Skip to main content

शेर्पाबिनाका हिमाल

सानैमा सुनेको थिएँ, 'जहाँ हिमाल त्यहाँ शेर्पा, जहाँ शेर्पा त्यहाँ हिमाल ।' साथीभाइबीच्ा गफ हुन्थ्यो, 'सर एडमण्ड हिलारीलाई त तेन्जिङ नोर्गेले बोकेर सगरमाथा चढाएका रे !'  यस्तै शेर्पा-गाथा सुनेर हुर्किएको मैले यस वर्षको सुरुमै उनीहरूसम्बन्धी दुःखद खबर  लेख्नुपर्‍यो । सगरमाथा आरोहणका क्रममा हिमपहिरोमा परी १६ जना शेर्पाले ज्यान गुमाएको घटना आरोहण इतिहासकै एउटा त्रासदी थियो ।

दुई वर्षदेखि सगरमाथा आधारशिविर पुग्ने तीव्र इच्छा थियो । तर खुम्बुक्षेत्र एक्लो यात्रीका लागि जोखिमपूर्ण हुने भएकोले जान सकिरहेको थिइनँ । तर यसपालिको घटनाले यस पत्रकारलाई त्यसतर्फ डोर्‍यायो । हिमपहिरोले शेर्पाहरूको मृत्यु भएपछि आरोहण स्थगित  भएको थियो । त्यही भएर, व्यक्तिगत कामलाई थाती राख्दै वैशाख अन्तिम साता ओखलढुंगादेखि आधारशिविरसम्मको यात्रा तय गरियो । साथमा थिए पत्रकार मित्रहरू दीपेन्द्र रुम्दाली र बुद्धवीर बाहिङ ।

'नरमाइलो खबर' संकलन गर्न हिँडेका हामीलाई खुम्बु यात्राको रोमाञ्चकताले राहत दिन्थ्यो । यात्रा साहसिक र खर्चिलो दुवै थियो । ओखलढुंगादेखि सोलु सदरमुकाम सल्लेरीबाट, फाप्लु, बेनी, टाक्सिन्दु, जुभिङ हुँदै तेस्रो दिन लुक्ला पुगियो । त्यसपछि लुक्लाबाट  फाक्दिङ, राङदिङ, टोकटोक



, बेंकर, मोन्जो, जोरसल्ले हुँदै नाम्चे टेकियो । त्यहाँबाट क्याङजुमा, फुंगीथांका, त्याङबोचे, दिबुचे, पाङबोचे, सोमारे, फेरिचे, थुक्ला, लबुचे, गोरक्सेप भएर पाँचौं दिनमा सगरमाथा आधारशिविर पुगियो ।

नाम्चेबाटै चारैतिर देखिने हिमालहरू खुुबै मनमोहक थिए । कुसुम खाङग्रु, कोङदे, थामसेर्कु, खाङतेका, खुम्बिह्युला, आमादब्लम, तबुचे, लबुेचलगायतका हिमशृंखलालाई पछाडि पार्दै अगाडि बढ्नु कम्ती रोमाञ्चक थिएन ।

बाटोभरि खच्चड र जोक्पे -याक, चौंरी) का बथान । बुद्ध धर्मावलम्बीका मानेहरू । रातो, गुलाबी र सेतो गुराँसका झ्याङहरू । विदेशी पदयात्रीहरू पातलिँदै थिए । रित्तो हिँड्न नसकिने ठाउँमा ८० किलोभन्दा बढीको भारी बोक्नेहरूको साहस पनि अचम्मकै दे खिन्थ्यो । बादलले लुकामारी गरिरहने हिमालका चुचुराहरू जति आकर्षक लाग्थे त्यति नै मनमोहक थिए, घरीघरी नाचिरहने हिउँका फूलहरू ।

विभिन्न मुलुकका पर्यटक लाखौं खर्चेर आधारशिविरको पदयात्रामा आउनेको संख्या वाषिर्क हजारभन्दा बढी छ । तर यस वर्ष 'स्पि्रङ सिजन' सकिनुअघि नै अधिकांश पर्यटकहरू फर्किए । कारण उही थियो- हिम पहिरोपछिको आरोहण रद्द । 'कति त घरबार बेचेर  आरोहणका लागि आएका भन्थे,' सगरमाथा प्रदूषण नियन्त्रण समितिका महासचिव लामाकाजी शेर्पा भन्दै थिए, 'आँखाभरि आँसु बनाएर फर्किने धेरै थिए ।'

यस वर्ष सगरमाथा, लोहत्से र नुप्त्से गरी तीन समूह हिमाल आरोहण गर्न ४ सय ५३ जनाले अनुमति लिएका थिए । सगरमाथाका लागि ३१ समूह थिए । तिनमा एक समूह नेपालीको थियो । लोह्त्सेका लागि नौ समूहका ८८ जना र नुप्त्सेका लागि पाँच समूहका  ३६ जना थिए ।

आरोहण रद्द भएकाले बाटोमा शेर्पाहरू भेटिएनन् । उनीहरूले आरोहण रद्द गरेपछि सधैं भीडभाड हुने मौसममा पनि आधारशिविर वरपर कागको बथान मात्रै देखिन्थ्यो ।

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।