Skip to main content

यस्ता छन् कांग्रेसले अघि सार्ने भावी मुख्यमन्त्रीका उम्मेदवार


काठमाडौं– आगामी प्रदेशसभाको निर्वाचनपछि सात प्रदेशमा मुख्यमन्त्री चयन हुनेछन् । मंसिर १० र २१ गते हुने निर्वाचनपछि उनीहरुको चयन प्रक्रिया सुरु हुनेछ । सात प्रदेशको मुख्यमन्त्री हुनका लागि विभिन्न राजनीतिक दलका केही चर्चित र युवा नेताहरु प्रदेशको प्रत्यक्ष र समानुपातिक सूचीमा छन्। 
सांसद र मन्त्री भइसकेका केही नेताहरु समेत भावी मुख्यमन्त्रीको दाबेदारीसहित प्रदेशको प्रत्यक्ष र समानुपातिक सूचीमा छन् । कांग्रेसका केही प्रभावशाली नेताहरुसँगको कुराकानी अनुसार आगामी निर्वाचनमा मुख्यमन्त्रीको सम्भावना बोकेको केही अनुहार यस्ता छन्ः
प्रदेश नम्बर १
गुरुराज घिमिरे : मोरङबाट राजनीति गर्दै आएका घिमिरे नेपाली कांग्रेसका युवा नेता हुन् । नेपाल विद्यार्थी संघको अध्यक्ष रहिसकेका घिमिरे कांग्रेस केन्द्रीय सदस्य छन् । घिमिरे यस पटक प्रतिनिधिसभाका लागि टिकटको दाबेदार भए पनि मुख्यमन्त्रीको दौडका कारण प्रदेशमा झरेका छन्।  
आङगेलु शेर्पा : शेर्पा सोलुखुम्बुका चर्चित युवा नेता हुन् । शेर्पा विद्यार्थी, तरुण हुँदै केन्द्रीय राजनीतिमा सक्रिय छन् । आदिवासी, जनजाति समेत भएकाले शेर्पा मुख्यमन्त्रीको दौडमा छन्।
प्रदेश नम्बर २
महेन्द्र यादव : पूर्वी मधेसका ८ जिल्ला रहेको दुई नम्बर प्रदेश कांग्रेसको पकड क्षेत्र हो । स्थानीय चुनावको नतिजामा केही खस्किए पनि यसअघिका संविधानसभा र संसदीय निर्वाचनलाई आधार मान्दा मधेसलाई कांग्रेसको भोट बैंक मानिन्छ । यस प्रदेशको मुख्यमन्त्रीको दाबेदारका रुपमा दुई नेतामध्ये एक हुन्, केन्द्रीय सदस्य महेन्द्र यादव । उनी मधेसका प्रभावशाली नेता मानिन्छन् । पूर्वसांसद यादव प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री विमलेन्द्र निधिसँग नजिक छन् । उनी तरुण दलका पूर्वअध्यक्ष समेत हुन्।
किरण यादव : यादव मधेसमा चर्चित महिला नेता हुन् । कांग्रेस केन्द्रीय सदस्य उनी मधेसको प्रभावशाली नेताहरुको सूचीमा पर्छिन् । दोस्रो संविधानसभामा महोत्तरीबाट प्रत्यक्ष निर्वाचित उनी पूर्वराष्ट्रपति रामवरण यादवकी भतिजी समेत हुन् । उनी भावी मुख्यमन्त्रीको एक्ली महिला दाबेदार हुन्।
प्रदेश नम्बर ३
जगदीश्वर नरसिंह केसी : नुवाकोटका जिल्ला अध्यक्ष रहेका केसी दोस्रो संविधानसभामा सांसद पनि भए । प्रत्यक्षतर्फ टिकट नपाए पनि समानुपातिकबाट सांसद बनेका केसी अर्जुननरसिंह केसीका भाइ हुन् । नुवाकोटमा प्रतिनिधिसभातर्फ २ वटा मात्र क्षेत्र रहेको र चुनाव लड्ने ‘हेभी वेट’का धेरै नेता भएपछि उनी प्रदेशको मुख्यमन्त्री हुने सोचका साथ प्रदेशसभामा उठ्न लागेका हुन् । तीन नम्बर प्रदेशका लागि केसी नै प्रमुख दाबेदारको रुपमा देखिएका छन्।
रमेश धमला  :  धादिङ जिल्ला सभापति धमला प्रतिनिधिसभामा प्रत्यक्षतर्फ टिकट पाउने सम्भावना बोकेका उम्मेदवार थिए । तर, उनले मुख्यमन्त्री हुने चाहना राख्दै प्रदेशमा लड्ने भएका छन्।
जितनारायण श्रेष्ठ : चितवनका स्थानीय नेता श्रेष्ठ पार्टी सभापति शेरबहादुर देउवाको आग्रहमा गत स्थानीय तह निर्वाचनमा माओवादी अध्यक्ष पुष्पकमल दाहालकी छोरी रेणु दाहाललाई जिताउन खटिएका थिए । प्रतिनिधिसभा तर्फको टिकट दाबी गरे पनि केन्द्रीय तहका नेता उक्त क्षेत्रमा निर्वाचन लड्ने भएपछि उनलाई प्रदेशमा स्थान दिइएको छ । आगामी निर्वाचनमा ३ नम्बर प्रदेशमा बहुमत ल्याएमा मुख्यमन्त्री हुने दौडमा उनी पनि हुनेछन्।
 
प्रदेश नम्बर ४
प्रदीप पौडेल : नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष पौडेल हाल पार्टीको केन्द्रीय कमिटी सदस्य छन् । उनी तनहुँमा प्रतिनिधिसभाका लागि सिफारिसमा परेका छन् । तर, तनहुँमा रामचन्द्र पौडेल र अर्का नेता गोविन्दराज जोशीले टिकटको दाबेदारी गरेपछि उनी प्रदेशको मुख्यमन्त्री बन्ने सम्भावना हेरेर प्रदेशमा झरेका हुन् । युवा नेता र सम्भावना धेरै भएको भन्दै उनले आफूलाई प्रदेशको मुख्यमन्त्रीको दाबेदारका रुपमा अघि सारेका छन्।
गोविन्द भट्टराई : भट्टराई कांग्रेसका केन्द्रीय सदस्य हुन् । उनी विद्यार्थी राजनीति हुँदै केन्द्रीय राजनीतिमा स्थापित भएका नेता हुन् । नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष भट्टराई चार नम्बर प्रदेशका चर्चित युवा नेता हुन्।
धनराज गुरुङ : केन्द्रीय सदस्य गुरुङ चर्चित नेता हुन् । पहिलो र दोस्रो संविधानसभामा सांसद रहेका उनी संसदको लेखा समिति सदस्य समेत थिए । समानुपातिक प्रणालीअन्तर्गत उनी स्याङ्जाबाट दोस्रो पटक संविधानसभा सदस्य भएका हुन् । उनी पनि प्रदेशको मुख्यमन्त्रीका एक प्रमुख दाबेदार हुन्।
प्रदेश नम्बर ५
वीरबहादुर राना : राना पाल्पाका स्थानीय नेता हुन् । दोस्रो संविधानसभा निर्वाचनमा उनी सांसदको टिकट पाउने सूचीमा परे पनि पछि हटाइए । यस पटक पनि प्रतिनिधिसभाको टिकट पाउने सम्भावना नभएपछि उनी प्रदेशसभामा उम्मेदवार बन्दै छन्।
अभिषेकप्रताप साह : उपेन्द्र यादवको संघीय समाजवादी फोरमबाट हालै नेपाली कांग्रेस प्रवेश गरेका साह पनि मुख्यमन्त्रीको एक दाबेदार हुन् । कपिलवस्तु जिल्लाबाट दुवै पटक संविधानसभामा निर्वाचित उनको कांग्रेस नेता दीपकुमार उपाध्यायसँग पारिवारिक सम्बन्ध छ । उनका हजुरबुवा शिवप्रसाद साह २०१५ सालमा विपी कोइराला नेतृत्वको सरकारमा अर्थ राज्यमन्त्री थिए । बुवा अजयप्रसाद साह २०५६ सालमा राप्रपाबाट सांसद थिए।
विक्रम खनाल : खनाल अघिल्लो संविधानसभामा नवलपरासी–५ बाट निर्वाचित भएका थिए । महामन्त्री शशांक कोइरालानिकट खनाल प्रभावशाली युवा नेता मानिन्छन् । यस पटक मुख्यमन्त्रीको दाबेदारीसहित उनी प्रदेशमा उठ्ने भएका छन्।
प्रदेश नम्बर ६
जीवनबहादुर शाही : शाही पूर्व पर्यटनमन्त्री हुन् । कर्णालीको हुम्लाबाट उनी संविधानसभामा निर्वाचित भएका हुन् । कर्णालीका प्रभावशाली नेता उनी प्रदेश–६ का लागि कांग्रेसबाट सर्वसम्मत उम्मेदवार हुन्। 
प्रदेश नम्बर ७
नरनारायण साह : कैलाली कांग्रेसका सभापति रहेका साहको नाम प्रदेशसभाका लागि सिफारिस भएको छ । निर्वाचन जितेमा प्रदेश–७ मा कांग्रेसका मुख्यमन्त्रीको उम्मेदवार उनी नै हुनेछन्।
 

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।