Skip to main content

इन्टरनेटमा कसरी समय खेर फाल्ने ? अब विश्वविद्यालयले नै सिकाउनेछ

इन्टरनेटमा अफवाहजन्य कुरा पढेर, अनावश्यक भिडियो हेरेर तथा फेसबुक चलाएर धेरै समय खर्च गर्नुपर्दा कतिपय विद्यार्थीहरुले पश्चाताप महसुस गर्छन्, आफुले अध्ययनमा समय दिन नसकेको भन्दै ।
तर, अव भने यस्तो पश्चाताप मान्नु नपर्ने भएको छ । अमेरिकाको एक प्रतिष्ठित विश्वविद्यालयले इन्टरनेटमा कसरी समय खेर फाल्ने भन्ने विषयमा स्नातकोत्तर -मास्टर्स डिग्री)को पढाइ नै सुरु गर्दैछ ।
अमेरिकाको पेन्सील्भेनिया विश्वविद्यालयको अंग्रेजी विभागले अर्को सेमेस्टरदेखि ‘इन्टरनेटमा समय खेर फाल्ने’ सम्बन्धी विषयमा पढाइ सुरु गर्दैछ ।
यो विषय पढ्ने विद्यार्थीहरुलाई तीन घण्टासम्म कम्प्युटरको स्क्रीन हेरिरहन लगाइनेछ । तीन घण्टासम्म विद्यार्थीहरुले लगातार कम्प्युटरमै बसेर च्याट गर्ने, फेसबुक लगायतका सोसल साइट चलाउने, इन्टरनेटमा विभिन्न सामाग्री हेर्ने सुन्ने लगायतका काम गर्नुपर्नेछ । यस्तो कक्षा हप्तामा एक दिन मात्र हुनेछ ।
विद्यार्थीहरुले फगत इन्टरनेट चलाउन मात्र पाउने छैनन् इन्टरनेटमा समयको वर्बादीको लामो इतिहासको समेत खोजी गर्नु पर्नेछ र बेटी फ्रेडन, रेमण्ड विलियम्स तथा जोन केज जस्ता लेखकहरुका लेख र किताबहरुको अध्ययन गर्नुपर्नेछ ।
यो विषयका बारेमा जानकारी दिँदै विश्वविद्यालयको वेबसाइटमा भनिएको छ, ‘हामीले हाम्रो जीवन स्क्रिनको अगाडि बिताइरहेका हुन्छौँ, खासगरी समय खेर फालिरहेका हुन्छौं: सोसल मिडिया चेक गर्ने, क्याट भिडियो हेर्ने, च्याट गर्ने, सपिङ गर्ने गरेर । क्लिक गर्ने, एसएमएस गर्ने, स्टाटस अपडेट गर्ने, तथा फगत इन्टरनेटमा सफिर्ङ गर्ने कामलाई साहित्यको बाध्यकारी तथा संवेगात्मक कार्यको कच्चा पदार्थको रुपमा सिर्ज्ाना गरियो भने के होला ?’
‘के हामीले हाम्रो अटोबायोग्राफीलाई पुनर्निर्माण गर्ने काम फेसबुकको प्रयोग गरेर गर्न सक्छौँ ? के हाम्रो टि्वटर फिडमा घोत्लिएर महान उपन्यास लेख्न सक्छौँ ? अहिलेसम्मकै महान कविता लेख्नका लागि इन्टरनेटलाई माध्यम बनाउन सकिन्छ ?’ विश्वविद्यालयको वेबसाइटमा लेखिएको छ ।
विश्वविद्यालयका अनुसार यो विषय मार्फत ल्यापटप र वाइफाइ इन्टरनेट मात्रलाई शैक्षिक सामाग्रीको रुपमा उपयोग उद्धेश्यविहीन इन्टरनेट प्रयोगलाई साहित्यको वस्तुपरक कार्यका रुपमा रुपान्तरण गरिने छ ।
प्राध्यापक केन्नेथ गोल्डस्मिथ यो विषयका मुख्य अध्यापक हुनेछन् । उनले यसअघि पनि विश्वविद्यालयमा यस्तै अनौठा कोर्सहरु पढाउँदै आएका छन्, जसमा गैरसिर्जनात्मक लेखन तथा विद्यार्थीलाई कागजमा लेख्न बन्देज लगाउने हस्तक्षेपकारी लेखन जस्ता विषय रहेका छन् ।

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।