Skip to main content

प्रधानमन्त्रीभन्दा बलिया उम्मेदवार छान्न र घोषणापत्र लेख्न सघाऔंः बालानन्द पौडेल

स्थानीय तहको चुनावपछि गर्नुपर्ने थुप्रै कामहरु छन् । ती कामहरु बहसमा आइराखेका छैनन् । तर, चुनाव आगडि तत्कालै जनतामा जानुपर्ने कुराहरुका बारेमा हामीले प्राथमिकता दिइनुपर्छ । यसमा हतार भइसकेको छ ।

स्थानीय तहको चुनाव अघि प्राथमिकता दिनुपर्ने कुराहरु के-के होलान् ?
अहिले पार्टीहरु चुनावी घोषणापत्र लेख्न व्यस्त छन् । उनीहरुले घोषणापत्र लेख्दैगर्दाखेरि त्यसमा के-के कुरा आओस् भन्नेबारेमा तपाई हामीले पार्टीहरुलाई प्रोत्साहित गर्नुपर्छ ।
अहिले थुप्रै संवैधानिक अस्पष्टताका कुराहरु छन् । यो पाटोमा पनि दलहरुले घोषणापत्रमा बोल्दिए भने राम्रो हुन्छ । यसमा पनि हामीले दलहरुलाई सहयोग गर्नुपर्छ ।
दलहरुलाई कस्तो उम्मेद्वार छान्न जरुरी छ भनेर हामीले अहिले नै भन्दियौं भने राम्रो वातावरण बनाउन सहयोग पुग्छ । उम्मेद्वारको क्षमताका बारेमा हामीले ध्यान दिनुपर्छ ।
हामीले बताउनुपर्ने के हो भने स्थानीय तह कति पावरफूल छ, त्यसैले त्यहाँ कस्तो मानिस छान्नुपर्छ ? स्थानीय तहको पावर कति हो भन्ने हामीले बुझाउनुपर्छ ।
मैले त धेरै ठाउँमा भनें कि यी स्थानीय सरकारहरु केन्द्रको प्रधानमन्त्रीभन्दा पावरफूल छन् । यो किन भनेको हो भने यसमा तर्क छ ।
प्रधानमन्त्री भनेको क्याबिनेटमा पावरफूल हुन्छ, यसले त्यहाँ जे भन्यो त्यही हुन्छ, त्यहाँ अल्पमत बहुमत हुँदैन । उसले आदेश दिएका भरमा मुख्यसचिवले सही गरेपछि त्यो निर्णय हुन्छ । त्यस्तो शक्तिशाली प्रधानमन्त्रीले आफ्नो मातहतको उपप्रधानमन्त्रीको मर्यादाक्रम तोक्न नसकेर महिना दिनदेखि क्याबिनेट रोकिन्छ । तर, यो स्थानीय सरकार त्यस्तो हुनेवाला छैन ।
प्रहरी र सेक्युरिटीको सवालमा पनि विवादहरु छन् । अहिलेको गृहमन्त्रालयको ‘माइन्ड सेट’ हेर्दाखेरि जिल्ला तहसम्म आफ्नो सेक्युरिटी फोर्सलाई पुर्‍याउन खोजेको जस्तो देखिन्छ
जनताबाट निर्वाचित, प्रत्याह्वान गर्न नसकिने, यसलाई विघटन गर्न पनि नसकिने । निलम्बन गर्न नसकिने । यो हैसियत सहितको हुन्छ स्थानीय तह ।
यो स्थानीय सरकार यति मजबुत छ कि जनताको जीवनसँग सरोकार राख्ने सम्पूर्ण कुराहरु यही स्थानीय सरकारमार्फत् प्राप्त हुन्छन् ।
हामीले यस्तो महत्वपूर्ण कामको जिम्मा दिँदैछौं, ५ वर्षसम्मका लागि । अकण्टक शासन गर्ने हिसाबले हामी दिँदैछौं । त्यसैले काममा यति धेरै क्षमता र ज्ञान उसलाई चाहिन्छ, ऊ राम्रो प्रतिस्पर्धी होला, राम्रो व्यवस्थापक होला, ऊ राम्रो प्रशासक पनि हुनुपर्‍यो । राम्रो सहजकर्ता पनि हुनुपर्‍यो ।
उसले प्रदेशहरुसँग सम्झौता गर्छ । संघसँग सम्झौता गर्छ । जनतासँग सम्झौता गर्छ । उत्तरदायी बनाउँछ । प्रश्नहरु सोध्छ । जवाफ पनि दिन्छ । यस्तो गर्न सक्नेखालको उम्मेदवार हुनुपर्‍यो ।
त्यसैले यी पक्षहरुलाई हेरेर अहिले तत्काल पार्टीहरुलाई उम्मेद्वारी दिँदै यो कुरा हेर है भन्नुपर्छ हामीले । नत्र पार्टीको पनि खैरियत छैन भोलि । यो कुरामा हामीले दलहरुलाई सचेत गराउनुपर्छ । यो कुरामा एकदमै हतार भइसकेको छ ।
घोषणापत्र लेख्दै गर्दा पनि पनि मुद्दाहरु छन् । संवैधानिक हिसाबले अस्पष्टताका कुराहरु पनि छन् । जस्तो कि साझा अधिकारको सूचीमा भएका अधिकारहरु चाँहि संघको मातहत हुन्छ भन्ने भ्रम केही बडेबडे नेताहरुमा छ, उनीहरुको नाम नलिऔं ।
जस्तो- शिक्षा तीनवटै तहको साझा अधिकार सूचीमा छ । अधिकार सूचीको प्रयोग गर्दा अहिलेको संविधानसँग नबाझिने गरी, संघको कानूनसँग नबाझिने गरी, प्रदेशको कानूनसँग पनि स्थानीय तहले कानून बनाउनुपर्छ, बाझिएको हदसम्म अमान्य हुन्छ भन्ने छ । यसमा संघको मातहत हुँदोरहेछ । अब त्यो सम्पूर्ण शिक्षा भनेपछि माध्यमिक शिक्षा वा आधारभूत शिक्षाको केही मतलव भएन ।
संविधानमा दशौंवटा यस्ता नमिलेका कुराहरु छन् ।
राजनीतिक दलका नेताहरुले के बुझिरहनुभएको छ, अथवा व्याख्या गर्ने कोसिस गरिरहनुभएको छ भने त्यो तीनवटै तहमा साझा अधिकार सूची छ । शिक्षा, स्वास्थ्य लगायतका धेरै अधिकार सूचीहरु छन् । त्यो संघले दिन चाह्यो भने दिन सक्छ भन्नेखालको व्याख्या गरिँदैछ, त्यो सही होइन । अलग अधिकारको सूचीमा ती कुराहरु राखिसकेपछि साझा अधिकारको सूचीमा छ भनेर हुँदैन । १२ कक्षासम्म त तिमीले स्थानीय तहलाई दिइ नै सक्यौ, अनि त्यो साझा अधिकार सूचीमा छ भन्ने नाममा त्यसलाई माथि ल्याउन सक्दैनौ ।
स्थानीय तह पावरफूल हुँदा तानाशाह जन्मिँदैन ?
प्रमुख र उपप्रमुख एउटा दलबाट निर्वाचित होला, तर सबै वडामा एउटै पार्टीले जित्छ भन्ने छैन । अध्यक्ष, उपाध्यक्ष वा प्रमुख, उपप्रमुख नै एउटै दलका मान्छे आउँछन् भन्ने छैन । त्यसैले त्यो गाउँ सभामा विपक्षीको अस्थित्व रहन्छ ।
वडा अध्यक्षमा पनि सबै एउटैले जित्छ भन्ने छैन । उनीहरु गाउँ कार्यपालिका, नगर कार्यपालिकाका सदस्यहरु हुन् । त्यसैले क्याबिनेटमै विपक्षी मत राख्नेहरु पनि आउने भए । यसले निर्णय प्रक्रियालाई बहुमत-अल्पमततिर लानुपर्ने हो अथवा के गर्ने हो भन्ने निर्णय हुन बाँकी छ ।
यो प्रक्रिया प्रदेशले बनाइदिने भनेको छ । त्यसैले अहिले नै यसबारे धेरै कुरा भन्न सकिानो अवस्था छैन । यो चाहिँ फरक खालको अभ्यास हुन्छ ।
संविधानले भने अनुसार स्थानीय तहमा शक्ति पृथक्कीकरण अर्थात नियन्त्रण र सन्तुलन कसरी हुन्छ भन्ने एउटा यो पनि प्रश्न छ ।
संविधानमा १४ वटा साझा प्रिन्सिपलहरु दिइएको छ, त्यसमा पालना गर्नुपर्ने कुराहरु पनि छन् । अधिकार पनि छ र सन्तुलन पनि छ । संविधानको यो स्पिरिटलाई पनि विचार गरेर काम गर्नुपर्ने हुन्छ ।
अर्को प्रश्न- प्रहरी के हुन्छ ?
प्रहरी र सेक्युरिटीको सवालमा पनि विवादहरु छन् । अहिलेको गृहमन्त्रालयको ‘माइन्ड सेट’ हेर्दाखेरि जिल्ला तहसम्म आफ्नो सेक्युरिटी फोर्सलाई पुर्‍याउन खोजेको जस्तो देखिन्छ ।
प्रदेशको अहिले अस्थित्व नै बनेको छैन । प्रदेशले कसरी प्लान गर्छ, त्यो हेर्न बाँकी छ । गाउँको सामान्य शान्ति सुरक्षा मै हेर्छु भन्छ कि ? गाउँपालिका नगरपालिकाभित्र पनि त्यसो गर्न सक्ने अवस्था छ ।
प्रहरीबारे हामीले के भन्न खोजेका छौं भने संघको रिजर्भ फोर्स रहोस् र प्रदेशको आफ्नो फोर्स रहन्छ । स्थानीयको पनि आफ्नै हुन्छ ।
(स्थानीय तह पुनसंरचना आयोगका अध्यक्ष पौडेलद्वारा ललितपुरको यलमाया केन्द्रमा आयोजित एक छलफलमा व्यक्त विचारको सारांश )

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना) १८.५*१८.५ (फूट)।  १६ आना =५४७६ (वर्गफूट) १ (रोपनी) ७४*७४ (फूट)। १।४ धुर =४५.५६२५ (वर्गफूट) ६.७५*६.७५ (फूट)।  

How To Manage Blood Pressure Naturally

Reincarnation His Holiness Kyabye Trulshik Rinpoche, welcome And bless us Rinpoche.

Ever since Kyabje Trulsik Rinpoche passed away on September 2nd, 2011, finding his Reincarnation (Yangsi) has been awaited with great hope and deep devotion, especially in the Sherpas & Tibetans Buddhist Nyingma Tradition living in all over the world.  On 29th of May 2018, Saga Dawa day, we are all over joy to hear that His Holiness 4th Dodrupchen Rinpoche, Kyabje Dodrup Thupten Thinley Palbar (one of the most important living masters in the Nyingma and Dzogchen traditions) Chorten Gonpa Monastery, Tadong, Gangtok, Sikkim, India recently made this kind proclamation that a son born to the father, Ngawang Jigdrel Chokyi Wangchuk, the lineage holder of Maratika Lama, and the mother Orgyen Dolma is an Unmistaken Recognition of supreme reincarnation of His Holiness Late Trulshik Rinpoche. The Yangsi arrival at Dzarong Thupten Dongak Choeling Monastery .  June 23rd, 2018, Chewa Chu Ja Pemba The helicopter landed in Monastery helipad around 10:50 AM with Yangsi an