Skip to main content

विश्‍व पर्यटनमा नेपालको छवि उज्यालियो

विश्व पर्यटन मानचित्रमा नेपालले फेरि आफ्नो सशक्त उपस्थिति जनाउन थालेको छ। पछिल्लो समय अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले नेपालको पर्यटनका बारेमा प्रकाशन प्रसारण गरेपछि नेपालको पर्यटन क्षेत्रले व्यापकता पाएको हो। 

विश्वका प्रसिद्ध पर्यटकीयस्थानको प्रवर्द्धन गर्ने सञ्चार समूहले नेपालका पर्वतीय पर्यटन, पदयात्रा, गन्तव्य, होटेल र पर्यटकीय गाउँका बारेमा प्रचार गरी पर्यटन प्रवद्र्धनमा सहयोग गरिरहेका छन्। 

अन्तर्राष्ट्रिय ट्राभल पोर्टल लोनली प्लानेटले दुई साताअघि मात्र नेपालको खुम्बु क्षेत्रलाई उत्कृष्ट १० औं गन्तव्यको सूचीमा राखेको छ। लोनलीले गत अक्टोबरको अन्तिम साता नेपालको सगरमाथा क्षेत्र (खुम्बु) लाई सन् २०१५ मा घुम्नैपर्ने गन्तव्यको छैटौं नम्बरमा राखेको हो। 


विश्वका घुम्नैपर्ने चारवटा पदयात्रा गन्तव्यको सूचीमा नेपालको ग्रेट हिमालय ट्रेल पनि परेको छ। ट्राभल आइडियाले गतसाता सार्वजनिक गरेको चार उत्कृष्ट गन्तव्य सूचीको तेस्रो नम्बरमा ग्रेट हिमालय ट्रेललाई राखेको छ। विश्वकै लामो र साहसिक पदयात्रा ग्रेट हिमालयन टे्रल पूरा गर्न एक सय २० देखि एक सय ५० दिनसम्म लाग्छ। 

विश्वका प्रसिद्ध पर्यटकीयस्थानको प्रवद्र्धन गर्ने सञ्चार समूहले नेपालका पर्वतीय पर्यटन, पदयात्रा गन्तव्य, होटेल र पर्यटकीय गाउँका बारेमा प्रचार गरी पर्यटन प्रवद्र्धनमा सहयोग गरिरहेका छन्। 
सन् २०१५ मा घुम्नैपर्ने विश्वकै उत्कृष्ट १० गन्तव्यमध्ये नेपाल परेकोले 'बेस्ट इन ट्राभल २०१५' अवार्डबाट नेपाल सम्मानितसमेत भएको छ। साहसिक गन्तव्य रु चाउनेका निम्ति नेपाल उत्कृष्टको सूचीमा परेकै कारण बेलायतको लन्डनमा भएको वल्र्ड ट्राभल मार्केट २०१४ (डब्ल्यूटीएम) ले नेपाललाई अवार्ड प्रदान गरेको नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ। 
 
होटेल संघ नेपाल (हान) का महासचिव विनायक शाहले नेपालले पर्यटन प्रवद्र्धन आफैं गर्नुपर्ने भए पनि अन्तर्राष्ट्रिय क्षेत्रले गरिदिने यस्तो प्रचार लाभप्रदायक हुने बताउँछन्। उनका अनुसार बीबीसी, सीएनएन, ट्रिप एड्भाइजर, ट्राभल आइडिया, लोनली प्यानेटलगायतका अन्तर्राष्ट्रिय सञ्चारमाध्यममार्फत नेपालको प्रचार हुनु भनेको विश्वभर नि:शुल्क विज्ञापन हुनु हो। 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा हुने यस्तो प्रचार नेपाललीले करोडौं रुपैयाँ खर्च गरेर पनि गर्न नसकिने शाहको बुझाइ छ। उनका अनुसार सधैं अर्काले गरेका नि:शुल्क प्रचारमा रमाउनु भन्दा नेपालले नै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई बोलाउने वा ट्राभल राइटरलाई ल्याएर यथार्थ देखाउनुपर्छ। यसका लागि नेपाल सरकार र पर्यटन बोर्डको समन्वयमा नेपालमा अन्तर्राष्ट्रिय ट्राभल राइटरलाई ल्याउने हो भने हान बसोबास र खानाको व्यवस्था मिलाउन तयार रहेको जानकारी शाहले दिए। 

नेपालको पर्यटन प्रवद्र्धन र विकास गर्ने संस्था नेपाल पर्यटन बोर्डले पर्यटन प्रवद्र्धनमा वार्षिक करिब २० करोड रुपैयाँ खर्च गर्ने गरेको भए पनि यो प्रभावकारी बन्न सकेको छैन। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले पदयात्रा, पर्वतारोहण, होटेल, :याफ्टिङ र विभिन्न पर्यटकीय गन्तव्यसहित काठमाडौं र बाहिरका क्षेत्रलाई उत्कृष्टताको सूचीमा राख्ने गरेका छन्। 

गतवर्ष पनि बेलायती पत्रिका 'डेलिमेल र वल्र्ड एक्सपिडिसस' ले संयुक्त रूपमा सगरमाथा आधार शिविर तथा कालापत्थर पहिलो पदयात्रा गन्तव्यमा राखेका थिए। संसारकै सबैभन्दा ठूलो ट्राभल वेबसाइट ट्रिप एडभाइजरले पनि गत मंसिर तेस्रो साता काठमाडौंलाई विश्वकै तेस्रो उत्कृष्ट गन्तव्यमा राखेको थियो। 

विश्वभरका उत्कृष्ट १० उदीयमान पर्यटकीय गन्तव्यको सूचीमा काठमाडौंलाई तेस्रो स्थानमा यो वेबसाइटले राखेको थियो। 

नेपालको सुनकोसी नदीलाई उत्कृष्ट :याफ्टिङ गन्तव्यका रूपमा लोनली प्लानेटले अघिल्लै वर्ष राखेको थियो। नेपालको पर्यटन छोटो समयमा नै ठूलो उपलब्धि दिन सक्ने सम्भावना भएको क्षेत्र भएको शाहको बुझाइ छ। उनका अनुसार अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले दिलाएको उपलब्धिलाई नै हामीले भोलीका दिनमा पर्यटकीय गन्तव्य प्रवद्र्धनको आधार बनाउन सक्नुपर्छ। 

Comments

  1. The most efficient way would be create the most effective and up to date websites about Nepal and put so much varieties of choices and make sure that maintain the website up and running

    ReplyDelete

Post a Comment

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना) १८.५*१८.५ (फूट)।  १६ आना =५४७६ (वर्गफूट) १ (रोपनी) ७४*७४ (फूट)। १।४ धुर =४५.५६२५ (वर्गफूट) ६.७५*६.७५ (फूट)।  

How To Manage Blood Pressure Naturally

Reincarnation His Holiness Kyabye Trulshik Rinpoche, welcome And bless us Rinpoche.

Ever since Kyabje Trulsik Rinpoche passed away on September 2nd, 2011, finding his Reincarnation (Yangsi) has been awaited with great hope and deep devotion, especially in the Sherpas & Tibetans Buddhist Nyingma Tradition living in all over the world.  On 29th of May 2018, Saga Dawa day, we are all over joy to hear that His Holiness 4th Dodrupchen Rinpoche, Kyabje Dodrup Thupten Thinley Palbar (one of the most important living masters in the Nyingma and Dzogchen traditions) Chorten Gonpa Monastery, Tadong, Gangtok, Sikkim, India recently made this kind proclamation that a son born to the father, Ngawang Jigdrel Chokyi Wangchuk, the lineage holder of Maratika Lama, and the mother Orgyen Dolma is an Unmistaken Recognition of supreme reincarnation of His Holiness Late Trulshik Rinpoche. The Yangsi arrival at Dzarong Thupten Dongak Choeling Monastery .  June 23rd, 2018, Chewa Chu Ja Pemba The helicopter landed in Monastery helipad around 10:50 AM with Yangsi an