वैशाख १७, २०७४- मेरो नाम दावा तामाङ्ग हो । म ५२ बर्षको भएँ । सामान्य लेखपढ गर्न जानेको छु । मे ५२ वर्षीय मेरो पेशा कृषिनै हो । मौसमी कमाई भने यार्सागुम्वा टिप्न गणेश हिमालका पाखा पखेरा चहार्नु र हिमालकै पाखा पखेरका मुल्यवान रत्न पत्थर क्वार्ज र काईनेटिक खोज्नु हो । पत्थर र यार्सागुम्वाबाट मेरो वर्षेनी आम्दानी ५० /६० हजारसम्म पुग्छ । यार्सागुम्वा र पत्थर संकलन मात्रै हैन गोठपातकै कारण अरु जानै नसक्ने हिमाल वरपरका भिरपाखा चहार्नु मेरो लागि सामान्य हो । भीरपाखा पखेरा मेरा दिनचर्या हुन् । मेरो भीरपाखा जाजे सीप र साहसलाई गाउँ छिमेकीले सदुपयोग गर्थे । हिउं र भीरमा फसेका गाईवस्तु, गोठाला, चौंरी, घोडाको उद्धार गर्दै आएको थिएँ । यार्सागुम्वा र जडिवुटी खोज्न जाँदा हिमालका अप्ठेरो पहरामा फसेका कैयन साथीहरुको ज्यान बचाएको छु । मेरो घरमा बसेर गएको ताईवानी केटाकेटी हिउँमै हरायो रे भन्ने खवर छिमेकी जोमसाई घलेले वताएपछि दश दिन पछि गाउँलेहरुले थाहा पायौं । त्यतिवेला लेकमा २ मिटर हिउँ परेको थियो । छिमेकी जस थापाका २१ वटा भेडी हिमपातले मरेका थिए । हामीले ...