविधानसभामा महोत्तरीबाट प्रत्यक्ष निर्वाचित उनी पूर्वराष्ट्रपति रामवरण यादवकी भतिजी समेत हुन् । उनी भावी मुख्यमन्त्रीको एक्ली महिला दाबेदार हुन्।
प्रदेश नम्बर ३
जगदीश्वर नरसिंह केसी : नुवाकोटका जिल्ला अध्यक्ष रहेका केसी दोस्रो संविधानसभामा सांसद पनि भए । प्रत्यक्षतर्फ टिकट नपाए पनि समानुपातिकबाट सांसद बनेका केसी अर्जुननरसिंह केसीका भाइ हुन् । नुवाकोटमा प्रतिनिधिसभातर्फ २ वटा मात्र क्षेत्र रहेको र चुनाव लड्ने ‘हेभी वेट’का धेरै नेता भएपछि उनी प्रदेशको मुख्यमन्त्री हुने सोचका साथ प्रदेशसभामा उठ्न लागेका हुन् । तीन नम्बर प्रदेशका लागि केसी नै प्रमुख दाबेदारको रुपमा देखिएका छन्।
रमेश धमला  :  धादिङ जिल्ला सभापति धमला प्रतिनिधिसभामा प्रत्यक्षतर्फ टिकट पाउने सम्भावना बोकेका उम्मेदवार थिए । तर, उनले मुख्यमन्त्री हुने चाहना राख्दै प्रदेशमा लड्ने भएका छन्।
जितनारायण श्रेष्ठ : चितवनका स्थानीय नेता श्रेष्ठ पार्टी सभापति शेरबहादुर देउवाको आग्रहमा गत स्थानीय तह निर्वाचनमा माओवादी अध्यक्ष पुष्पकमल दाहालकी छोरी रेणु दाहाललाई जिताउन खटिएका थिए । प्रतिनिधिसभा तर्फको टिकट दाबी गरे पनि केन्द्रीय तहका नेता उक्त क्षेत्रमा निर्वाचन लड्ने भएपछि उनलाई प्रदेशमा स्थान दिइएको छ । आगामी निर्वाचनमा ३ नम्बर प्रदेशमा बहुमत ल्याएमा मुख्यमन्त्री हुने दौडमा उनी पनि हुनेछन्।
 
प्रदेश नम्बर ४
प्रदीप पौडेल : नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष पौडेल हाल पार्टीको केन्द्रीय कमिटी सदस्य छन् । उनी तनहुँमा प्रतिनिधिसभाका लागि सिफारिसमा परेका छन् । तर, तनहुँमा रामचन्द्र पौडेल र अर्का नेता गोविन्दराज जोशीले टिकटको दाबेदारी गरेपछि उनी प्रदेशको मुख्यमन्त्री बन्ने सम्भावना हेरेर प्रदेशमा झरेका हुन् । युवा नेता र सम्भावना धेरै भएको भन्दै उनले आफूलाई प्रदेशको मुख्यमन्त्रीको दाबेदारका रुपमा अघि सारेका छन्।
गोविन्द भट्टराई : भट्टराई कांग्रेसका केन्द्रीय सदस्य हुन् । उनी विद्यार्थी राजनीति हुँदै केन्द्रीय राजनीतिमा स्थापित भएका नेता हुन् । नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष भट्टराई चार नम्बर प्रदेशका चर्चित युवा नेता हुन्।
धनराज गुरुङ : केन्द्रीय सदस्य गुरुङ चर्चित नेता हुन् । पहिलो र दोस्रो संविधानसभामा सांसद रहेका उनी संसदको लेखा समिति सदस्य समेत थिए । समानुपातिक प्रणालीअन्तर्गत उनी स्याङ्जाबाट दोस्रो पटक संविधानसभा सदस्य भएका हुन् । उनी पनि प्रदेशको मुख्यमन्त्रीका एक प्रमुख दाबेदार हुन्।
प्रदेश नम्बर ५
वीरबहादुर राना : राना पाल्पाका स्थानीय नेता हुन् । दोस्रो संविधानसभा निर्वाचनमा उनी सांसदको टिकट पाउने सूचीमा परे पनि पछि हटाइए । यस पटक पनि प्रतिनिधिसभाको टिकट पाउने सम्भावना नभएपछि उनी प्रदेशसभामा उम्मेदवार बन्दै छन्।
अभिषेकप्रताप साह : उपेन्द्र यादवको संघीय समाजवादी फोरमबाट हालै नेपाली कांग्रेस प्रवेश गरेका साह पनि मुख्यमन्त्रीको एक दाबेदार हुन् । कपिलवस्तु जिल्लाबाट दुवै पटक संविधानसभामा निर्वाचित उनको कांग्रेस नेता दीपकुमार उपाध्यायसँग पारिवारिक सम्बन्ध छ । उनका हजुरबुवा शिवप्रसाद साह २०१५ सालमा विपी कोइराला नेतृत्वको सरकारमा अर्थ राज्यमन्त्री थिए । बुवा अजयप्रसाद साह २०५६ सालमा राप्रपाबाट सांसद थिए।
विक्रम खनाल : खनाल अघिल्लो संविधानसभामा नवलपरासी–५ बाट निर्वाचित भएका थिए । महामन्त्री शशांक कोइरालानिकट खनाल प्रभावशाली युवा नेता मानिन्छन् । यस पटक मुख्यमन्त्रीको दाबेदारीसहित उनी प्रदेशमा उठ्ने भएका छन्।
प्रदेश नम्बर ६
जीवनबहादुर शाही : शाही पूर्व पर्यटनमन्त्री हुन् । कर्णालीको हुम्लाबाट उनी संविधानसभामा निर्वाचित भएका हुन् । कर्णालीका प्रभावशाली नेता उनी प्रदेश–६ का लागि कांग्रेसबाट सर्वसम्मत उम्मेदवार हुन्। 
प्रदेश नम्बर ७
नरनारायण साह : कैलाली कांग्रेसका सभापति रहेका साहको नाम प्रदेशसभाका लागि सिफारिस भएको छ । निर्वाचन जितेमा प्रदेश–७ मा कांग्रेसका मुख्यमन्त्रीको उम्मेदवार उनी नै हुनेछन्।
 

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना) १८.५*१८.५ (फूट)।  १६ आना =५४७६ (वर्गफूट) १ (रोपनी) ७४*७४ (फूट)। १।४ धुर =४५.५६२५ (वर्गफूट) ६.७५*६.७५ (फूट)।  

How To Manage Blood Pressure Naturally

Reincarnation His Holiness Kyabye Trulshik Rinpoche, welcome And bless us Rinpoche.

Ever since Kyabje Trulsik Rinpoche passed away on September 2nd, 2011, finding his Reincarnation (Yangsi) has been awaited with great hope and deep devotion, especially in the Sherpas & Tibetans Buddhist Nyingma Tradition living in all over the world.  On 29th of May 2018, Saga Dawa day, we are all over joy to hear that His Holiness 4th Dodrupchen Rinpoche, Kyabje Dodrup Thupten Thinley Palbar (one of the most important living masters in the Nyingma and Dzogchen traditions) Chorten Gonpa Monastery, Tadong, Gangtok, Sikkim, India recently made this kind proclamation that a son born to the father, Ngawang Jigdrel Chokyi Wangchuk, the lineage holder of Maratika Lama, and the mother Orgyen Dolma is an Unmistaken Recognition of supreme reincarnation of His Holiness Late Trulshik Rinpoche. The Yangsi arrival at Dzarong Thupten Dongak Choeling Monastery .  June 23rd, 2018, Chewa Chu Ja Pemba The helicopter landed in Monastery helipad around 10:50 AM with Yangsi an