एभरेष्ट लिङ्कले खुम्बु क्षेत्र र ती दुई हिमालका आधारशिविरमा पनि वाइफाई इन्टरनेट जडान गरेको हो । यस्तै सोलुमुम्बुका नाम्चे, खुम्जुङका साथै पर्यटकीय बस्तीहरु गोक्यो, दोले, मछेर्मो, फेरुचे, दिङ्बुचे, दिबुचे, फोर्चे, तेङ्बोचे, पाङोचे, मञ्जो, फाक्दिङमा पनि इन्टरनेट सेवा सुरु भएको छ ।

इन्टरनेट सेवा शुरु भएपछि दुर्गम उच्च हिमालीक्षेत्रको कुनाकन्दरासम्म ल्यापटप, मोबाइल र ट्यावलेटलगायत डिभाइसमा वाइफाईमार्फत इन्टरनेट प्रयोग गर्न सकिनेछ । इन्टरनेट सेवा पाएपछि यस क्षेत्रमा आउने पर्यटक खुसी छन् ।
Comments
Post a Comment