Skip to main content

'४७ दिनदेखि हराई रहेका ताईवानी जोडीलाई यसरी फेला पारें' [भिडियो सहित]

वैशाख १७, २०७४- मेरो नाम दावा तामाङ्ग हो । म ५२ बर्षको भएँ । सामान्य लेखपढ गर्न जानेको छु । मे ५२ वर्षीय मेरो पेशा कृषिनै हो । मौसमी कमाई भने यार्सागुम्वा टिप्न गणेश हिमालका पाखा पखेरा चहार्नु र हिमालकै पाखा पखेरका मुल्यवान रत्न पत्थर क्वार्ज र काईनेटिक खोज्नु हो । पत्थर र यार्सागुम्वाबाट मेरो वर्षेनी आम्दानी ५० /६० हजारसम्म पुग्छ । यार्सागुम्वा र पत्थर संकलन मात्रै हैन गोठपातकै कारण अरु जानै नसक्ने  हिमाल वरपरका भिरपाखा चहार्नु मेरो लागि सामान्य हो । भीरपाखा पखेरा मेरा दिनचर्या हुन् । 
मेरो भीरपाखा जाजे सीप र साहसलाई गाउँ छिमेकीले सदुपयोग गर्थे । हिउं र  भीरमा फसेका गाईवस्तु, गोठाला, चौंरी, घोडाको उद्धार गर्दै आएको थिएँ । 
यार्सागुम्वा र जडिवुटी खोज्न जाँदा हिमालका अप्ठेरो पहरामा फसेका कैयन साथीहरुको ज्यान बचाएको छु ।
मेरो घरमा बसेर गएको ताईवानी केटाकेटी हिउँमै हरायो रे भन्ने खवर छिमेकी जोमसाई घलेले वताएपछि दश दिन पछि गाउँलेहरुले थाहा पायौं  । त्यतिवेला लेकमा २ मिटर हिउँ परेको थियो । छिमेकी जस थापाका २१ वटा भेडी हिमपातले मरेका थिए । हामीले सोच्यौं पक्कै पनि हिमपातमा चिसोले मृत्यु भयो वा भीरबाट चिप्लेर मरे ।– म ओडारमा पुग्दा उसले टाउको निकालेर पुलुक्क हेरे । 

 – ४७  दिनसम्म पनि युवक जिउँदै देख्दा अचम्म मानेपनि सिरानीमा युवतीको लाश देख्दा आँखा रसाए । 
– अरु दुई दिन ढिला भएको भए युवक पनि जीवित फेला पर्ने थिएन । 
– हिउँमा चिप्लेर खाल्डोमा पसेपनि नजिकैको ओडार र पानीको छहरा वाँच्ने मुख्य आधार बनेको देखिन्छ । 
– मिडियाले उड्ने हेलिकप्टरलाई प्राथमिकता दिए, भीरमा चढेर भेट्टाउनेको नामैले लेखेन ।  


चैत १३ गते वेपत्ता ताईवानी युवक लियाङ्ग शेङ्ग युका वावु हेलिकप्टरमा आएर दुई दिन बसेर सवै गाउँलेहरुलाई परिचालन गरे । अविभावकहरुले वेपत्ता जोडी खोज्न काठमाण्डौंस्थित एसियन ट्रेकिङ्ग एजेन्सिज्लाई  प्रयोग गरेका थिए । एनेन्सीले आ

फना अनुभवी र कुशल गाईडहरुलाई खोजतलास तथा उद्धारमा खटाएको थियो । कुनै पनि खाले सूचना दि
ए २ लाख रुपैयाँ नगद पुरस्कारको पनि घोषणा गरे । तर चारैतिर बाक्लो हिमपात थियो । १९ वर्षीया युवती लिउ चेन चुन संगैको वेपत्ता जोडी टेन्ट हालेर बसेको मेग्राङ्गमा र जान सक्ने संभावित पदमार्ग चारैतिर खोजतलास गर्यौं, कुनै पनि संकेत पाईएन । 
टेन्ट हालेर बसेका स्थान वरपरका चौंरीगोठहरु, भेडीगोठहरु खोज्यौं ।  हिउँ विलाउदैं भए पनि खोला खोल्सामा अझै पनि वाक्लो जमेकै थियो । हिउँ पग्लेर जमीन नभेटेसम्म मान्छे वा झोलालगायतका कुनै पनि संकेत फेला पर्ने संभावना कमै थियो । हामी निराश भएर फर्क्यौ । यसपाला फेला परेको स्थानमा त चारैतिरबाट खसेर वाक्लो हिउँ थुप्रेकोले झनै संभावनानै थिएन । 
दावा तामाङ
राजधानीबाट आएका उनीहरु कुनै पनि ट्रेकिङ एजेन्सीमार्फत नआएर एक्लै लुसुक्क नक्सा र जिपिएस उपकरणका आधारमा लाङटाङ्ग क्षेत्र घुम्ने प्रवेशाज्ञा लिएपनि कुनै पनि पथप्रदर्शक नलिएरै धादिङ सदरमुकाम हुँदै पैदल फागुन २२ गते तिप्लिङ्ग पुगेका रहेछन् । प्रवेशज्ञाको समय सकिने भएकाले उनीहरु हिडने दिन फागुन २६ गते देखिलगातार तीन दिन हिमपात भएको थियो । जोडीलाई होमस्टेमा २ दिन राखेका  छिमेकी जोमसाई घलेले हिमपात भएकोले नजान आग्रह गरेपनि नक्सा र जिपिएस भएकोले हराउन नसक्ने जिद्धी गर्दै उनीहरु रसुवा जान करिव ३९ सय मिटर उचाईको पाङ्गसाङ्ग देउराली तिर उक्लेका रहेछन् ।
खोजतलास गर्न आएका ४ जना गाईडहरु माधव वस्नेत, पासाङ शेर्पा , शुकवहादुर आलेलगायतको टोली १० दिन खोजेर लखतरान भै चैत २३ गते काठमाडौं फर्के । हामी गाउँ फर्क्यौं ।
वैशाख पहिलो सातादेखि नै भएको हिउँ पनि पग्लन थाल्यो । चारैतिर खर उम्रन थाल्यो । खाल्डाखुल्डीमा सामान्य हिउँ बाहेक अन्यत्र हिउँ सवै विलायो । अव यसअघि नखोजेका खाल्डाखुल्डी र पाङ्गसाङ्गको पूर्वी पाखाबाट झर्ने तीन वटा खोलाका खाल्डा मात्रै हेर्न वाँकी थियो ।
 जंगल घुमेर जडिवुटी खोजेर कमाई हुने आशा गर्ने हामीलाई वेपत्ता जोडी मृतक वा जिउँदैं पत्ता लगाउन सके २ लाख नगद पुरस्कारको आशा प्रवल थियो । हाम्रा लागि २ लाख ४ वर्षको कमाई हो । चारैतिर हिउँ विलाएको  देखेपछि मैले एशियन ट्रेकिङ्गमा माधवजीलाई वैशाख ६ गते फोन गरेर अव चारैतिर हिउँविलायो खोज्न सजिलो हुन्छ होला, आउनुस् भनेर वोलाएँ । वहाँहरु वैशाख ८ गते हिडेर मेरो घरमा एक दिन वसेर फेरी ११ गते हामी लेकतिर लाग्यौं । म खाल्डा हेर्थे । वहाँहरु आकाशमा सिनो खाने उडेका गिद्धहरु हेर्नु हुन्थ्यो । ११ गते र १२ गतेको दिन पहिले हेर्न नसकेका खाल्डाखुल्डी र गिद्ध हेरेरै अनुमान लगाएर समय खेर फल्यौं । अव मेरो आशा त्याँग्रोभीरको फेदीमा हेर्नु थियो । उक्त भीरवाट खसेका गाईवस्तुहरु, चौंरीहरु कैयन पटक हामीले फेला पारेका थियौं । हामीसँग खानाका रुपमा चाउचाउ, भुटेका मकै र सातु मात्रै थियो । 
ताइवानी जोडीले हराएपछि ४७ दिन विताएको क्षेत्र  ।
१३ गते माधव सर,  पासाङ्गहरु आकाशमा घुम्दै गरेका गिद्धहरु हेरै लख काट्दै हुनुहुन्थ्यो । म विहानै सातु खाएर पाङ्गसाङ्गबाट मैलुङ्ग खोलातर्फ झर्ने खोलाबाट झरेर नारचेत खोला  मिल्ने दोभान पुगें । केही फेला परेन । टन्न निगालो घारी छिचोल्दै फेरी म नारचेत खोलातर्फ उक्लें । उक्त खोलामा क्रमस : एक पछि अर्को गरि तीन वटा झरना छन् । पहिलो झरना त सहजै पार गरें । तर, दोस्रो झरना पार गर्न मैले लगाएको गमवुट फुकालेर वोक्नु पर्यो । दोश्रो झरना पुग्न मैले निकै कठिनाई व्यहोर्नु पर्यो । घोरलले वनाएको डोरेटोमा हिडेर दोस्रो झरना नजिकै पुग्न नपाउदैं पेर्लुखर्क मुनीको सानो ओडार र ओडार बाहिर हरियो रंगको ठुलो व्याग देखें, नजिकै प्लाष्टिकका पोका र भित्र पट्टि मैले स्लिपिङ्ग व्यागमा मान्छे सुतेको देखें । 
त्यतिवेला विहानको ११ वजेको थियो । मलाई लाग्यो, दुवैको मृत्यु भैसके छ । मलाई माधवहरुले वेपत्ताका कुनै पनि चिजहरु नछुनु, खवर गर्नु भनेका थिए । म यो जोडी खसेको मुलवाटो सम्म पुग्न २६ मिनेट लाग्यो । कराएर माधवलगायतका साथीहरुलाई वोलाउन खोजें । नारचेतमा रहेकाहरुले निकै वेरपछि सुने । मैले तल झर्न भनें । माधव र म पुन: झर्यौं । ओडारमा सवै भन्दा पहिले म पुगें । म पुग्ने वित्तिकै टाउको मात्रै निकालेर युवकले पुलुक्क हेरे । मैले चिच्च्याएर जिउदैं छन् भनें । उनले नमस्कार गरे मैले नमस्ते फर्काएर हात मिलाएँ । उनी खुसीले रोए । सुकेको रुखको लिस्नो गराएर माधवलाई ओह्रालें । अग्रेजीमा कुरा गर्न थाल्नु भयो । श्रीमती खोई भन्दा श्रीमती हैन केटी साथी हो । तर तीन दिन अघि मर्यो भने । कसरी मर्यो भन्दा निकै आत्तिएर मर्यो भने । जिउँदैं देखेपछि अव यस्लाई घाममा राख्नु पर्छ र तत्काल खानाको व्यवस्था गर्नुपर्छ भनेर सल्लाह गर्यौं । युवती टेन्ट ओडेर मृत्यु भएको थियो । मैले वोक्न खौज्दा सहजै ढाडमा आए । मैले घाममा राखें ।  
खानै नपाएर अशक्त भएका युवकलाई तत्काल तातो र पोषिलो खाना दिन जरुरी थियो । माधव सरलाई कुर्न लगाएर म फेरी नारचेत उक्लें । आगोमा आलु उसिन्दै गरेका पासाङ्गलाई युवक जिउँदैं फेला परेको खुसीको कुरा सुनाएर चाउचाउको सुप मात्रै वनाएर वोतलमा हालेर फर्कें । पासाङ्गले स्याटेलाईट फोनबाट राजधानी खवर गरि उद्धारका लागि थप मद्दत र हेलिकप्टर वोलाए । मलाईसमेत हेलिकप्टरमा राखेर पाईलटले स्थान निर्क्यौल गरि फेरी नारचेतमा ल्याण्ड गरेर दुवैतर्फका ढोका निकालेर डोरी मार्फत एक जना शेर्पा तर झारे । वेपत्ता जोडी र अन्यलाई लैजान अर्को हेलिकप्टर पनि मगाईयो ।

हराएको ४७ दिनपछि जिउदै भेटिएका ताइवानी युवा राजधानीको ग्राण्डी अस्पतालमा जन्मदिन मनाउँदै । साथमा दावा । 

युवकलाई यौटा हेलिकप्टर र मलाई युवतीको लाशसंग काठमाण्डौं ल्याई अस्पताल पठायो । अविभावकहरुको आग्रहमा शनिवारसम्म युवतीको दाहसंस्कार स्वयम्भुमा गरुन्जेल बसें । यता युवतीको दाहसंस्कार गरिएको थिएन । अर्को जीवन पाएका युवकको अस्पतालमै जन्मदिनको केक काटिंदै थियो । उक्त घटनाले दुवैतर्फका अविभावकहरु असुन्तष्ट थिए । 

खोजतलाश गरे वापत मलाई घोषणा गरेको पारिश्रमिक दिन सोमवार ट्रेकिङ्ग एजेन्सीले वोलाएको छ । पुरस्कारको दावी एजेन्सीका गाईडहरुले पनि गरेका छन् । तर सवै भन्दा पहिले पत्ता मैले लगाएको हुँ । अरु दुई दिन ढिला भएको भए युवकको पनि मृत्यु हुने थियो । 
काठमाण्डौं ल्याएपछि भोलीपल्टका विभिन्न पत्रपत्रिकाहरुमा मेरो नाम कान्तिपुर बाहेक कतै भेटिन । मेरो भन्दा हेलिकप्टरको वढी चर्चा गरेको पाईयो । 
(हरिहरसिंह राठौर र कञ्चन अधिकारीले हराएको ४७ दिनपछि भेटिएका ताइवानी जोडीको उद्दारमा खटिएका दावासँग गरेको कुराकानीमा आधारित) 
प्रकाशित: वैशाख १७, २०७४



Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।