Skip to main content

हिमाल आरोहणको कथा व्याथ ।


सगरमाथा चढ्नेहरूकाे कथा “समय बितेको पत्तो नै नहुने हिमालमा “



(डोमा शेर्पा) आज भन्यो भोलि भन्यौ दिनहरु बिति रहेको छ । सगरमाथा आरोहणको क्रममा छु । एक जनाले एका थरी भन्छ अर्कोले अर्को थरी । बुज्दै छु हिमाल आरोहणको कथा व्याथ ।
यता गएनी उता गएनी टेन्ट टागेको पूरा बेस क्याम नै टेन्टमय भएको देख्छु । लाग्छ सानोमा हाट बजार गए सो सरह छ बेस क्याम ।
क्याम १, २ , ३ जादाको पलहरु सम्झन्छु । मन खुसी हुन्छ । पाइला पाइलाको संघर्ष, खुम्बु आइस फलको दिनहु जाने पहिरो । सबै जना भन्ने गर्छ “बहिनि खुम्बु आइस फल dengerous छ है होस गरेर जानु” जोखिम मोल्ने बानि परेर होला पहिरोको प्रवाह नगरी निरन्तर पाइला चाली रहेको छु । पापाआमा दाइबहिनी दिनहु सोध्नु हुन्छ ” के हुदैछ, कहाँ पुग्यो, गाह्रो त भएको छैन” उहाहरुको माया, हौसला र साथले गर्दा होला उहाहरुसगै छु जस्तो लाग्छ ।
आरोहण अभियान सुरु गर्नु पुर्व धेरै आरोही दाइदिदिहरुसग भेटे सल्लाहा लिएको थिए । हिमाल आरोहण सजिलो छैन ज्यानलाइ बाजीमा राखेर जानु पर्छ । उहाहरु बन्नु हुन्थ्यो तर गरे के हुन्न र आट्नुस हिम्मत गर्नुस सकिन्छ भनी हौसला दिनु हुन्थ्यो ।
क्याम १,२,३ सम्म पुग्दा धेरै अनुभबहरु बटुल्न पाए । उकालो ओरालो बाटो, खर्पस भित्र छिरिएलाकी भन्ने डर, ह्याङ्गिङमा १० देखि १५ मिनेट्को ज्युमरिङ गरि जादाको पलहरु जीवनमा बिर्सन नसक्ने गरि बसेको छ ।
जब गाह्रो ठाउँ आउथ्यो आरोही शेर्पाहरु जतिनै दुख भएपनि सहयोग गर्न आउने उहाहरुको सहयोगी मन देखेर आफैलाई नै गर्व महसुज हुन्थ्यो । उनिहरु केही होला के भइ रहेको छ । पल पल सोध्ने गर्छ ” गाह्रो त भएको छैन” हिमाल हो । अलि अलि गाह्रो सहनु पर्छ बन्छन । हुन पनि हो हिमाल हो अलि अलि गाह्रो त सहनै पर्छ ।
अब चाडै नै सगरमाथा आरोहण गर्नेछु । तयारि भइ रहेको छ । बाटो खोल्ने तयारी भइ रहेको छ । आरोहणको दिन कहिले आउला भनी दिन गनि रहेको छु । चाडै नै अरोहण गरि ” आवाज विहिनहरुको आवाज” आवाज बन्नेछु ।

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।