Skip to main content

Posts

बौद्ध गुरु रिम्पोछेको अन्त्येष्टि

काठमाडौं, श्रावण १५ - रानीवनस्थित स्यारभन गुम्बामा बिहीबार विशेष पूजा गरी दिवङ‍गत बौद्ध गुरु १४औँ श्यामार कुनसिंग रिम्पोछेको अन्त्येष्टि गरिएको छ । तिब्बती बौद्ध परम्पराअनुसार मृत्यु संस्कारका सम्पूर्ण पूजा विधि तथा पवित्र ग्रन्थको पाठ सम्पन्न गरेर उनको अन्त्येष्टि गरिएको हो । अन्त्येष्टिका लागि भारतबाट आएका १७ औँ कर्मापासहितका उच्च धर्मगुरुको सहभागितामा मृतात्माको शान्तिका लागि पूजा गरिएको हो । अहिलेको समय मृतात्मा अन्तर्भवमा अल्मलिरहने उनीहरुको विश्वासअनुसार यस्तो पूजा गरिन्छ । मृतात्मा देवलोकमा नपुगेको र मनुष्यलोकमा पनि नरहेको अवस्थालाई अन्तर्भव भनिन्छ । महायानी परम्पराअन्तर्गत काग्युपा सम्प्रदायका विभिन्न धर्मगुरुको पदवीलाई सर्मपा तथा कर्मपा भनिन्छ । यी दुवै पदीय जिम्मेवारी बोकेका धर्मगुरुले एक अर्काको गद्दी आरोहण तथा अन्त्येष्टिमा अनिवार्य सहभागी भई विधि विधानका संस्कार गर्नुपर्ने हुन्छ । धर्मावलम्बीले दिवङ्गत गुरु १४औँ सर्मपा भएको विश्वास गर्दै उहाँलाई अमिताभ बुद्धको रुपमा सम्मान प्रकट गर्ने गर्दछन् । तिब्बती बौद्ध धर्मका गुरु रिम्पोछेको पार्थिव शरीरको स्वदेशी तथा विभि...

थाहा पाउनुस् नाग पञ्चमी पूजाको महत्व

हरेक वर्ष साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथीका दिन नाग पञ्चमी पर्व मनाइन्छ । यो विशेष दिनमा नागको तस्बिर अंकित पोस्टरहरु घरको मूल ढोकाको माथि टाँसेर विधि विधानसहित पूजा–अर्चना गर्ने चलन छ । यो दिनको विषययमा थुप्रै प्रकारका कथाहरु प्रचलित छन् । यी थुप्रै कथाहरुमध्ये कुनै एकको वाचन गर्नु अथवा श्रवण गर्नु निकै लाभकारी मानिन्छ । नाग पञ्चमीको इतिहासः प्राचिन नेपाली संस्कृतिमा शिवले सर्पलाई आफ्नो घाँटीमा राखेर र विष्णुले शेष–शयन गरेर नागको महत्वलाई दर्शाएका छन् । देवता–दैत्यद्वारा गरिएको समुन्द्र मन्थनमा साधनको रुप बनेर बासुकी नागले जनहितका लागि निकै ठूलो काम गरेका थिए । श्रीकृष्णले यमुनालाई काली नागबाट मुक्त र शुद्ध गरेका थिए । हाम्रो धर्ती शेष नागको फन्कोमाथि टिकेको छ भन्ने कुरा विभिन्न पुराणहरुमा उल्लेख गरिएको छ । नाग पञ्चमीको उत्सवः पुराणमा बताइए अनुसार यदि कुनै व्यक्तिले एक वर्षमा एक दिन पनि नागको पूजा गर्न सकेका छैनन् भने उनीहरुले साउन कृष्ण एवं शुक्लपञ्चमी जसलाई नाग पञ्चमी भनेर पनि चिनिन्छ, यो दिनमा पूजा गर्दा नाग प्रसन्न हुने गर्दछन् । नागहरुलाई खुसी पार्नका लागि गाईको गोबरले आफ...

Warm Welcome Volunteers with Rai Cultural Dance called BUME

Welcoming into the Community ! Home !! & in their Hearts !!! We are warmly welcomed by the community people of Kaku after 8 hours of trekking through some of most beautiful Mountains and clouds from Salleri to Kaku. We were tired, exhausted but excited arriving at project site. Magically upon arriving meeting with local community & their warm hospitality of welcoming ceremony fresh up. Kaku has different community like dalit, Tamang, Sherpa, Chetri but mostly rais. We were welcomed by secret khata ,Garland Flowers and more then dozen of different cultural dances including most secret Rai Cultural Dance "BHUME". Rai religion and culture are based on the Bone religion which is combination between shamanism and animism. "Bhume" is the most popular Rai culture. etymologically Bhume comes from two words Bhu and Me. Bhu stands for earth and me stands for worship of mother for prosperity. Here, local Community are worshiping for the education of their children, ...

धावक फुदोर्जी शेर्पा किदुग बेल्जियमद्वारा सम्मानित

उच्च हिमाल पहाड़ म्याराथन शेर्पा धावक फुदोर्जी लामा शेर्पालाई शेर्पा किदुग बेल्जियमले  सम्मान गरेको छ । शेर्पा धावकलाई "Flying Sherpa" भनेर पनि चिनिन्छ । वहाँ हाल स्वीस, ईटाली र फ्रान्स ३ देशमा म्याराथन दौड़मा भाग लिन आउनु भएको छ । बेल्जियम भ्रमणको क्रममा वहाँ लाई शेर्पा किदुग बेल्जियमले स्वागत र सम्मान कार्यक्रम गरकेो हो । शेर्पा किदुग बेल्जियमको अध्यक्ष आङ दोर्जी सोनाम शेर्पाको अध्यक्षता र नेपाल आदिवासि जनजाति महासंघ बेल्जियमको अध्यक्ष पि. जी. शेर्पाको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा म्याराथन धावकले खेल क्षेत्रबाट नेपाल र नेपालीको नाम उच्च राख्न सफल हुनुभएकोमा धन्यवाद सहित सम्मान गरिएको थियो ।  २००९, २०१३ र २०१४ गरी ३ पटक भाग लिएको जानकारी पनि गराउनु भयो । नेपालबाट नेपाली र नेपालको हीतमा बुध्दको शान्ति को सन्देस फैलाउन मैले रीस, राग, द्वेष र छल विहिन शान्तिपूर्ण घावक खेल नै रोजेको पनि शेर्पाले बताउनु भएको थियो । यस्तै सम्पूर्ण नेपाली आदिवासि जनजातिको तर्फबाट पि. जी. शेर्पाले सफलताको शुभकामना व्यक्त गर्नु भयो । किदुगको सचिव वाड०गेल शेर्पाले सन्चालन गर्न...

श्‍यामर रिम्पोचेको अन्त्येष्टि नेपालमै

प्रधानमन्त्री सुशील कोइरालाले बौद्धगुरु श्‍यामर रिम्पोचेको अन्त्येष्टि नेपालमै गर्ने वातावरण बनाउन मुख्‍यसचिव लीलामणि पौडेललाई निर्देशन दिएका छन्। मुख्यसचिव पौडेल, गृहसचिव र संस्कृतिसचिवलाई संयुक्त रूपमा प्रधानमन्त्री कोइरालाले शुक्रबार त्यस्तो निर्देशन दिएका हुन्। सांसद र हिन्दू तथा बौद्धधर्मसँग सम्बन्धित संस्थाले श्‍यामररिम्पोचेको अन्त्येष्टि नेपालमा गर्न नदिने सरकारी निर्णयले बौद्ध धर्मावलम्बीको आस्थामा ठेस पु:याएको भन्दै त्यसमा पुनर्विचार गर्न आग्रह गरेका थिए। प्रधानमन्त्री कोइरालाको सकारात्मक निर्देशनपछि भारतको कालिम्पोङमा राखिएको रिम्पोचेको शव भुटान लगी आइतबार काठमाडौं ल्याइने अन्त्येष्टिका आयोजकले अन्‍नपूर्णलाई बताए। तिब्बती बुद्धधर्म र अभ्यासमा दलाई लामापछि हाराहारीमा आउने १४ औं समरपा (समर रिम्पोचे) को चाहना आफ्नो मृत्युपछि अन्त्येष्टि नेपालमा होस् भन्ने थियो।  श्‍यामर रिम्पोचेको गत जेठ २८ गते जर्मनीमा हृदयाघातका कारण निधन भएको थियो। बुद्धमार्गीहरू  श्‍यामपालाई अमिताभ बुद्धका रूपमा श्रद्धा गर्छन्। ६१ वर्षअघि हेलम्बुमा जन्मिएका  श्‍यामरपाले भारत, नेपाल र भ...

किवीफलको विषयमा प्रायः सोधिने जिज्ञासाहरू

के हो किवीफल भनेको?  किवीफल लहरामा फल्ने एक प्रकारको अत्यन्तै पोषिलो फल हो । फल अण्डा आकारको खैरो रंगको मसिनो झुसले ढाकेको हुन्छ र एक पटक लगाएपछि लामो समयसम्म (३०–४० वर्ष) लगातार फल दिइरहन्छ । यसको फूल फागुन–चैत्र महिनामा फुल्दछ र कात्र्तिक– मङ्गसिर महिनामा फल टिप्नको लागि तयार हुन्छ । किवीफल नेपालमा भित्रिएको लगभग ३० वर्ष जति भएता पनि प्रचार प्रसार र उत्पादनको कमीले नेपाली जनमानसमा परिचित हुन सकेको छैन । कस्तो ठाउँमा यसको खेती गरिन्छ,  नेपालमा यसको संभाव्यता कस्तो छ ? यसको लागि वर्षा सिजनमा पानी नजम्ने र अन्य समयमा सिंचाइको सुविधा भएको पाखो जग्गा उपयुक्त हुन्छ । नेपालको सन्दर्भमा यो फल १००० मिटर देखि माथि ३००० मिटरको उच्चाईसम्म उच्च पहाडमा खेती गर्न सकिन्छ । नेपालको हिमालदेखि उच्च पहाडी क्षेत्र जहाँ हिउँदमा चिसो हुने र वर्षामा पानी पर्ने र बढी आद्रता   भएको हावापानी हुन्छ, त्यस्तो ठाउँको लागि यो फल उपयुक्त हुन्छ । नेपालको सन्दर्भमा पूर्व ईलाम पाँचथरदेखि दोलखा हँुदै पश्चिम डडेलधुरा बैतडीसम्म यसको खेती गर्न सकिन्छ । हाल नेपालको सुन्तला लगाइएक...

मानव विकास सूचकांकमा नेपालको सुधार

मानव विकास सूचकांकमा नेपाल १२ स्थान माथि उक्लिएको छ। संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (यूएनडीपी) ले बर्सेनि सार्वजनिक गर्ने मानव विकास सूचकांका रिपोर्टअनुसार नेपालले उक्त सुधार गरेर १ सय ४७ औं स्थानमा आइपुगेको हो। नागरिकको शिक्षामा पहुँच, आय र औसत आयुलाई हेरेर तयार गरिने सूचकांक प्रतिवेदनले १ सय ८७ वटा मुलुकलाई समेटेको छ। नेपालको समग्र स्थानमा सुधार आए पनि अझै न्यून मानव विकास सूचकांक समूहमा परेको छ। यो समूहमा ० दशमलव ५४ अंकसहित नेपाल सबैभन्दा माथि छ। एक वर्षअघि नेपालले ० दशमलव ४६ अंक पाएको थियो। नेपालीको प्रतिव्यक्ति आय र शिक्षामा खर्च हुने वर्षमा वृद्धि भएपछि समग्र सूचकांकमा सुधार आएको हो। तर नेपालीको औसत आयु भने घटेको छ। अध्ययनले नेपालीको औसत आयु भने करिब एक वर्ष घटेको देखाउँछ। प्रतिवेदनअनुसार नेपालीकौ औसत आयु एक वर्षअघिको ६९ दशमलव १ वर्षबाट घटेर ६८ दशमलव ४ वर्षमा आइपुगेको छ।