Skip to main content

नेपाली सेना अब चुप लागेर नबस्ने - देश बचाउन जुनसुकै बेला पनि सेना परिचालन हुने सेनाको निर्णय


२३ फागुन । मधेसमा देश टुक्राउने गतिविधी भइरहेका बेला नेपालको शक्तिशाली सुरक्षा निकाय नेपाली सेनाले देश बचाउन स्वतः परिचालन हुने निर्णय गरेको छ । आइतबार सैनिक मुख्यालय जंगी अड्डामा पिएओज रथीबृन्दहरु तथा पृतनापतिहरु सम्मिलित पृतनापति समन्वयात्मक बैठकले सैनिक शासनको संकेत दिँदै स्वतः परिचालन हुने निर्णय गरेको हो । बैठकपछि सैनिक जनसम्पर्क निर्देशनालयले जारी गरेको विज्ञप्तिमा देश टुक्रिने अवस्थामा चुप लागेर बस्न नसकिने भन्दै त्यो बेला तुरुन्तै एक्सन लिने निर्णय भएको जनाएको छ । बैठकमा प्रधानसेनापति राजेन्द्र क्षत्रीले सुरक्षा कारवाही राजनीतिक प्रक्रियालाई सहज बनाउन उपयुक्त वातावरण सिर्जना गरीदिने माध्यम मात्र भएकोले सुरक्षा चुनौतीको दिगो समाधान राजनीतिक रुपमा गरिनुपर्ने भएतापनि देश नै टुक्राउने खालका तथा राष्ट्रिय एकता र भौगोलिक अखण्डतालाई खतरा पुर्याउने प्रवृत्तिका सुरक्षा चुनौतीहरु सिर्जना भएमा नेपाल सरकारको निर्देशानुसार विधिसम्मत् तरिकाले नेपाली सेना स्वतः परिचालन हुने बताए । उनले भने– ‘अबका दिनहरुमा राष्ट्र र जनता दुवैलाई राष्ट्रिय सुरक्षाका सन्दर्भमा केन्द्रबिन्दुका रुपमा लिई नीति निर्माण गर्नुपर्ने अवस्था सिर्जना भएको छ । अब हामीले हात बाधेर बस्नुहुँदैन् ।’ प्रधानसेनापति क्षत्रीको यो भाषणले सैनिक शासन लगाउनुपर्ने अवस्थामा सेना पछाडी नहट्ने संकेत गरेको छ । निर्देशनकोे क्रममा प्रधानसेनापति क्षत्रीले विभागीय प्रमुखहरु तथा पृतनापतिहरुलाई नियमित संस्थागत जिम्मेवारी तथा कार्यहरुको अलवा हाल देशमा विकसित परिस्थितिले श्रृजना भएको अपरेशनल चुनौती तथा सांगठनिक सुदृढिकरणका क्षेत्रहरुमा विशेष ध्यान केन्द्रित गर्न निर्देशन समेत दिए । बैठकमा बलाध्यक्ष रथी पूर्णचन्द्र थापाले स्वागत मन्तव्य व्यक्त गरे भने, नेपाली सेनाको सैनिक समाचार महानिर्देशनालयले समग्र वस्तुस्थितिको विश्लेषण तथा समिक्षा प्रस्तुत गरेको थियो भने सबै पृतनापतिहरुले आ–आप्mनो जिम्मेवारी क्षेत्रको कार्य समिक्षा, वर्तमान वस्तुस्थिति, भविष्यमा आईपर्न सक्ने चुनौतीहरु एवम् सुझावहरुको सम्बन्धमा प्रस्तुतिकरण गर्नुको साथै वर्तमान वस्तुस्थितिबाट उत्पन्न सुरक्षा चुनौतीहरु तथा समसामयिक बिषयवस्तुमा छलफल एवम् अन्तरक्रिया भएको थियो । उक्त समन्वयात्मक बैठकले नेपाली सेनाको लागि देश, जनता र संविधान प्रेरणादायी श्रोत भएको, देशको विद्यमान परिस्थितिप्रति नेपाली सेना पूर्णरुपमा सचेत रहेको र उत्पन्न परिस्थिति तथा नेपाल सरकारले तोकेको कुनैपनि जिम्मेवारी बहन गर्न सदैव तयार रहेको एवम् भूकम्पबाट क्षतीग्रस्त संरचनाको लागि अति प्रभावित जिल्लाहरुमा नेपाल सरकारले पूनः निर्माणको लागि जिम्मेवारी दिएमा यथासिघ्र कार्य गर्न तयार रहने निष्कर्ष समेत निकालेको छ । प्रत्येक वर्ष सेना दिवसको अवसरमा नियमित रुपमा गरिदै आएको पृतनापति समन्वयात्मक बैठक यस वर्ष “सेना दिवस २०७२” को अवसरमा आयोजना गरिएको हो । उक्त सम्मेलनमा रक्षा सचिव जयमुकुन्द खनाल, सबै पृतनापतिहरु लगायत जंगी अड्डाका कार्यालय, विभाग, महानिर्देशनालय तथा निर्देशनालयका प्रमुखहरुको समेत उपस्थिति रहेको थियो । 

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना) १८.५*१८.५ (फूट)।  १६ आना =५४७६ (वर्गफूट) १ (रोपनी) ७४*७४ (फूट)। १।४ धुर =४५.५६२५ (वर्गफूट) ६.७५*६.७५ (फूट)।  

How To Manage Blood Pressure Naturally

Reincarnation His Holiness Kyabye Trulshik Rinpoche, welcome And bless us Rinpoche.

Ever since Kyabje Trulsik Rinpoche passed away on September 2nd, 2011, finding his Reincarnation (Yangsi) has been awaited with great hope and deep devotion, especially in the Sherpas & Tibetans Buddhist Nyingma Tradition living in all over the world.  On 29th of May 2018, Saga Dawa day, we are all over joy to hear that His Holiness 4th Dodrupchen Rinpoche, Kyabje Dodrup Thupten Thinley Palbar (one of the most important living masters in the Nyingma and Dzogchen traditions) Chorten Gonpa Monastery, Tadong, Gangtok, Sikkim, India recently made this kind proclamation that a son born to the father, Ngawang Jigdrel Chokyi Wangchuk, the lineage holder of Maratika Lama, and the mother Orgyen Dolma is an Unmistaken Recognition of supreme reincarnation of His Holiness Late Trulshik Rinpoche. The Yangsi arrival at Dzarong Thupten Dongak Choeling Monastery .  June 23rd, 2018, Chewa Chu Ja Pemba The helicopter landed in Monastery helipad around 10:50 AM with Yangsi an