Skip to main content

बालबालिकालाई सिकाउनै पर्ने ९ बानी



अभिभावकहरुले विकास गरेका विभिन्न प्रकारका संस्कार र बानी स्वास्थ्यका लागि निकै लाभदायी छन् । जस्तै : बिहान सबेरै उठ्ने, प्रार्थना गर्ने, बत्ती बाल्ने, भुइँमा सुकुल ओछ्याएर खाने र बारम्बार हात धुने इत्यादि । तर, यी परम्परागत संस्कारलाई अहिले हामीमध्ये कतिले पालना गरेका छौ त ? कुनै पनि अभिभावकले आफ्ना नानीबाबुलाई केही नियम पालना गराउनुपर्छ ताकि बालबालिका शारीरिक एवं मानसिक रुपमा स्वस्थ भएर बाँचून् ।


बिहान सबेरै उठ्न लगाउने

तपार्इं, हामी बिहान सबेरै उठ्ने बिरलै छौं । रातीको पार्टी, कामको चापलगायत कारणले एकाबिहानै उठ्न त्यति सजिलो छैन । आयुर्वेदमा वर्णन गरिएअनुसार आफ्नो दैनिक कार्यमा संलग्न हुनुभन्दा अगाडि केही घन्टा सबेरै हिँड्दा तपाईंमा कम तनाव हुनुका साथै दिनभर सक्रिय र खुसी बनाउँछ । समयमै सुत्ने र बिहान उठेर व्यायाम गर्दा तपार्इंको जीवन नै उत्पादनशील हुन्छ । साइक्याट्रिया एन्ड क्लिनिकल न्युरोसाइन्समा प्रकाशित एक अध्ययनअनुसार सबेरै उठ्ने व्यक्तिमा डिप्रेसनको खतरा कम हुन्छ ।


भुइँमा पलेँटी कसेर खान लगाउने

हिजोआज अधिकांश मानिस डाइनिङ टेबुलमा बसेर खाने गर्छन् । तर, हाम्रा अग्रज पुस्ताको खाने शैलीसँग तुलना गर्दा यो स्वस्थकर देखिँदैन । पुर्खाहरु जहिले पनि पिर्का वा सुकुलमा पलेँटी कसेर खाने गर्थे । पलेँटी कसेर खाँदा पाचन प्रक्रियालाई सहयोग गर्नुको अतिरिक्त तौलसमेत घट्छ । साथै यो आसनमा खाना खाँदा बस्ने ढंगमा सुधार ल्याउने, घुँडा र जोर्नीको समस्यालाई पनि समाधान गर्छ । यो आसनले रक्त प्रवाहमा पनि सुधार ल्याउँछ ।


खाँदा पानी नपिउने

हामीले दैनिकजसो गर्ने एउटा साझा भूल हो, खानाको थालीसँगै ठूलो गिलासभरि पानी लिएर बस्नु । खान खाँदा पानी खानु हँुदैन भनेर बालबालिकालाई अभिभावकले सानैदेखि सल्लाह दिने हो भने बालबालिकामा पनि स्वस्थ बानीको विकास हुन्छ । खानासँग पानी पिउँदा पाचन प्रक्रियामा समस्या हुन्छ र एसिडिटी बढाउँछ । पोषण विज्ञहरुका अनुसार खानासँग पानी खाँदा शरीरमा ब्लड सुगरको मात्रा बढ्छ र पाचनमा पनि समस्या हुन्छ ।


सूर्यास्तको समयमा डिनर

के तपाईंको अभिभावकले साँझ ८ बजे अगाडि नै खाना खान र सुत्न जोड गर्नुभएको छ ? तपार्इंले पनि यस्तो सुन्दर आदत आफ्ना सन्तानमा पु¥याउनुहोस् । आयुर्वेदमा उल्लेख भए अनुसार साँझ पर्ने÷नपर्ने बेलामा खाएको खाना प्रकृतिको नियम र चक्रअनुसार हुन्छ । शरीरलाई पनि निकै हितकर हुन्छ ।


गाउँघरमा अझै पनि साँझ पर्नु अगाडि वा साँझ परेपछि खाना खाने चलन छ । यो आफैँमा वैज्ञानिक र स्वस्थकर भएको पोषण विज्ञहरु बताउँछन् । यो समयमा खाना खाँदा मोटोपनबाट जोगिन्छ, पाचनको समस्या घट्छ, निद्रा बढाउँछ र अर्को दिन बिहान उठ्दा फुर्तिलो भइन्छ । याद गर्नुहोस्, खाना खानेबित्तिकै सुत्नु भनेको रोग निम्त्याउनु हो । तर, साँझ पर्नेबित्तिकै खाने मानिस स्वाभाविक रुपमै उत्तिखेरै नसुत्ने भएकाले ऊ विभिन्न गतिविधिमा व्यस्त हुने हँुदा उसमा शारीरिक व्यायाम हुने र मोटोपनबाट स्वतः मुक्ति मिल्छ ।


तातो पानीले कपाल ननुहाउने

हाम्रा पुर्खा सधैँ चिसो पानीले नुहाउने गर्थे । तातो पानीले नुहाउँदा तालुमा पिएचको मात्रा बढाउँछ र कपाल झर्छ । यसले कपाललाई भद्दा र कमजोर तथा पातलो बनाउँछ । तर, चिसो पानीले तपार्इंको शरीर र तालुको तापक्रमलाई दिगो बनाउनुका साथै कपाल झर्नबाट रोक्छ । तसर्थ बच्चाहरुलाई पनि सानैदेखि सकभर तातो पानीले नुहाउने बानी नबसाल्नुहोस् ।


खाना अगाडि र पछि राम्रोसँग हात धुने


चम्चाले खाना खाए पनि बालबालिकालाई खाना खानु अगाडि र पछाडि हात धुन लगाउनुपर्छ । यसले झाडापखाला, खानाबाट हुने संक्रमण र हेपाटाइटिस हुने खतरा न्यून गर्छ । स्वस्थ र सरसफाइका लागि पनि खाना खुवाएपछि उनीहरुको हात धोइदिनुपर्छ ।


खाएपछि मुख राम्रोसँग कुल्ला गर्ने

खाना खाएपछि तपार्इंले राम्रोसँग मुख कुल्ला गर्नुभएको छ ? छैन भने आजैबाट बानी बसाल्नुहोस् र आफ्ना बच्चाहरुलाई पनि सिकाउनुहोस् । कुल्ला गर्दा दाँतको गिजामा अल्झिएका खानाका टुक्राहरुलाई फाल्ने र मुख गन्हाउने समस्याबाट बच्न सकिन्छ ।


घर पुग्नेबित्तिकै हातखुट्टा धुने

कार्यालय वा अन्य टाढा हिँडेर घर फर्किएपछि आफ्नो हातखुट्टालाई राम्रोसँग साबुन पानीले धुने गर्नुहोस् । बाहिरी वातावरणमा तपाईंको हातखुट्टामा आँखाले देख्न नसक्ने हजारौँ ब्याक्टेरिया टाँसिएर आएका हुन्छन् । हात नधुँदा यी ब्याक्टेरिया शरीरको अन्य भागमा पनि पुग्ने र विभिन्न रोग लाग्न सक्छ । तपाईंको अनुहार, हात र खुट्टामा भएको ब्याक्टेरियाले पेटको संक्रमण तथा श्वास प्रश्वासको समस्या ल्याउछ र यसले छालासम्बन्धी रोग निम्त्याउन सक्छ ।


बत्ती बाल्ने र प्रार्थना गर्ने

तपार्इं कत्तिको प्रार्थना गर्नुहुन्छ ? तपार्इंका बच्चाहरुले प्रार्थना गर्छन् कि गर्दैनन् ? नियमित प्रार्थना र पुस्तादेखि चलेको संस्कार बालबालिकालाई सिकाउँदा उनीहरुमा स्वस्थ जीवनशैलीको विकास हुन्छ । बिहान उठ्नेबित्तिकै आआफ्नो धर्मअनुसार मन्त्र, जप, ध्यान, पाठ गर्दा तपार्इंको स्मरणशक्ति बढ्छ, मुटु स्वस्थ हुन्छ र डिप्रेसनबाट जोगाउँछ । प्रार्थना गर्दा तपाईंमा सकारात्मक सोच र आध्यात्मिक ज्ञानको ज्योति आउँछ ।


Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।