Skip to main content

प्रदेश सभा १ मा शेर्पा पोशाक - चुनाबी बाचा पुरा गर्दै राजभण्डारी


राजभण्डारीसँग फोटो खिच्नेको घुइचो, सबै जाति समुदायका उत्थानका लागि प्रतिबद्ध
२२ माघ, सोलुखुम्बु  - सोलुखुम्बुवाट निर्वाचित सांसद बुद्धिकुमार राजभण्डारी प्रदेश सभाको पहिलो बैठकमा शेर्पा पोशाकमा सहभागी भएकाछन् । प्रदेश सभा ख वाट विजयी भएका राजभण्डारीले चुनाब प्रचारका क्रममा गरेको वाचा अनुरुप शेर्पा पोशाक छुवा लगाएर बैठकमा सहभागी भएका हुन् ।  
बहुजातीय बसोबास रहेको सोलुखुम्बुमा रहेका सबै जातजाति प्रति आफ्नो सम्मान् रहेको भन्दै राजभण्डारीले सोलुखुम्बु समाचारसँगको कुराकानीमा जातीय सद्भाव अझ मजबुत बनाउनु पर्नेमा जोड दिए । आफूले चुनाबी प्रचारका दौरानमा गरेका सबै कुराहरु प्राथमिकताका साथ पुरा गर्ने भन्दै उनले नेपाललाई विश्वमा चिनाउन नेपाली शेर्पाहरुको भूमिका महत्वपूर्ण रहेका बताए ।  
प्रदेश सभा निर्वाचनका क्रममा शेर्पा जाति बिरुद्ध अभिव्यक्ति दिएको आरोप खेपेका राजभण्डारीले सबै जातजाति आफ्नो प्राथमिकतामा रहेको दोहोर्याए । सस्तो लोकप्रीयताका लागि पोशाकको प्रचार नगरेको दाबी गर्दै उनले समृद्ध सोलुखुम्बु निर्माणका लागि प्रतिबद्ध रहेको बताए । प्रदेश नम्बर १ मा बामगठबन्धनको सरकार बन्ने पक्का भएसँगै सम्भाबित मन्त्रीको रुपमा समेत हेरिएका राजभण्डारीले पार्टीले दिएको जुनसुकै जिम्मेवारीका लागि आफू तयार रहेको बताए । 
शेर्पा पोशाकमा सजिएर प्रदेश नम्बर १ को बैठक स्थलमा पुगेका राजभण्डारीले समग्र शेर्पाहरुको शीर उच्च बनाएको प्रतिक्रिया शेर्पा समुदायको रहेको छ । बैठक स्थलमा राजभण्डारीको फोटो खिच्नेका घुइचो लागेको थियो । 
प्रदेश सभा निर्वाचनमा राजभण्डारीले नेपाली कांग्रेसका आङ गेलु शेर्पालाई पराजित गरेका थिए । राजभण्डारीले १० हजार ३८७ मत पाउँदा शेर्पाले ७ हजार ९२९ मत प्राप्त गरेका थिए । 
पूर्वको १४ जिल्ला रहेको प्रदेश नम्बर १ मा प्रत्यक्ष र समानुपातिक गरी ९३ जना सांसद रहेकाछन् ।

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।