प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका लागि कुनै उडान नै नभरेको निजी कम्पनी हिमालयन एयरलाइन्सको विमान प्रयोग गर्ने भएका छन् ।
हिमालयन एयरलाइन्सले ५८ सिट क्षमताको एयरबस खरिद गरेको हो । देशान्तर साप्ताहिकमा प्रकाशित खबरअनुसार सो विमान कम्पनी एमालेलाई धुमबराहीमा पार्टी कार्यालय दिने आङछिरिङ शेर्पाको हो । त्यही गुन तिर्न नेपाल वायु सेवा निगमका कर्मचारीहरुले विरोध गर्दागर्दै पनि ओलीले सो विमान चार्टर गरेका हुन् ।
हिमालय एयरलाइन्स शेर्पाको वर्ल्ड इन्भेस्टमेन्टको ५१ प्रतिशत र तिब्बत एयरलाइन्सको ४९ प्रतिशत सेयर रहेको छ ।@esamata
Comments
Post a Comment