सगरमाथा चढ्नेहरूकाे कथा “समय बितेको पत्तो नै नहुने हिमालमा “
(डोमा शेर्पा) आज भन्यो भोलि भन्यौ दिनहरु बिति रहेको छ । सगरमाथा आरोहणको क्रममा छु । एक जनाले एका थरी भन्छ अर्कोले अर्को थरी । बुज्दै छु हिमाल आरोहणको कथा व्याथ ।
यता गएनी उता गएनी टेन्ट टागेको पूरा बेस क्याम नै टेन्टमय भएको देख्छु । लाग्छ सानोमा हाट बजार गए सो सरह छ बेस क्याम ।
क्याम १, २ , ३ जादाको पलहरु सम्झन्छु । मन खुसी हुन्छ । पाइला पाइलाको संघर्ष, खुम्बु आइस फलको दिनहु जाने पहिरो । सबै जना भन्ने गर्छ “बहिनि खुम्बु आइस फल dengerous छ है होस गरेर जानु” जोखिम मोल्ने बानि परेर होला पहिरोको प्रवाह नगरी निरन्तर पाइला चाली रहेको छु । पापाआमा दाइबहिनी दिनहु सोध्नु हुन्छ ” के हुदैछ, कहाँ पुग्यो, गाह्रो त भएको छैन” उहाहरुको माया, हौसला र साथले गर्दा होला उहाहरुसगै छु जस्तो लाग्छ ।
आरोहण अभियान सुरु गर्नु पुर्व धेरै आरोही दाइदिदिहरुसग भेटे सल्लाहा लिएको थिए । हिमाल आरोहण सजिलो छैन ज्यानलाइ बाजीमा राखेर जानु पर्छ । उहाहरु बन्नु हुन्थ्यो तर गरे के हुन्न र आट्नुस हिम्मत गर्नुस सकिन्छ भनी हौसला दिनु हुन्थ्यो ।
क्याम १,२,३ सम्म पुग्दा धेरै अनुभबहरु बटुल्न पाए । उकालो ओरालो बाटो, खर्पस भित्र छिरिएलाकी भन्ने डर, ह्याङ्गिङमा १० देखि १५ मिनेट्को ज्युमरिङ गरि जादाको पलहरु जीवनमा बिर्सन नसक्ने गरि बसेको छ ।
जब गाह्रो ठाउँ आउथ्यो आरोही शेर्पाहरु जतिनै दुख भएपनि सहयोग गर्न आउने उहाहरुको सहयोगी मन देखेर आफैलाई नै गर्व महसुज हुन्थ्यो । उनिहरु केही होला के भइ रहेको छ । पल पल सोध्ने गर्छ ” गाह्रो त भएको छैन” हिमाल हो । अलि अलि गाह्रो सहनु पर्छ बन्छन । हुन पनि हो हिमाल हो अलि अलि गाह्रो त सहनै पर्छ ।
अब चाडै नै सगरमाथा आरोहण गर्नेछु । तयारि भइ रहेको छ । बाटो खोल्ने तयारी भइ रहेको छ । आरोहणको दिन कहिले आउला भनी दिन गनि रहेको छु । चाडै नै अरोहण गरि ” आवाज विहिनहरुको आवाज” आवाज बन्नेछु ।
Comments
Post a Comment