Skip to main content

भत्ता माग्दै सोलुका ३० वटै गाविस सचिवद्वारा कामकाज ठप्प

गाविसका छाप बुझाउँदै सचिवहरुले भने- माग पूरा नभए जिविसमा तालाबन्दी गर्छौं
सोलुखुम्बुका गाविस सचिवहरुले जिल्ला विकास समितिमा बुझाएको छाप

५ असोज, सोलुखुम्बु । सरकारले प्रोत्साहन भत्ताको माग पूरा नगरेको भन्दै सोलुखुम्बुका गाविस सचिवहरुले जिल्ला विकास समितिलाई सामूहिक रुपमा छाप बुझाएका छन् । सोलुखुम्बुका ३० वटै गाविस सचिवहरुले निमित्त स्थानीय विकास अधिकारी बुद्धिनारायण श्रेष्ठलाई गाविसका छाप बुझाएका हुन् ।
काम ठप्प पारेका सचिवहरुले मासिक तलवको ५० प्रतिशत प्रोत्साहन भत्ता माग गर्दै आएका छन् । देशैभरिका सचिवहरुले कार्यसम्पादन मूल्यांकनका आधारमा प्रोत्साहन भत्ता पाएपनि आफूहरुले नपाएको सोलुखुम्बुका गाविस सचिवहरुको भनाइ छ ।
गाविस सचिवहरुको आन्दोलनका कारण हिमाली जिल्ला सोलुखुम्बुका सर्वसाधारणले सास्ती पाएका छन् ।
जिविसमा तालाबन्दी गर्ने चेतावनी
प्रोत्साहन भत्ता तीन दिनभित्र सचिवहरुको खातामा नआए जिल्ला विकास समितिमा तालाबन्दी गर्ने उनीहरुले चेतावनी दिएका छन् ।
गाविस हकहित संरक्षण केन्द्रका अध्यक्ष पशुपति पोख्रेलले राज्यले दिने भत्ताबारेमा पटक-पटक जिविसको ध्यानाकर्षण गराए पनि बेवास्ता गरिएकाले काम नै ठप्प पारेर आन्दोलनमा उत्रनु परेको बताए ।
सचिवहरुको छाप र विज्ञप्ती बुझ्दै निमित्त स्थानीय विकास अधिकारी बुद्धिनारायण श्रेष्ठले निरन्तर वर्षा भइरहेकाले बाढीपहिरोको जोखिम रहेकाबेला आन्दोलन नगर्न आग्रह गरेका थिए । तर गाविस हकहित संरक्षण केन्द्रका अध्यक्ष पशुपति पोख्रेलले आन्दोलन बाध्यताको उपज भएको बताए ।
स्थानीय विकास अधिकारी महेश पराजुलीले सचिवहरुको मागको बेवास्ता गर्दै कामको अवमूल्यन गरेको गाविस सचिवहरुको आरोप छ ।
तीनदिने अल्टिमेटम सहित ध्यानाकर्षण पत्र बुझाएको भोलिपल्टै (सोमबार) स्थानीय विकास अधिकारी पराजुलीले जिल्ला छाडेको गाविस सचिवहरु बताउँछन् ।
-शिखर गजरकोटेबाट
प्रतिलिपि अधिकार: - onlinekhabar

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।