Skip to main content

सि-आस्वा प्रणाली भनेको के हो ? यो प्रणाली बाट कसरी IPO FPO Right share सेयर आवेदन गर्ने ?

अन्लाईन सेवाको माध्यम बाट घरमै बसेर मोबाईल तथा कम्प्युटरको माध्यम बाट सेयर आवेदन दिन सकिने  व्यवस्थालाई सि-आस्वा प्रणाली भनिन्छ । यो प्रणाली बाट सेयर आवेदन दिनको लागी लगानीकर्ताले आफनो आस्वा सेवा भएको बैंकमा गएर सुरुमा सि-आस्वा प्रणाली सुविधा लिनको लागि आवेदन दिनु पर्दछ । त्यसपछि बैंकले लगानीकर्ताको पहिचान गरि सफटवेरमा भेरिफिकेशन गरिदिने छ र लगानीकर्ता लाई एउटा भेरिफिकेशन कोड CRN (C-ASBA Registration  Number) नम्बर दिनेछ यहि कोड नम्बर प्रयोग गरि लगानीकर्ताले अब उप्रान्त बैंकमा नगईकन नै हरेक पटक IPO FPO Mutual Fund र Right share  घरमै बसि-बसि भर्न सक्नेछ्न । तर सान्जेन र रसुवा घढिको IPO मा आवेदन दिन भने आफनो बैंक खाता भएको बैंक जहाँ बाट CRN नम्बर लिनु भएको छ तेहि बैंकमा सन्चयकोष कट्टी कार्ड र आफुनो परिचय पत्र लिएर जानू पर्नेछ ।
सि-आस्वा बाट सेयर मा आवेदन दिनको लागी निम्न चरण पूरा गर्नु पर्दछ:
१. सर्वप्रथम तपाईहरुले तपाईंहरुको बैंक खाता भएको बैंक मा गएर CRN नम्बर लिनुपर्छ  त्यस पछि DMAT खाता भएको ब्रोकर वा बैंक मा गएर DMAT अन्लाईन सेवा User Id र Password लिनुहोस ।
२.दोस्रो चरण मा मोबाईल वा कम्प्युटर मा गएर www.meroshare.cdsc.com.np हान्नुहोस त्यस पछि यस्तो कोठा खोल्ने छ ।


यो फारम को सुरुको कोठामा  मा Dmat खाता खोलेको संस्था छनौट गर्नुहोस दोस्रो कोठामा DMAT अन्लाईन सेवा लिदा दिएको Login ID type गर्नुहोस् र अन्तिम कोठामा पासवर्ड हान्नुहोस Login मा क्लिक गर्नुहोस । त्यस पछि यस्तो कोठा खोल्छ ।

३. अब current issue मा क्लिक गर्नुहोस त्यस पछि IPO FPO Right share र Mutual Fund जारी गरेका कम्पनीहरु को list देखाउने छ । यस्तो देखाउने छ

४.अब तपाईले कुन कम्पनीको सेयर आवेदन दिने हो त्यसको Apply मा क्लिक गर्नुहोस त्यस पछी यस्तो फारम खोल्ने छ


यो फारम को सुरुको कोठामा कती कित्ता सेयर हाल्ने हो हान्नुहोस जस्तै ५० कित्ता हान्नुहोस दोस्रो कोठामा स्वत रकम आउने छ तेस्रो कोठामा तपाईले सि-आस्वा सुबिधा लिएको बैंक छनौट गर्नुहोस् साखा र खाता नम्बर स्वत्त आउनेछ र अन्तिम कोठामा CRN नम्बर हान्नुहोस र Apply मा क्लिक गर्नुहोस् त्यस पछि यस्तो फारम खोल्ने छ ।


५. यो फारमको अन्तिम कोठामा जब तपाईले माथी Apply गर्नुहुन्छ तपाईंको ईमेल मा एउटा कोड नम्बर आउँछ त्यो कोड नम्बर लाई यो फारमको अन्तिम कोठा मा पेस्ट वा Type गर्नुहोस Type गर्नलाई मोबाईल को screen rotation गर्नु पर्छ  र अन्तिममा conform गरिदिनुहोस ।
अब तपाईंको सेयर आवेदन सफल भयो भनेर message आउने छ ।
 सेयर आवेदन गरिसके पछि check application report मा क्लिक गर्नुहोस् त्यहाँ बैंकले खाता को रकम chek गरेर रोक्का नगरे सम्म unverified भनेको हुन्छ खाता को रकम रोक्का गरेपछि मात्र verified हुन्छ ।

६. अब Check application Report मा क्लिक गर्नुहोस् त्यस पछि यस्तो देखाउछ ।




 एक जना ब्यक्तिले एक पटकमा एउटा IPO तथा FPO मा आवेदन दिन सक्छन् । सफटवेयरले लगानीकर्ताको सम्पुर्ण विवरणको रेकर्ड राख्ने हुनाले एक भन्दा बढी आवेदन दिन खोजेमा सफटवेयरले अटोमेटिक रूपमा त्यो आवेदन खारेज गरिदिन्छ ।
     यसरी तपाईहरुले घरमै बसि IPO FPO र Right Share मा सजिलै सग आवेदन दिन सक्नुहुनेछ ।

 अहिलेसम्म सि-आस्वा सुबिधा भएका बैंकहरुमा:


माथी उल्लेखती सबै बैंक हरुले सि-आस्वा अनुमति लिएर बसेकाछ्न तर सेवा सुरु गरि सकेका छैन । अहिलेसम्म सेबा सुरु गरेका बैंकहरुमा Rbb Sbl Nica  Nib Nbl जनता गरिमा Srbl NMB प्रभु MBL Nbb नबिल Adbl कुमारी मेगा देव विकास लगायत  छ्न । अब फाल्गुन ११ सम्ममा सबै बैंकहरुले अनिवार्य सि-आस्वा सुबिधा दिनै पर्छ ।

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।