Skip to main content

किवीफलको विषयमा प्रायः सोधिने जिज्ञासाहरू


 किवीफल लहरामा फल्ने एक प्रकारको अत्यन्तै पोषिलो फल हो । फल अण्डा आकारको खैरो रंगको मसिनो झुसले ढाकेको हुन्छ र एक पटक लगाएपछि लामो समयसम्म (३०–४० वर्ष) लगातार फल दिइरहन्छ ।
यसको फूल फागुन–चैत्र महिनामा फुल्दछ र कात्र्तिक– मङ्गसिर महिनामा फल टिप्नको लागि तयार हुन्छ ।
किवीफल नेपालमा भित्रिएको लगभग ३० वर्ष जति भएता पनि प्रचार प्रसार र उत्पादनको कमीले नेपाली
जनमानसमा परिचित हुन सकेको छैन ।


कस्तो ठाउँमा यसको खेती गरिन्छ, 

नेपालमा यसको संभाव्यता कस्तो छ ? यसको लागि वर्षा सिजनमा पानी नजम्ने र अन्य
समयमा सिंचाइको सुविधा भएको पाखो जग्गा उपयुक्त हुन्छ । नेपालको सन्दर्भमा यो फल १००० मिटर देखि
माथि ३००० मिटरको उच्चाईसम्म उच्च पहाडमा खेती गर्न सकिन्छ । नेपालको हिमालदेखि उच्च पहाडी क्षेत्र
जहाँ हिउँदमा चिसो हुने र वर्षामा पानी पर्ने र बढी आद्रता   भएको हावापानी हुन्छ,
त्यस्तो ठाउँको लागि यो फल उपयुक्त हुन्छ । नेपालको सन्दर्भमा पूर्व ईलाम पाँचथरदेखि दोलखा हँुदै पश्चिम डडेलधुरा बैतडीसम्म यसको खेती गर्न सकिन्छ । हाल नेपालको सुन्तला लगाइएको क्षेत्रभन्दा माथी र
स्याउ लगाईएको क्षेत्र भन्दा तलको लाखौं हेक्टर भू–भाग जहाँ कृषकहरूले परापूर्वकालदेखि केवल मकै,
कोदो लगाउँदै निर्वाहामुखी खेती गर्दै आएका छन् त्यस्ता ठाउँमा यो प्रविधिको पहुँच बढाइ रोजगारी,
आय आर्जन तथा देशकै अथतन्त्रमा ठूलो सहयोग हुने संभावना रहेको छ ।


नेपालमा किवीफलको खेतीको सुरुवात कहाँ–कहाँ भएको छ ?

नेपालमा ललितपुरको गोदावरी स्थित ईसिमोड फार्म, र बज्रबाराही, काभ्रे जिल्लाको पातलेखेत, सुब्बागाँउ,
ईलामको सुलुवुङ गा.वि.स., दोलखाको वोच, चरिकोट र जिरी क्षेत्र, नुवाकोटको ककनी, र मकवानपुर जिल्लाको दामन फार्म र चित्लाङ तस्कर क्षेत्र, रामेछाप जिल्लाको दोरम्बा, सैलुङ्ग क्षेत्रमा त्यहाँका अगुवा कृषकहरूले किवी फलको खेती सुरु गरेका छन् भने केन्द्रीय वागवानी केन्द्र कीर्तिपुर र दोलखा जिल्लाको वोच गा.वि.स. स्थित वागवानी फार्मले कृषकहरूलाई किवीफल खेती प्रविधि बिस्तार गराउने तथा बिरुवा उत्पादन गर्ने कार्य सुरुवात गरेको छ ।


यो फल कसरी खाने र के फाईदा छ ?

किवीफल स्याउ, सुन्तला जस्तो यत्तिकै बोटबाट टिप्नासाथ खान मिल्दैन । यसको फल बोटमा छिप्पीएपछि टिपेर राखिन्छ र फल छाम्दा गिलो भएपछि खानको लागि तयार हुन्छ । चक्कुको सहयाताले पातलो बोक्रा हटाएर भित्रको सबै भाग सलादको रूपमा वा यत्तिकै खान सकिन्छ । यो फलको राम्रो र ठूलो दाना ग्रेडिङ्ग गरेर बिक्री गर्ने र साना र बिक्रीको लागि अयोग्य फलबाट जुस, जाम, वाईन जस्ता बहुमूल्य परिकार प्रशोधन गरी व्यावसाय संचालन गर्न सकिन्छ । यसमा भिटामिन सि तथा अन्य खनिज पदार्थ धेरै भएकोले स्वास्थ्यको लागि बहुउपयोगी छ । पोषण सुधारको साथै पेट सम्बन्धी रोगहरू, न्यूमोनिया, दम, रक्तचाप, कोलेष्टेरोल, मधुमेह जस्ता धेरैथरी रोगहरूमा समेत उपयोगी भएकोले यस फलको महङ्खव धेरै भएको हो ।
यो फलको अन्य महत्व के के छ ?


यो फलको महङ्खव ज्यादै धेरै रहेको छ छोटकरीमा भन्नुपर्दा यसका फाईदाहरू निम्न बमोजिम छ ;
यो फल ज्यादै पोषिलो छ (Highly Nutritious)
 धेरै फल्दछ (Heavy Fruiting)
उत्पादन प्रविधि सजिलो छ  (Easy Production Technology)
बजारमुखी छ (Market Oriented fruit)
आम्दानी धेरै हुन्छ (High Income generation)
कृषि पर्यटन बढाउँछ (Promote Agro / Rural Tourism)
लामो समय सम्म भण्डारण गरेर राख्न सकिन्छ (Long storage ability)
रोजगारीको अवसर बढाउँछ (Promote Employment opportunity)
यो निर्यात जन्य फल हो (Export Opportunity)
यो दिगो विकासको प्रविधि हो  (Sustainable Technology)
राष्ट्रिय अथतन्त्रमा ठूलो टेवा दिन्छ (Direct Impact on National Economy)
यस्तो महत्वपूर्ण फलफूल के कारणले नेपालमा विकास नभएको होला ?

यसको विकास नहुनुमा मुख्य रूपले नयाँ प्रविधिको जानकारीमा कमी  हो । सम्बन्धित निकाय, नीति निर्माता, निर्णयकर्ताहरूमा जानकारीको कमी, व्यवस्थित रूपमा सहभागितात्मक तवरले विकास प्रकृया अगाडि बढाउने सोच र प्रतिबद्धताको कमीले गर्दा नेपाल सबैखाले विकास कार्यमा पछाडि परेको छ । नेपालको पूर्वमा रहेको भुटान सरकारले र पश्चिम क्षेत्रमा रहेको हिमाञ्चल प्रदेशमा भारत सरकारले कृषकहरूलाई आकर्षक अनुदानका साथ किवीफल खेतीमा निकै प्रगति गरिसकेको छ भने हामी नेपाली थुप्रै सम्भावना हँदा हुँदै पनि भर्खर सुरुवातको अवस्थामा रहेका छौ। अतः यस फलको विकासको लागि नेपालका सरकारी, गैर 
सरकारी सबै संघ संस्थाहरू एकजुट भएर लाग्नु पर्ने समय भएको छ ।

नेपालमा किवीफलको बजार स्थिति कस्तो छ ?

नेपालमा किवीफलको उत्पादन ज्यादै नगन्य भएकोले यसको प्रचार प्रसार भएको छैन सर्वसाधारण  उपभोक्तालाई यस बारेमा कमै मात्र थाहा छ । नेपालमा ठूला सुपरमार्केटहरूले विदेशबाट ल्याएर ठूला 
होटलहरू तथा विदेशीहरूलाई उपलब्ध गराइरहेको छ । हाल प्रति के.जी. ६०० सम्ममा बिक्री भएको छ । 
केही फार्महरूले गे्रडिङ गरी प्रति के.जी. रू २०० देखि ४०० सम्ममा बिक्री गरेको पाइएको छ । यति महँगोमा 
सर्वसाधारण नेपालीले किनेर खान सक्दैनन् । तसर्थ हाम्रो उद्देश्य उत्पादन वृद्धि गरी अपूर्ति बढाउने र 
सुपथ मूल्यमा सर्वसाधारणलाई बजारमा सहज रूपमा उपलब्ध गराई उपभोग बढाउने हुनुपर्दछ । किवी खेती 
सुरू गर्ने कृषकहरूले बजारमा जति मूल्यमा बिक्री हुन्छ त्यहिमा बिक्री गर्ने उद्देश्यका साथ उत्पादन गर्नुपर्दछ 
र यसको बिक्री बढावाको लागि आवश्यक धेरै कार्य गर्नु बाँकी नै छ ।

किवीफल खेती गर्दा के के कुराहरूमा ध्यान दिनुपर्दछ ?

१. के तपाईको किवी खेती गर्ने ठाउँ उपयुक्त हावापनीमा पर्दछ ? 

१००० मिटर (४००० फिटदेखि) माथिको उचाइ
चाहिन्छ ।

. के तपाईको किवी खेती गर्ने ठाउँमा सिंचाइ सुविधा छ ? 

यसको जरा गहिरो जादैँन तसर्थ समय समयमा सिंचाइ दिनुपर्दछ । 

३. के तपाईको किवी खेती गर्ने ठाउँमा निकासको सुविधा छ ? 

वर्षामा धेरै पानी परेको समयमा पानी जम्न हँुदैन ।

४. के तपाईले किवी खेती सफल भएको ठाँउको अनुभव लिनु भएको छ ? 

व्यावसायिक खेती सुरु गर्नुपूर्व बिस्तृत जानाकारीको लागि बागवानी फार्म, वोच दोलखा अथवा अन्य सफल भएको ठाउँमा सम्पर्क र ाख्नुहोस् ।

५. के तपाईको किवी खेती गर्ने ठाउँमा आवश्यक मलखादको व्यवस्थापन गर्न सक्नुहुन्छ ?

माटोको अवस्था हेरी मलको राम्रो व्यवस्था मिलाउनु पर्दछ । 

६. के तपाईको किवीलाई आवश्यक पर्ने सर्पोट सुविधा र काँटछाँट मिलाउन सक्नुहुन्छ ?

यसको लहरा छिटो बढ्ने स्वभावको हुन्छ तसर्थ सपोर्टको लागि र काँटछाँट मिलाउनु पर्दछ । 

७. के तपाईको किवी खेती गर्ने ठाँउमा ठूलो असिना पर्दछ ? 

ज्यादै ठूलो असिना र हुरीवतासबाट बचाउने उपय गर्नुपर्दछ ।

८. के तपाईले किवी खेती सफल बनाउन निरन्तर ध्यान दिन फुर्सद छ ? 

व्यावसायिक खेती सफल बनाउन धैर्यता, निरन्तर मेहनत र ध्यान दिनुपर्दछ ।

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।