Skip to main content

मतदाता शिक्षा स्थगित, मतदान अधिकृत फर्किए



१४ वैशाख, सोलुखुम्बु । प्रदेश नं १ को स्थानीय तह निर्वाचन जेठ ३१ गतेका लागि सारिएपछि सोलुखुम्बुमा मतदाता शिक्षा कार्यक्रम पनि स्थगित गरिएको छ ।

जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुका प्रमुख खिमादेवी लगेवाका अनुसार जिल्लामा सञ्चालन भइरहेको मतदाता शिक्षा कार्यक्रम निर्वाचन मिति सरेका कारण मङ्गलबारदेखि स्थगित गरिएको हो । जिल्लाका एकसय २० मतदान केन्द्रका लागि प्रत्येक केन्द्रमा एकजनाका दरले मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिएको थियो ।


केन्द्रको निर्देशनअनुसार पछिल्लो चरणमा सुरु गर्नेगरी हालका लागि कार्यक्रम स्थगित गरिएको कार्यालयले जनाएको छ ।

यस्तै, जिल्लाका आठ स्थानीय तहमा निर्वाचन अधिकृतका रुपमा खटिएका कर्मचारी पनि फिर्ता भएका छन् । मङ्गलबार कार्यालय स्थापना गरी काम सुरु गर्ने कार्यक्रम रहेको भएपनि निर्वाचन मिति सरेका कारण उनीहरु सबैलाई फिर्ता गरिएको मुख्य निर्वाचन अधिकृत प्रकाशचन्द्र अधिकारीले जानकारी दिए । सबै निर्वाचन अधिकृत कार्यक्षेत्रमा पुगिसकेका थिए ।

निर्वाचनको मिति सरेपछि जिल्लामा मिश्रित प्रतिक्रिया आएको छ । पर्यटकीय क्षेत्र खुम्बुका नागरिक यसबेला पर्यटकीय याम चलिरहेका कारण मतदान गर्नसमेत असहज हुने अवस्था भएकाले जेठ ३१ को समय ठीक भएको बताउँछन् भने तल्लो क्षेत्रमा जेठ महिना खेतीपातीको महिना भएकाले निर्वाचनका कारण खेतीपातीसमेत प्रभावित हुने बताउँछन् ।

उम्मेदवार छनोट कार्यक्रम अन्तिम चरणमा पुर्याएका जिल्लास्थित राजनीतिक दलले समेत निर्वाचन स्थगित भएपछि उम्मेदवार छनौट कार्यक्रम स्थगित गरेका छन् ।
रासस

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।