बेलायतका वैज्ञानिकहरुले गिँजाको संक्रमणका कारण स्मरण शक्ति क्षयिकरण हुने रोग अर्थात् अल्जाइमरको खतरा हुने तथ्य पत्ता लगाएका छन् ।
शोधकर्ताहरुका अनुसार अध्ययनका क्रममा अल्जाइमरको सुरुवाती अवस्थामा विरामी यदि गिँजाको रोगबाट पीडित भएमा उसको स्मरण क्षमता तिव्र गतिमा गिरावट हुने गरेको पाइएको छ । शोधकर्ताहरुका अनुसार गिँजाको रोगले भुल्ने समस्या अर्थात् डिमेन्सियाको गतिलाई बढाउँदछ साथै मानसिक रोग अल्जाइमरलाई समेत तिव्र रुपमा बढाउन योगदान गर्दछ ।
बेलायतको युनिभर्सिटी अफ साउथ ह्याम्पटनका शोधकर्ताका अनुसार गिँजाको रोग पिरियोडोन्टिस र स्मरण शक्तिको क्षयिकरणबीच प्रत्यक्ष सम्बन्ध रहने गरेको छ । त्यसैले अल्जाइमरको रोगको उपचारका क्रममा गिँजाको रोगको उपचारलाई प्राथमिकतामा राख्नुपर्ने शोधकर्ताको सुझाव छ ।
शोधका क्रममा विज्ञहरुले ५९ जना सहभागीहरुमा ६ महिनासम्म अध्ययन गरेका थिए । शोधकर्ताहरुको निष्कर्ष छ की गिजाको रोगको प्रभावकारी उपचारले अल्जाइमरको असर कम गर्नमा सहयोग पूराउँदछ ।
Comments
Post a Comment